सोरेङस्थित खड्काबजार नजिक रोथोक खोलाको पुल मुनिपट्टिबाट सोरेङ पुलिसले दुईजना व्यक्तिको शव उद्धार गरेको छ। मृतकहरुमा शिक्षा विभागका कनिष्ठ अभियान्ता रोशन छेत्री र ओग्याङ निवासी विकास धमलाको रूपमा पहिचान गरिएको पुलिस सुत्रबाट जानकारी पाइएको छ। थप जानकारी अनुसार मृतक विकास धमला सोरेङ ग्राम पञ्चायत एकाईका कर्मचारी हुन् भने रोशन छेत्री च्याखुङमा जुनियर इन्जिनियरको रूपमा कार्यरत थिए। उक्त हृदयविदारक घटना के कारणले घटित भयो भन्ने विषयमा सोरेङ पुलिसले जाँच शुरु गरेको बताइएको छ।
