By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष बिजय प्रधानद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम जारी
    August 30, 2025
    पीएचई डीआई फिटिङ चोरीकाण्डमा तीन आरोपी पक्राउ
    August 30, 2025
    एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने
    August 30, 2025
    विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू
    August 29, 2025
  • Politics
    PoliticsShow More
    सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न
    August 30, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न
    August 3, 2025
    बेन काब्रेबाट 17 परिवार सीएपीमा सामेल भएको दाबी
    August 2, 2025
    एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न
    August 2, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सत्तारुढ एसकेएम पार्टीद्वारा कांग्रेस नेता अजय कुमारको टिप्पणीको कडा निन्दा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सत्तारुढ एसकेएम पार्टीद्वारा कांग्रेस नेता अजय कुमारको टिप्पणीको कडा निन्दा
Latest NewsNationalpoliticalPolitics

सत्तारुढ एसकेएम पार्टीद्वारा कांग्रेस नेता अजय कुमारको टिप्पणीको कडा निन्दा

Aaron Rai
Last updated: July 2, 2025 1:37 pm
Aaron Rai Published July 2, 2025
Share
SHARE


गान्तोक, 02 जुलाई। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले भारतीय राष्ट्रिय कांग्रेसका राष्ट्रिय प्रवक्ता तथा त्रिपुरा, ओडिशा र नागाल्याण्डका कांग्रेस प्रभारी डा. अजय कुमारको टिप्पणीलाई अत्यधिक गैरजिम्मेवार र असंवेदनशील ठहर गर्दै कडा निन्दा गरेको छ। कांग्रेस नेता कुमारले मंगलवार कांग्रेस मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा सिक्किमलाई ‘छिमेकी राष्ट्र’ भनेर सम्बोधन गरेका थिए।
एसकेएम प्रवक्ता बिकास बस्नेतले एक पूर्व आईपीएस अधिकारी, पूर्व संसद सदस्य र भारतको सबैभन्दा पुरानो राजनीतिक दलका एक वरिष्ठ प्रतिनिधिबाट आएको यस्तो अभिव्यक्ति तथ्यात्मक रूपमा गलत मात्र होइन तर सिक्किमका जनताको भावनामा गहिरो चोट पुर्‍याएको आज विज्ञप्तिमा बताएका छन्। उनले यो लापरवाह र अज्ञानतापूर्ण टिप्पणीले भारतको क्षेत्रीय अखण्डताको बारेमा चेतनाको अभावलाई प्रदर्शन गर्दछ र 1975 देखि भारतीय संघको अभिन्न अंगको रूपमा सिक्किमको वैध र गौरवशाली स्थितिलाई कमजोर बनाउँछ भनी उल्लेख गरेका छन्।
उनले एसकेएम पार्टी सिक्किमका जनतासँगै उक्त अपमानजनक टिप्पणीको कडा निन्दा गर्दछ र अखिल भारतीय कांग्रेस समितिबाट बिना शर्त सार्वजनिक माफीको माग गरेका छन्। यसैगरी, उनले डा. अजय कुमारको यस्तो अस्वीकार्य र आपत्तिजनक व्यवहारको लागि कांग्रेस नेतृत्वलाई कडा अनुशासनात्मक कारबाही गर्न आग्रह पनि गरेका छन्।
उनले छ दशकसम्म देशमा शासन गरेको कांग्रेस पार्टीले राष्ट्रिय मञ्चहरूमा प्रतिनिधित्व गर्न आधारभूत भौगोलिक र संवैधानिक ज्ञान नभएका व्यक्तिहरूलाई नियुक्त गर्नु चिन्ताजनक विषय रहेको बताएका छन्। यो घटनाले सिक्किमको पहिचानको गहिरो अज्ञानता र अवहेलनालाई उजागर गर्दछ, जुन कुनै पनि परिस्थितिमा सहन सकिँदैन भनी उनले विज्ञप्तिमा बताएका छन्।
उनले सिक्किम छिमेकी देश होइन, सिक्किम महान राष्ट्र भारतको अभिन्न अंग हो र हामी भारतीय हुनुमा गर्व गर्दछौं भनी बताएका छन्। प्रवक्ता बस्नेतले एसकेएम पार्टी सिक्किमको गरिमा, पहिचान र अखण्डताको रक्षा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउॅंदै कांग्रेस पार्टीलाई तत्काल सुधारात्मक कदम चाल्न र स्पष्टीकरण जारी गर्न माग गरेका छन्।

You Might Also Like

एसकेएमले नवनियुक्त पदाधिकारीहरूलाई दिए हार्दिक बधाई

सिक्किम पुलिसलाई पराजित गरेर सिक्किम ड्र्यागन्स सेमिफाइनलमा

एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद

विधायक पामिन लेप्चाले छाङ्गु पोखरी, शेरेथाङ र नाथुला सीमा क्षेत्रको भ्रमण गरिन्

नियमित पिउने पानी आपूर्तिको तत्काल पुनर्स्थापना गर्नुपर्ने माग

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

संदिग्ध ब्राउन शुगरसहित तीन पक्राउ

SA Desk SA Desk March 6, 2025
मुख्यमन्त्रीले बलिवुडका एक चर्चित फिल्म निर्माता अनुराग बसुसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।
Second Preparatory Meeting for Rankey Mela 2025 in Namchi
सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको गेजिङ जिल्ला कमिटी गठन
प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?