गान्तोक, 17 नोभेम्बर । सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको आज पाक्योङ जिल्लाको नाम्चेबुङमा पाकिम एवं गान्तोक जिल्लाका प्रभारी वरिष्ठ उपाध्यक्ष बिजय प्रधानको नेतृत्वमा समन्यक बैठक सम्पन्न भयो। सभाले संगठन निर्माण र परिचालनका लागि महत्वपूर्ण प्रस्तावहरु ग्रहण गरि संगठनको कार्यभारहरु कार्यकर्तामा हस्तान्तरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिमा एसकेएम सरकारका जनबिरोधी नीतिहरुले जनताको जीवनशैलीमा परेको प्रभावका विरुद्ध डटेर लड्ने फैसला गरिएको बताइएको छ।


