
गान्तोक, 9 दिसम्बर । राज्यस्तरीय सोनाम लोछार समारोह 2026 लाई लिएर आज समारोह समितिको रम्फूमा तयारी बैठक बस्यो। पूर्व विधायक फरवन्ती तामाङको अध्यक्षतामा बसेको बैठकमा विधायक एवं समारोह समितिका मुख्य संरक्षक आदित्य गोले, समारोह समितिका अध्यक्ष निमा वाङ्गदी तामाङ, सल्लाहकार बसन्त तामाङ लगायत सबै जिल्लाबाट तामाङ समुदायका प्रतिनिधिहरू उपस्थित थिए।
समारोह समितिले भनेको छ, यो आगामी समारोह केवल एक महोत्सव होइन, तर यसले हाम्रो संस्कृति, परम्परा र स्वदेशी धरोहरलाई संरक्षित गर्ने सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ। यो कार्यक्रमको उद्देश्य एकतालाई सुदृढ़ पार्नु, सांस्कृतिक चेतना प्रवर्द्धन गर्नु र हाम्रो समृद्ध विरासत युवा पुस्तालाई हस्तान्तरण गर्नु हो।
बैठकमा समारोह समितिका महसचिव एसबी तामाङ र सुरेश तामाङले तिथि, कार्यक्रम स्थल, प्रस्तावित व्यवस्था, सांस्कृतिक कार्यक्रम, पूर्वाधार आवश्यकता र विभिन्न उप समितिहरूले ग्रहण गर्नुपर्ने जिम्मेवारीहरूको बारेमा विस्तृतरूपमा जानकारी गराए। बैठकमा विभिन्न विषयहरूमाथि अर्थपूर्ण छलफलपछि विधायक गोलेले राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा 25 जनवरी, 2026 मा आयोजना गने घोषणा गरे। समारोहमा मुख्यमन्त्री पीएस तामाङ मुख्य अतिथिमा रूपमा उपस्थित रहने पनि बताइयो।


