गान्तोक, 22 मई। नामग्याल इन्स्टीट्यूट अफ् टिबेटोलजी, सिक्किमले आज छोग्याल वंशका अन्तिम छोग्याल पाल्देन थोण्डुप नामग्याल र पूर्व दीवान नारी के. रुस्तमजीको स्मृतिमा एक विशेष प्रदर्शनीको आयोजन गऱ्यो। यस कार्यक्रममा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथिको रूपमा सहभागी बने। उल्लेख्य, राज्यपाल यस संस्थानका अध्यक्ष पनि हुन्।
प्रदर्शनीमा छोग्याल पाल्देन थोण्डुप नामग्याल र नारी के. रुस्तमजीको गहिरो मित्रता तथा सिक्किमको विकासमा उनको योगदानलाई प्रदर्शित गरिएको छ। आयोजनको क्रममा रुस्तमजीकी छोरीहरू शहनाज रुस्तमजी स्लेटर र रशने रुस्तमजी अथायडेलाई राज्यपालद्वारा सम्मानित गरियो।
नारी के. रुस्तमजी एक भारतीय सिविल सेवाका अधिकारी थिए, जसले सिक्किम, भूटान र असममा महत्वपूर्ण सेवा दिएका छन्। सिक्किममा दीवानको रूपमा उनले छोग्याल टाशी नामग्याल र उनका पुत्र पाल्देन थोण्डुप नामग्यालसॅंग कार्य गरे। प्रदर्शनीमा रुस्तमजी परिवारसॅंग जोडिएका दुर्लभ फोटो र दस्तावेजहरू प्रदर्शित गरियो, जसमध्ये धेरै पहिलोपल्ट सार्वजनिक गरिएका थिए।
कार्यक्रममा ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेती, धर्म विभागका मन्त्री सोनाम लामा, रूम्तेक मार्तम क्षेत्रका विधायक सोनाम भेन्चुङ्गपा, संस्थानका निदेशक डा. पासाङ डी. फेम्पू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

Leave a comment