By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सत्तारुढ एसकेएम पार्टीद्वारा कांग्रेस नेता अजय कुमारको टिप्पणीको कडा निन्दा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सत्तारुढ एसकेएम पार्टीद्वारा कांग्रेस नेता अजय कुमारको टिप्पणीको कडा निन्दा
Latest NewsNationalpoliticalPolitics

सत्तारुढ एसकेएम पार्टीद्वारा कांग्रेस नेता अजय कुमारको टिप्पणीको कडा निन्दा

Suk Raj Aaron Rai
Last updated: July 2, 2025 1:37 pm
Suk Raj Aaron Rai Published July 2, 2025
Share
SHARE


गान्तोक, 02 जुलाई। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले भारतीय राष्ट्रिय कांग्रेसका राष्ट्रिय प्रवक्ता तथा त्रिपुरा, ओडिशा र नागाल्याण्डका कांग्रेस प्रभारी डा. अजय कुमारको टिप्पणीलाई अत्यधिक गैरजिम्मेवार र असंवेदनशील ठहर गर्दै कडा निन्दा गरेको छ। कांग्रेस नेता कुमारले मंगलवार कांग्रेस मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा सिक्किमलाई ‘छिमेकी राष्ट्र’ भनेर सम्बोधन गरेका थिए।
एसकेएम प्रवक्ता बिकास बस्नेतले एक पूर्व आईपीएस अधिकारी, पूर्व संसद सदस्य र भारतको सबैभन्दा पुरानो राजनीतिक दलका एक वरिष्ठ प्रतिनिधिबाट आएको यस्तो अभिव्यक्ति तथ्यात्मक रूपमा गलत मात्र होइन तर सिक्किमका जनताको भावनामा गहिरो चोट पुर्‍याएको आज विज्ञप्तिमा बताएका छन्। उनले यो लापरवाह र अज्ञानतापूर्ण टिप्पणीले भारतको क्षेत्रीय अखण्डताको बारेमा चेतनाको अभावलाई प्रदर्शन गर्दछ र 1975 देखि भारतीय संघको अभिन्न अंगको रूपमा सिक्किमको वैध र गौरवशाली स्थितिलाई कमजोर बनाउँछ भनी उल्लेख गरेका छन्।
उनले एसकेएम पार्टी सिक्किमका जनतासँगै उक्त अपमानजनक टिप्पणीको कडा निन्दा गर्दछ र अखिल भारतीय कांग्रेस समितिबाट बिना शर्त सार्वजनिक माफीको माग गरेका छन्। यसैगरी, उनले डा. अजय कुमारको यस्तो अस्वीकार्य र आपत्तिजनक व्यवहारको लागि कांग्रेस नेतृत्वलाई कडा अनुशासनात्मक कारबाही गर्न आग्रह पनि गरेका छन्।
उनले छ दशकसम्म देशमा शासन गरेको कांग्रेस पार्टीले राष्ट्रिय मञ्चहरूमा प्रतिनिधित्व गर्न आधारभूत भौगोलिक र संवैधानिक ज्ञान नभएका व्यक्तिहरूलाई नियुक्त गर्नु चिन्ताजनक विषय रहेको बताएका छन्। यो घटनाले सिक्किमको पहिचानको गहिरो अज्ञानता र अवहेलनालाई उजागर गर्दछ, जुन कुनै पनि परिस्थितिमा सहन सकिँदैन भनी उनले विज्ञप्तिमा बताएका छन्।
उनले सिक्किम छिमेकी देश होइन, सिक्किम महान राष्ट्र भारतको अभिन्न अंग हो र हामी भारतीय हुनुमा गर्व गर्दछौं भनी बताएका छन्। प्रवक्ता बस्नेतले एसकेएम पार्टी सिक्किमको गरिमा, पहिचान र अखण्डताको रक्षा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउॅंदै कांग्रेस पार्टीलाई तत्काल सुधारात्मक कदम चाल्न र स्पष्टीकरण जारी गर्न माग गरेका छन्।

एससीईआरटीले लाइब्रेरियनहरूका लागि पाँच दिने अभिमुखीकरण कार्यक्रम आयोजित

सीएपी सिक्किमसँग राज्यको डावाडोल अर्थतन्त्रलाई सुदृढ़ बनाउने स्पष्ट रोडम्याप छ: डीबी स्टीफन गुरुङ

‘स्टेडियम रन 2025’ मा भाग लिन धावक अमर सुब्बा हैदराबाद प्रस्थान

सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने

‘सिक्किम सिङ्गिङ स्टार, सिजन- 1’ को घोषणा, सबै नेपाली भाषीहरूले भाग लिने सक्ने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Politics

Sikkim to reintroduce party-based Panchayat & municipality elections

PIB PIB August 14, 2024
State BJP chief slams hike in trade licenses & shop rent fees
एसकेएम सरकारमा शेर्पा जातिले न्याय पाएको छ: मुख्यमन्त्री
अप्रेल 2026 मा लागूपदार्थ मुद्दामा एक पक्राउ, 48 जनालाई पुनर्वास केन्द्र पठाइयो
सोरेङ जिल्ला पुलिसको ठूलो सफलता, अपराधीलाई जरिवानासहित पॉंच साल कैदको सजाय
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?