By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले वित्त मन्त्रीसँग सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा छलफल गरे
    April 8, 2026
    मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे
    April 8, 2026
    मङ्गन पुलिसले जङ्गुमा साइबर सचेतना अभियान शुरु गर्यो
    April 7, 2026
    महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा
    April 7, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
InvestmentSA NepaliSikkimSports

पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल

Aaron Rai
Last updated: August 12, 2025 3:33 pm
Aaron Rai Published August 12, 2025
Share
SHARE


गान्तोक, 12 अगस्त। कञ्चनजङ्घा एफसी सिलगढ़ी 79औं स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्ट (छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025) को फाइनलमा पुग्न सफल बनेको छ। राजधानीको पाल्जोर स्टेडियममा जारी उक्त टुर्नामेन्टको पहिलो सेमिफाइनल खेलमा आज कञ्चनजङ्घा एफसीले प्रतिद्वन्दी दल पोखरा थण्डर्स नेपाललाई 1-0 गोलले पराजित गऱ्यो।
सिक्किम फुटबल एसोसिएशनद्वारा आयोजना भइरहेको 79औं स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टको पहिलो सेमिफाइनल खेल आज कञ्चनजङ्घा एफसी र पोखरा थण्डर्स नेपालबीच सम्पन्न भयो। पोखरा थण्डर्सका स्टार खेलाड़ी याकुबु आज मैदानमा देखिएनन्। स्टार खेलाड़ीको अनुपस्थितिको मूल्य पोखरा थण्डर्सले हारको सामना गर्नु परेर चुकाउनु पऱ्यो।
अर्कातिर, कञ्चनजङ्घा एफसी सिलगढ़ीले उत्कृष्ट खेलको प्रदर्शन गर्दै फाइनलमा स्थान पक्का गरेको छ। कञ्चनजङ्घा एफसीको तर्फबाट एकमात्र गोल जर्सी नम्बर 10 पुजन सुब्बाले गरे, जुन निर्णायक रह्यो। अर्का खेलाड़ी अरुण तामाङले पनि आफ्ना फुटबल कौशलको माध्यमद्वारा दर्शकहरूलाई प्रभावित गरेका थिए।
कञ्चनजङ्घा एफसीको तर्फबाट निर्णायक गोल गर्ने खेलाड़ी पूजन सुब्बालाई म्यान अफ् द म्याच चयन गरियो। आज मुख्य अतिथिको रूपमा उपस्थित प्रिन्स पाल्देन गुमेद नामग्यालको बाहुलीद्वारा सुब्बालाई ट्रफी र नगद पुरस्कार प्रदान गरियो।
भोलि दोस्रो सेमिफाइनल खेल सिक्किम ड्र्यागन्स र असम राइफल्स शिलङबीच खेलिने छ। उल्लेख्य, यस प्रतिष्ठित प्रतियोगिताको फाइनल आगामी स्वतन्त्रता दिवसको अवसरमा सम्पन्न हुनेछ।

You Might Also Like

City Runner offers Gangtok a chance to rethink public transport

Lok Sabha MP urges BRO chief for expeditious restoration of North Sikkim roads

State Bank of Sikkim Celebrates 58th Foundation Day

कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्

मुख्यमन्त्रीको अगुवाईमा राजधानीमा तिरंगा यात्रा निकालियो

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
CultureLatest NewsSA NepaliWorld

मुख्यमन्त्रीले धरोहर संरक्षक पुरस्कार गठन गर्ने घोषणा गरे, महत्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने

Aaron Rai Aaron Rai December 13, 2025
सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने सिक्किमीज् मूलवासी सुरक्षा संघको चेताउनी
North Sikkim: Tourist vehicle plunges into Teesta River, two rescued, rest missing
DC Namchi Reviews Disaster Preparedness for Maghey Sankranti Mela 2026
झिलिमिलि तिहार उत्सवमा नेपाली लोक नृत्य र गीतमाथि सप्ताहव्यापि कार्यशाला समापन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?