By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
EnvironmentLatest NewsSA Nepali

‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित

Suk Raj Aaron Rai
Last updated: July 14, 2026 5:42 pm
Suk Raj Aaron Rai Published July 14, 2026
Share
SHARE

गान्तोक, 14 जुलाई । सिक्किम पर्यावरण पर्व २०२६ को उत्सवको एक भागको रूपमा वन तथा पर्यावरण विभागले आज राजधानीको चिन्तन भवनमा ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजना गर्यो। ‘पर्यावरण संरक्षणमा महिलाहरू अग्रपंक्तिमा’ विषयमा आयोजित यस कार्यक्रममा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा मुख्य अतिथि तथा विधायक कला राई र विधायक पामिन लेप्चा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधानसभा उपाध्यक्ष थापाले पहिलो सिक्किम वन महिला सम्मेलन आयोजना गरेकोमा वन तथा पर्यावरण विभागलाई बधाई दिइन्। उनले कार्यक्रमलाई पर्यावरण संरक्षणमा महिलाहरूको अमूल्य योगदानलाई मान्यता दिने महत्वपूर्ण पहलको रूपमा वर्णन गरिन्। उनले प्रकृतिको संरक्षण र परम्परागत पारिस्थितिक ज्ञानको संरक्षणमा महिलाहरू सधैं अग्रपंक्तिमा रहेको बताइन्। उनले पर्यावरणीय व्यवस्थापन एक साझा जिम्मेवारी रहेको र यसमा सामूहिक सहभागिता आवश्यक रहेको बताइन्।
उपाध्यक्ष थापाले सिक्किमको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदाको बारेमा प्रकाश पार्दै राज्यको स्वच्छ हावा, शान्त वातावरण, हरिया वन र जैवविविधताले देशभरका आगन्तुकहरूलाई आकर्षित गरिरहेको बताइन्। उनले राज्य सरकारको मेरो बाटो, मेरो बोट र मेरो रुख, मेरो सन्तति जस्ता पहलहरूमाथि प्रकाश पार्दै यी कार्यक्रमहरूले वृक्षारोपण र पर्यावरण संरक्षणमा जनसहभागितालाई सुदृढ बनाएको बताइन्।
उनले महिला, युवा र विद्यालयका विद्यार्थीहरूलाई यस्ता पहलहरूमा सक्रिय रूपमा भाग लिन र वन, पानीका स्रोत र जैवविविधताको जिम्मेवार संरक्षक बन्न प्रोत्साहित गरिन्। समाजमा महिलाको भूमिकालाई जोड दिँदै उनले महिलाहरूलाई साहसी र आत्मविश्वासी बन्न तथा इमानदारी, समर्पण र अनुशासनका साथ आफ्नो जिम्मेवारी पूरा गर्न प्रोत्साहित गरिन्।
कार्यक्रममा रानीपुल रेन्जका तीन महिला वन अधिकृतहरूलाई पोशाक र एक महिला अग्रपंक्ति कर्मचारीलाई स्कुटर वितरण गरियो। यसैगरी, वन तथा पर्यावरण विभागले महिला कर्मचारीहरूलाई उनीहरूको समर्पित सेवाको कदर गर्दै सम्मानित गरियो।

सीएपी सिक्किम महिला परिषदद्वारा अझ सशक्त रूपमा अघि बढ्ने निर्णय

प्रदेश भाजपा अध्यक्ष डीआर थापाले आरबीआई क्षेत्रीय निदेशकलाई भेट गरे

जन उन्मुक्ति दिवस’ पालनलाई लिएर पहिलो बैठक सम्पन्न

एसकेएम पार्टीको 17औं स्थापना दिवस सामान्य रूपमा मनाइयो

एसडीएफ पार्टीका प्रचार प्रसार र प्रवक्ताहरूको टोलीको बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalSikkimStartupTourism

सांसद सुब्बाले केन्द्रिय मन्त्री नितिन गडकरीलाई दिए धन्यवाद

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 26, 2025
मुख्यमन्त्रीले पेमा छोलिङ गुम्बाको उद्घाटन गरे, विकास र सांस्कृतिक सम्पदा संरक्षणप्रति पुनः प्रतिबद्धता दोहोर्याए
लाचेन पिपन र लाचेन जुम्साका कार्यकारी सदस्यहरू दोस्रो कार्यकालका लागि पुन: निर्वाचित
राज्यपालले दिए प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना
नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?