By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    CM Golay attends NDA Meeting in New Delhi
    May 25, 2025
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: विवादित एसआई परीक्षा फलमाथि एसपीएससीको मौनता गम्भीर चिन्ताको विषय: एसडीएफ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > विवादित एसआई परीक्षा फलमाथि एसपीएससीको मौनता गम्भीर चिन्ताको विषय: एसडीएफ
InsiderOpinionPolitician

विवादित एसआई परीक्षा फलमाथि एसपीएससीको मौनता गम्भीर चिन्ताको विषय: एसडीएफ

Suk Raj Aaron Rai
Last updated: December 17, 2025 5:23 pm
Suk Raj Aaron Rai Published December 17, 2025
Share
SHARE

गान्तोक, 17 दिसम्बर । सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सिक्किम पब्लिक सर्विस कमिशन (एसपीएससी) बाट विवादित पुलिस सब-इन्स्पेक्टरको परीक्षा फललाई लिएर अहिलेसम्म कुनै प्रकारको स्पष्टीकरण जारी नगरिएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ। यसैगरी, एसडीएफले पार्टी प्रवक्तालाई आएको धम्की मामिलाको सम्बन्धमा पनि पुलिस अधिकारीबाट जानकारी लिएको छ।
एसडीएफ महिला शाखाकी प्रभारी कोमल चामलिङले आज एक प्रतिनिधि टोली एसपीएससीको कार्यालयमा पुगेर विवाधित पुलिस सब-इन्स्पेक्टरको परीक्षा फलबारे 12 नोभम्बर, 2025 मा बुझाएको ज्ञापनलाई लिएर सोधपुछ गरेको जानकारी गराएकी छन्। एसडीएफले आफ्नो ज्ञापन पत्रमा पारदर्शिता सुनिश्चित गर्न र जनताको विश्वासलाई कायम राख्नका लागि सबै आवेदकहरूको परीक्षा फल सार्वजनिक गर्नु माग गरेको थियो। तर, अहिलेसम्म एसपीएससीले कुनै प्रकारको स्पष्टीकरण अथवा प्रेस बयान जारी नगरेको चामलिङले बताएकी छन्।
उनले एसपीएससी कार्यालयमा आज केही मुठीभर कर्मचारीहरू मात्र उपस्थित रहेको र १२ नोभेम्बर, २०२५ मा पार्टीको अघिल्लो भ्रमणमा जस्तै एसपीएससीका अध्यक्ष अनुपस्थित पाइएको बताएकी छन्। एसपीएससीका अधिकारीहरूले एसडीएफको ज्ञापनपत्रलाई लिएर बैठक भएको स्वीकार गरे तापनि उनीहरूले कुनै आधिकारिक प्रतिक्रिया, निर्णय वा समयसीमा प्रदान गर्न नसकेको उनले उल्लेख गरेकी छन्। उनले एसडीएफ यो पारदर्शिताको अभावको कडा निन्दा गर्दछ र प्रभावित उम्मेदवारहरूको लागि न्याय सुरक्षित गर्न सबै उपायहरू अपनाउने आफ्नो प्रतिबद्धता दोहोऱ्याउँछ भनेकी छन्। उनले प्रभावित सबै आकांक्षीहरूलाई पनि न्यायको लागि एसडीएफसँग अगाडि आउन आग्रह गरेकी छन्।
एसडीएफ प्रतिनिधि टोली पार्टी प्रवक्ता योजना खालिङ विरुद्ध सामाजिक सञ्जालमा जारी गरिएको यौन उत्पीडन र बलात्कारको धम्कीसँग सम्बन्धित मुद्दाको बारेमा सोधपुछ गर्न सदर थानाका आईजी (कानून) को कार्यालयको पुग्यो। यो विषय पहिले नै एसडीएफले राष्ट्रिय महिला आयोग, नयाँ दिल्लीमा उठाइसकेको र आयोगले पनि औपचारिक रूपमा पुलिस अधीक्षक (पूर्व) लाई 14 दिसम्बर सम्ममा कारबाही प्रतिवेदन पेश गर्न निर्देशन दिएको प्रभारी चामलिङले जानकारी गराएकी छन्।
उनले आयोगद्वारा जारी गरिएको स्पष्ट एक महिनाको सूचनाका बावजुद पुलिस अधीक्षकको कार्यालयले आवश्यक प्रतिवेदन पेश गर्न असफल भएको बताएकी छन्। उनले यस ढिलाइलाई पुलिस विभागको गम्भीर असफलता ठहर गर्दै महिला विरुद्धको अपराधप्रति संस्थागत उदासीनताको विचलित पार्ने उदाहरण बताएकी छन्। उनले योजना खालिङ र रीमा चापागाईंलाई न्याय नदिएसम्म र जिम्मेवार संस्थाहरूलाई पूर्ण रूपमा जवाफदेही नबनाएसम्म एसडीएफले यो मुद्दालाई हरेक तहमा निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

स्वास्थ्य सेवाको क्षेत्रमा सिक्किम पूर्वोत्तरमै उत्कृष्ट रहेको विधायक कला राईको दाबी

सोरेङमा मुख्यमन्त्री र मुख्य न्यायाधीशले नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे

मुख्यमन्त्रीले राज्यवासीहरूलाई दिए ईदको हार्दिक शुभकामना

सिटिजन एक्सन पार्टी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को बैठक सम्पन्न

सीएपीका कार्यकर्ताहरूमाथि थाना परिसरमा हमला नभएको पुलिसको दाबी

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyInvestmentLatest News

Meeting on Maintenance and Updation of Government Land Records

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 9, 2025
Sikkim observes ‘International Day against Drug Abuse and Illicit Trafficking’
ईआरओ गेजिङद्वारा एसआईआर अभ्यासमाथि प्रशिक्षण एवं अभिमुखीकरण कार्यशाला आयोजित
राज्यका विभिन्न ठाउॅंहरूमा पक्षीहरूको असामान्य मृत्युदर बढ्दो, विभागद्वारा मूल्याङ्कन र निवारण पहल शुरू
माटो कवि जीवन थिङ कविता उत्सव 2025 भव्यताको साथ सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?