पाकिम, 13 जनवरी । नीति आयोगका उपाध्यक्ष सुमन के. बेरी, नीति आयोगका सदस्य प्रा. रमेश चन्दसहित आधिकारिक भ्रमणका क्रममा आज सिक्किम आइपुगेका छन्। रम्फूस्थित पर्यटक सुविधा केन्द्रमा प्रतिनिधिमण्डललाई रम्फूकी एसडीएम सुजाता सुब्बा र गृह विभागका संयुक्त सचिव प्रणीत प्रधानले स्वागत गरे। प्रतिनिधिमण्डलको भ्रमण कार्यक्रम २३ जनवरीदेखि २६ जनवरी, २०२६ सम्म रहने बताइएको छ। यस अवधिमा प्रतिनिधिमण्डलले “फ्रन्टियर स्टेट डेभलपमेन्ट वर्कसप: फोकस अन नर्थ ईस्ट” कार्यक्रममा सहभागिता जनाउनेछन्। यसरी नै प्रतिनिधिमण्डलले सीमावर्ती तथा उत्तर–पूर्वी राज्यहरूको विकास योजना र नीति पहलसँग सम्बन्धित विभिन्न आधिकारिक बैठक तथा कार्यक्रमहरूमा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ


