By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis
    June 5, 2025
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रधानमन्त्री मोदीले भने- सिक्किमकाे प्रगति देशको गौरव बनिरहेको छ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > प्रधानमन्त्री मोदीले भने- सिक्किमकाे प्रगति देशको गौरव बनिरहेको छ
Latest NewsLatest NewsNationalPoliticsSA Nepali

प्रधानमन्त्री मोदीले भने- सिक्किमकाे प्रगति देशको गौरव बनिरहेको छ

Suk Raj Aaron Rai
Last updated: May 29, 2025 5:58 pm
Suk Raj Aaron Rai Published May 29, 2025
Share
SHARE

नयाँ दिल्ली, 29 मई। प्रधानमन्त्री नरेन्द्र मोदीले 50 वर्ष अगाड़ि सिक्किमले लोकतान्त्रिक भविष्य रोजेको थियो र राज्य देशको आत्मासँग जोडिएको थियो भनी बताएका छन्। आज देश सिक्किमको प्रगतिको साक्षी बनेकाे र अब सिक्किम राज्य जैविक विविधता, सांस्कृतिक समृद्धि र सय प्रतिशत जैविक राज्यको रूपमा देशको गौरव बनिसकेको उनले बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले आज भर्चुअल माध्यमबाट ‘सिक्किम@50’ कार्यक्रमलाई सम्बोधित गर्दै एकता, सन्तुलित विकास र पूर्वोत्तरको सशक्तिकरणको सन्देश दिए। कार्यक्रम सिक्किम राज्य स्थापनाको 50औं वर्ष पूरा भएको अवसरमा आयोजित गरिएको थियो।

प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा पहलगामको पनि उल्लेख गर्दै भने, पर्यटकहरूमाथि भएको आतङ्कवादी हमला केवल भारतीयहरूमाथि नभएर मानवताको आत्मा र भाइचाराको भावनामाथि हमला थियो। यो हाम्रो सांस्कृतिक एकता र सामाजिक संरचना तोड्ने षड्यन्त्र थियो। आतङ्ककारीहरूले निर्दोष परिवारहरूको खुशी खोसे, तर भारतले एक भएर जवाफ दियो। अपरेशन सिन्दूर मार्फत हामीले आतङ्ककारीहरूलाई पाठ मात्र सिकाएनाैं, तर सम्पूर्ण विश्वलाई सटीक र द्रुत कारबाही गर्ने हाम्रो क्षमता पनि देखायौं।
राष्ट्रिय विकासको सन्दर्भमा ‘सबका साथ, सबका विकास’ को सिद्धान्तलाई दोहोऱ्याउँदै प्रधानमन्त्री मोदीले समग्र भारतको विकासको लागि उत्तर-पूर्वको सशक्तिकरण आवश्यक रहेको बताए। उनले भने, हालैमा दिल्लीमा आयोजित उत्तर-पूर्वी इन्वेस्टमेन्ट शिखर सम्मेलनमा धेरै ठूला लगानीकर्ताहरूले भाग लिए र सिक्किम सहित सम्पूर्ण क्षेत्रमा लगानीको घोषणा गरे।

सिक्किम र उत्तर-पूर्वको कनेक्टिभिटीबारे प्रधानमन्त्रीले भने, गत एक दशकमा राज्यमा 400 किलोमिटरभन्दा अधिक राष्ट्रिय राजमार्गहरू निर्माण गरिएको छ। अटल सेतु, बागडोगरा-गान्तोक एक्सप्रेसवे र सेवक-रम्फू रेलवे लाइन जस्ता परियोजनाहरू राज्यलाई देशको बाँकी भागसँग जोड्न माइलखुट्टी प्रमाणित हुनेछन्। प्रधानमन्त्रीले भने, जहाँ सडक बनाउन सकिँदैन, त्यहाँ रोपवे बनाइँदैछ। उनले आज उद्घाटन गरिएका रोपवे परियोजनाहरूको बारेमा उल्लेख गरे। उनले 500 बेडको अस्पतालको शिलान्यास गरे, जसले गरीब र वरिष्ठ नागरिकहरूलाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्ने बताए।
सिक्किमका किसानहरूको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने, राज्यले जैविक खेतीको क्षेत्रमा भारतको नेतृत्व गरिरहेको छ। हालमा सिक्किमको प्रसिद्ध ‘डल्ले खोर्सानी’ निर्यात भइरहेको छ। उनले सोरेङ जिल्लामा देशको पहिलो जैविक मत्स्य पालन क्लस्टर निर्माण भइरहेको घोषणा गरे, जसले युवाहरूलाई माछापालनमा नयाँ अवसरहरू प्रदान गर्नेछ।
प्रधानमन्त्रीले सिक्किमलाई विश्वव्यापी पर्यटकीय गन्तव्य बनाउने आवश्यकतामाथि जोड दिए। उनले कञ्चनजङ्घा नेशनल पार्क, बौद्ध गुम्बा, ताल, झरना र शान्त वातावरणलाई विश्वव्यापी स्तरमा प्रस्तुत गर्नबारे कुरा गरे। उनले स्वर्ण जयन्ती कन्भेन्सन सेन्टर र स्काईवाक जस्ता परियोजनाहरूलाई भविष्यका पर्यटकीय केन्द्रहरूको रूपमा वर्णन गरे। प्रधानमन्त्रीले सिक्किमलाई एडवेञ्चर, वेलनेस, संगीत र सम्मेलन पर्यटनको केन्द्र बनाइने बताए। उनले उत्तरपूर्वमा आयोजित जी-20 बैठकहरूलाई अन्तरराष्ट्रिय मञ्चमा यस क्षेत्रको क्षमता देखाउने प्रय़ास बताए।
भाईचुङ भोटिया र तरुणदीप राई जस्ता सिक्किमेली खेलाड़ीहरूको नाम उल्लेख गर्दै प्रधानमन्त्रीले भने, हरेक गाउँबाट एक नयाँ च्याम्पियन निस्किनुपर्छ। उनले गान्तोकमा नयाँ खेलकुद परिसरको प्रशंसा गर्दै सिक्किमले ‘खेलो इन्डिया’ योजना अन्तर्गत विशेष सहयोग पाइरहेको बताए। प्रधानमन्त्री मोदीले सिक्किमलाई ‘हरित मोडेल राज्य’ बनाउने लक्ष्यको घोषणा गरे।

उनले भने, प्रत्येक घरलाई सौर्य ऊर्जाले उज्यालो पार्नु, डिजिटल लेनदेनलाई प्रोत्साहन दिनु र ‘वेस्ट टु वेल्थ’ जस्ता कदमहरू आवश्यक हुन्। सिक्किमलाई जैविक खाद्य र कृषि-स्टार्टअपहरूको लागि विश्वव्यापी केन्द्रको रूपमा स्थापित गरिनेछ। उनले 2047 सम्म सिक्किमलाई विश्व मञ्चमा विकसित, समृद्ध र सशक्त राज्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे र सबै नागरिकहरूलाई आगामी 25 वर्ष यसका लागि समर्पित गर्ने आग्रह गरे।
सिक्किमको सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र जनशक्तिको प्रशंसा गर्दै प्रधानमन्त्रीले यस स्वर्ण जयन्तीको अवसरले राज्यको विकास यात्रालाई नयाँ शिखरहरूसम्म पुऱ्याउनेछ भनी बताए। यस अवसरमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तामाङ लगायत धेरै विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप

सीएपी अध्यक्षले कार्यकर्ताहरूलाई दिनरात पार्टीको हितमा समर्पित भएर काम गर्न आह्वान गरे

CM meets Parliamentary Committee on Subordinate Legislation

२० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप

41st Governor’s Gold Cup | Sikkim Dragons in semis

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalPoliticsSA Nepali

नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 27, 2026
Sikkim CM chairs preparatory meeting for KAMSEL ceremony at Tholung monastery
सिक्किमका विधानसभा अध्यक्ष र उपाध्यक्ष दिल्लीमा आयोजित सम्मेलनमा सहभागी बने
9 औँ जन उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको तयारी तीव्र
सांसद सुब्बाले केन्द्रिय मन्त्री समक्ष मानव-वन्यजन्तु संघर्षको विषय उठाए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?