By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: चुङथाङमा फसेका पर्यटकहरू साङ्कालाङको बेली ब्रिज हुॅंदै गान्तोक आउने क्रम जारी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Tourism > चुङथाङमा फसेका पर्यटकहरू साङ्कालाङको बेली ब्रिज हुॅंदै गान्तोक आउने क्रम जारी
Tourism

चुङथाङमा फसेका पर्यटकहरू साङ्कालाङको बेली ब्रिज हुॅंदै गान्तोक आउने क्रम जारी

Aaron Rai
Last updated: April 25, 2025 4:46 pm
Aaron Rai Published April 25, 2025
Share
SHARE


गान्तोक, 25 अप्रेल। उत्तर सिक्किमको चुङथाङबाट पर्यटकहरूलाई सुरक्षित फिर्ता गर्ने प्रक्रिया आज बिहानदेखि साङ्कालाङमा नवनिर्मित बेली ब्रिज हुँदै शुरु गरिएको छ। हालको साङ्कालाङको बेली ब्रिज भएर सवारी साधनहरू पार भइरहेका छन् र मंगन हुँदै गान्तोक आउने क्रममा छन्।
भारतीय सेनाको त्रिशक्ति कोरले हालैमा तयार गरेको बेली ब्रिजको हिजो मात्र उद्घाटन गरिएको थियो। मंगन जिल्लाका जिल्लापाल अनन्त जैन र एसपी सोनाम डी. भोटियाले बिहान साङ्कालाङ पुगेर स्थितिमाथि निगरानी राखेका थिए। साङ्कालाङको अवस्थाको अवलोकन गरेपछि जिल्लापाल, पुलिस अधीक्षक र जिल्ला आपदा प्रबन्धन विभागका उपनिर्देशक थप आकलनको निम्ति चुङथाङतिर प्रस्थान भएका छन्।
जिल्लापाल जैनले भने, हिजो परेको भारी वर्षाका कारण लाचेन र लाचुङ जाने बाटो बन्द भयो। यस कारण दुई ठाउॅंमा पर्यटकहरू फसेका थिए। चुङथाङमा फसेका पर्यटकहरू गान्तोक फर्किरहेका थिए। उनीहरूलाई आज साङ्कालाङ बेली ब्रिज भएर पठाउने कार्य चलिरहेको छ।
उनले चुङथाङ अगाडि फसेका पर्यटकहरू लाचेन र लाचुङ गइरहेका थिए। उनीहरूलाई गुरुद्वारा, आईटीबीपी क्याम्प र स्थानीय मानिसहरूले आश्रय उपलब्ध गराएका छन्। जिल्लापालले लाचुङ जाने बाटो आज सॉंझसम्म खोल्ने प्रयास चलिरहेको ग्रेफमार्फत थाहा लागेको जानकारी गराए।
उल्लेखनीय छ, बिहिवार साँझ भारी वर्षाका कारण गएको पैह्रोका कारण लाचेन र लाचुङ जाने सडकहरू बन्द भएको थियो। सडक मार्गहरू बन्द भएपछि घुम्न गएका पर्यटकहरू फसेका थिए। यात्रीहरूको निरन्तर आवागमन र सुरक्षा सुनिश्चित गर्न प्राथमिकताका साथ पुनर्स्थापना कार्य भइरहेको छ।
लाचुङ र लाचेनमा फसेका पर्यटकहरू सुरक्षित छन् भनी सुनिश्चित गर्न जिल्ला प्रशासनले सबै आवश्यक व्यवस्था गरेको बताइएको छ।
[5:37 pm, 25/4/2025] Bishal Da hindustan Times: राज्यपालले मुख्य सचिवबाट उत्तर सिक्किमको स्थितिको बारेमा जानकारी लिए
गान्तोक, 25 अप्रेल। उत्तर सिक्किममा हिजो सॉंझ भएको भारी वर्षाका कारण पैह्रोले यातायात अवरुद्ध बनेपछि धेरै संख्यामा पर्यटकहरू प्रभावित बनेका छन्। यस सम्बन्धमा आज राज्यपाल ओम प्रकाश माथुरले राज्यका मुख्य सचिव आर. तेलाङबाट स्थितिको बारेमा जानकारी लिएका छन्।
राज्यपालले राहत कार्यलाई अझ सुचारू रूपमा सञ्चालित गर्न र प्रभावित पर्यटकहरूलाई चॉंडोभन्दा चॉंडो सुरक्षित स्थानसम्म पुऱ्याउने व्यवस्था सुनिश्चित गर्न निर्देश दिएका छन्।
मुख्य सचिव तेलाङले राहत एवं बचाउ कार्यको प्र​गतिको बारेमा जानकारी गराउॅंदै प्रशासन यस कार्यमा सक्रिय रहेको र स्थिति नियन्त्रणमा रहेको बताए। उनले आज रातिसम्म सबै पर्यटकहरूलाई सुरक्षित रूपमा गान्तोक ल्याउने व्यवस्था गरिएको बताएका छन्।

You Might Also Like

North Sikkim: Tourist vehicle plunges into Teesta River, two rescued, rest missing

मुन्शिथाङ वाहन दुर्घटनामा खोज एवं उद्धार कार्य स्थगित, शनिवार बिहानदेखि फेरि शुरू गरिने

उत्तर सिक्किमको छातेनबाट हवाई उद्धार अभियान सम्पन्न

Temi Tea second flush launched

Yangang Conclave concludes with grand cultural exchange programme

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EnvironmentNeighbourhood WatchTourism

North Sikkim landslides: CS chairs urgent meeting on disaster situation and evacuation measures

Aaron Rai Aaron Rai June 2, 2025
Aakraman Sporting Club Crowned Champions of Sikkim Premier League 2025
उत्तर सिक्किममा खोज एवं उद्धार कार्यको लागि एनडीआरएफ ओर्लियो मैदानमा
छातेनमा पैह्रोबाट बेपत्ता बनेका एक सैन्य कर्मीको शव बरामद
एसकेएम सरकारमा शेर्पा जातिले न्याय पाएको छ: मुख्यमन्त्री
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?