By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रदेश भाजपाले आशिष राई र आनन्द राईमाथि भएको हमलाको भत्सर्ना जनायो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > प्रदेश भाजपाले आशिष राई र आनन्द राईमाथि भएको हमलाको भत्सर्ना जनायो
Latest News

प्रदेश भाजपाले आशिष राई र आनन्द राईमाथि भएको हमलाको भत्सर्ना जनायो

Aaron Rai
Last updated: May 6, 2025 5:19 pm
Aaron Rai Published May 6, 2025
Share
SHARE

गान्तोक, 06 मई। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आशिष राई र आनन्द राईमाथि भएको हमलाको खण्डन गर्दै भत्सर्ना जनाएको छ। प्रदेश भाजपाले पुलिस जवाफदेहिता आयोग समक्ष उक्त हमलाकाण्डलाई स्वत: संज्ञानमा लिएर आवश्यक कारबाही गर्न माग पनि गरेको छ।
भाजपा सिक्किमका प्रवक्ता पासाङ शेर्पाले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा हालैमा आशिष राई र आनन्द राईमाथि भएको हमलाको भत्सर्ना जनाए। उनले एकातिर सिक्किमले आफ्नो स्थापनाको 50 वर्ष मनाइरहेको छ भने अर्कोतिर आतङ्क फैलाउने काम भइरहेको बताए। उनले राज्यमा देशका प्रधानमन्त्रीको सम्भावित भ्रमणबीच यसरी अराजकता बढिरहनु उचित नरहेको बताए। उनले सिक्किम पुलिस पनि राज्यमा आपराधिक गतिविधिहरू रोकथाम गर्न विफल बनिरहेको छ भने जनताले आफ्नो सुरक्षा आफू स्वयंले गर्नुपर्ने स्थिति रहेको बताए।
उनले राज्यका नागरिक समाजलाई पनि जागरुक बन्न आह्वान गर्दै आज आशिष र आनन्दले कुटाई खाए भने भोलि अरूहरूको प​नि पालो आउन सक्ने बताए। उनले जहॉं अन्याय र अत्याचार हुन्छ त्यहॉं एक भएर बोल्नुपर्छ भनी आह्वान गरे।
प्रवक्ता शेर्पाले पुलिस जवाफदेहिता आयोगको उल्लेख गर्दै पुलिसले आफ्नो कर्तव्य निर्वाह नगरेको खण्डमा आयोगले पुलिसको जवाफदेहिता सुनिश्चित गर्न कारबाही गर्ने अधिकार रहेको जानकारी गराए। उनले दुईजना सेवानिवृत्त वरिष्ठ न्यायाधीशहरूको अगुवाईमा रहेको उक्त आयोग समक्ष यी हमलाकाण्डहरूलाई स्वत: संज्ञानमा लिएर आवश्यक कारबाही गरिदिन आग्रह गरे। उनले देशका प्रधानमन्त्रीको सम्भावित भ्रमणघि राज्यमा शान्ति कायम हुनु आवश्यक छ भन्दै अराजकता फैलिनु सिक्किम र पुलिसको निम्ति पनि सही नरहेको बताए।
यस अतिरिक्त, प्रवक्ता शेर्पाले राज्यमा ट्याक्सहरूको वृद्धिलाई लिएर पनि प्रतिक्रिया जनाए। उनले सिक्किम सबैभन्दा धेरै जल संसाधन र जल विद्युत परियोजना भएको राज्य भए तापनि यहॉं बीपीएल परिवारले मासिक चार हजार रूपियॉं बिजुली बिल तिर्नुपर्ने स्थिति रहेको बताए। पहिले बीपीएल परिवारले बिजुलीको बिल तिर्नु पर्दैन थियो भने अहिले नयॉं मिटर जडान गरिएपछि चार हजारसम्म बिल आइरहेको उनले दाबी गरे।
यसैगरी, उनले राज्यमा जल जीवन मिशनमा व्यापक भ्रष्टाचार भएको कुरा प्रदेश भाजपा टोलीले गरिरहेको सेवा एवं सम्पर्क अभियानको क्रममा थाहा पाएको बताए। उनले यस मिशनमा भएको भ्रष्टाचारको जॉंच गर्न केन्द्रमा विशेष निगरानी दलको निम्ति माग राखेको जानकारी गराए।
यसैगरी, उनले केन्द्रिय गृह मन्त्रालयको आदेश अनुरुप राज्यका छवटै जिल्लाका जिल्लापालहरूको ध्यान आकर्षित गर्दै राज्यमा पाकिस्तानी नागरिकहरू छन् कि छैनन् भन्ने सुनिश्चित गर्न प्रशासनलाई आवश्यक कारबाही गरिदिन अनुरोध गरे।

You Might Also Like

Chief Minister Graces Silver Jubilee Celebration of Mount Sinai Academy

आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी

जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ

मुख्यमन्त्रीले नवनियुक्त पुलिस अधीक्षकहरूलाई हार्दिक बधाई दिए

पश्चिम सिक्किमको रिम्बिक गाउॅंमा पैह्रोले लियो तीन जनाको ज्यान, दुई गम्भीर घाइते

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsOpinionSikkim

Gyalshing District Task Force Meeting for Pan-India Rescue & Rehabilitation Campaign for Child & Adolescent Labour

Aaron Rai Aaron Rai July 22, 2025
अनलाइन ठगीको मामिला बढ्दै
Cho-La and Dok-La Pass Opened Under Ran Bhoomi Darshan Initiative
असम राइफल्स शिलङद्वारा ब्रदरवुड एफसी सिक्किम पराजित
Auditions for PwD Talent Hunt ‘Jhoom International’ Successfully Conducted in Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?