By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपीको पाकिम जिल्ला कार्यकारिणी परिषदको महत्वपूर्ण सभा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > political > सीएपीको पाकिम जिल्ला कार्यकारिणी परिषदको महत्वपूर्ण सभा सम्पन्न
politicalSA Features

सीएपीको पाकिम जिल्ला कार्यकारिणी परिषदको महत्वपूर्ण सभा सम्पन्न

Aaron Rai
Last updated: June 22, 2025 2:35 pm
Aaron Rai Published June 22, 2025
Share
SHARE


गान्तोक, 22 जून। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको पाकिम जिल्ला कार्यकारिणी परिषदको एक महत्वपूर्ण संगठनात्मक सभा रम्फूस्थित पार्टी सर्कल कार्यालयमा सम्पन्न भयो। पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र राईको अध्यक्षतामा आयोजित उक्त सभामा पार्टीको राज्यस्तरीय परिषद्का सदस्यहरू, जिल्ला र सर्कल तहका पदाधिकारीहरू, साथै विभिन्न यूवीसीबाट आएका समर्पित कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा संगठन उपाध्यक्ष किरण जिम्माले कार्यकर्ताहरूलाई आ-आफ्नो संगठनात्मक भूमिकालाई जिम्मेवार ढंगले वहन गर्न आग्रह गर्दै पार्टीको सन्देश जन–जनसम्म पुर्‍याउने कार्यमा समर्पणपूर्वक जुट्न प्रेरित गरे। उनले संगठनलाई जनतामैत्री र जनअपेक्षाअनुकूल बनाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सांगठनिक अभ्यासमा निरन्तर गतिशीलता कायम राख्न जोड दिए।
सभामा संगठन सचिव प्रकाश पराजुली, नरेन्द्र अधिकारी, तथा महिला परिषद् संयोजिका सुमति छेत्रीले क्रमशः संगठन सुदृढीकरण, कार्यशैलीमा पारदर्शिता, र कार्यकर्ताको मनोबल वृद्धिको विषयमा महत्वपूर्ण धारणा प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा पाकिम पाक्योङ जिल्लाभित्र रहेका सबै समष्टिहरूको भौगोलिक चुनौती, संगठनात्मक जालो र जनसम्पर्क सञ्जालका विषयमा गहिरो छलफल भयो। सहभागी कार्यकर्ताहरूले स्थानीय अनुभव साझा गर्दै संगठनलाई बलियो बनाउने ठोस सुझाउहरू प्रस्तुत गरे।
कार्यक्रमको समापनमा पार्टीका उपाध्यक्ष (राजनीतिक मामिला तथा समन्वय) भूषण अधिकारीले सभामा व्यक्त गरिएका विचार र सल्लाहहरूलाई समेट्दै भने, ‘यो सभा कुनै व्यक्तिविशेष वा राजनीतिक दलको विरोधमा होइन, पार्टीलाई अनुशासित, सशक्त र 2029 को आम निर्वाचनसम्म विजयी यात्रामा अग्रसर गराउने साझा उद्देश्यमा केन्द्रित हो।’ उनले सबै सहभागीप्रति आभार व्यक्त गर्दै संगठनात्मक एकता र उद्देश्यप्रति सबै कार्यकर्ता प्रतिबद्ध रहनु पर्ने स्पष्ट सन्देश दिए।

You Might Also Like

State BJP places NH 10 issues to Governor

सत्तारुढ एसकेएम पार्टीद्वारा कांग्रेस नेता अजय कुमारको टिप्पणीको कडा निन्दा

बीजेवाईएमले नाम्चीमा ‘नमो युवा रन’ आयोजन गऱ्यो

राजभवनमा तेलङ्गाना राज्यको 11औं स्थापना दिवस पालन गरियो

तिमी चिया बोर्डका नवनियुक्त अध्यक्ष आरके वालिङले आफ्नो दायित्व ग्रहण गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EnvironmentMarketingNortheastPolitician

पर्यटन मन्त्री भोटियाले लबिङमा नवाचार पहल ‘इकोस्कल्प्ट’ को उद्घाटन गरे

Aaron Rai Aaron Rai July 28, 2025
कञ्चनजङ्घा पर्वत आरोहणको चौतर्फी विरोध
एयर इन्डिया विमान दुर्घटना: 204 जनाको मृत्यु, पूर्व मुख्यमन्त्री विजय रुपानीको निधन, एक जना जीवित
हाम्रो लक्ष्य 2029 होइन, 2034 हो: मुख्यमन्त्री
सीएपी अध्यक्षले पार्टी नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठक पूरा गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?