By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नीति आयोगका सदस्य प्रो. रमेश चन्दले भने, सिक्किममा पछिल्ला चार वर्षमा प्रति व्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको छ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > नीति आयोगका सदस्य प्रो. रमेश चन्दले भने, सिक्किममा पछिल्ला चार वर्षमा प्रति व्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको छ
IndustryNationalNortheastSikkim

नीति आयोगका सदस्य प्रो. रमेश चन्दले भने, सिक्किममा पछिल्ला चार वर्षमा प्रति व्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको छ

Suk Raj Aaron Rai
Last updated: January 15, 2026 4:10 am
Suk Raj Aaron Rai Published January 15, 2026
Share
SHARE

गान्तोक, जनवरी। सिक्किम सरकारले नीति आयोगसँगको सहकार्यमा आज गान्तोकस्थित एक होटलमा “फ्रन्टियर स्टेट डेभलपमेन्ट: फोकस अन् नर्थइस्ट” विषयमा कार्यशाला आयोजना गऱ्यो। यस कार्यशालाको उद्देश्य स्वास्थ्य, जीविकोपार्जन, सम्पर्क तथा सुरक्षाको एकीकृत दृष्टिकोणमार्फत फ्रन्टियर क्षेत्रहरूको समग्र विकासका रणनीतिहरू पहिचान गर्नु रहेको थियो।
कार्यशालाका मुख्य वक्ता नीति आयोगका उपाध्यक्ष सुमन के. बेरीले नीति आयोगका उद्देश्यहरू उल्लेख गर्दै विकसित भारतको सन्दर्भमा उत्तर–पूर्वी क्षेत्रका चुनौती र सम्भावनाहरूमाथि प्रकाश पारे। उनले सिक्किमको स्वच्छता र शान्त वातावरणको प्रशंसा गर्दै राज्यले विश्व मञ्चमा आफूलाई विभिन्न मञ्चमार्फत प्रस्तुत गर्न सक्ने ठूलो सम्भावना रहेको बताए। उनले सिक्किमलाई विकसित भारतको दृष्टिकोणतर्फ अन्य राज्यहरूलाई मार्गदर्शन गर्ने केन्द्रिय उत्प्रेरकका रूपमा उल्लेख गर्दै गुणवत्ता संस्थागत गर्ने आकांक्षा र प्रदर्शन तथा आकांक्षाबीचको दूरी कम गर्नुपर्ने आवश्यकतामा जोड दिए।
सिक्किम सरकारका मुख्य आर्थिक सल्लाहकार डा. महेन्द्र पी. लामाले आफ्नो सम्बोधनमा नयाँ विकास ध्रुवका निर्धारक र अवयवहरूबारे बोल्दै बङ्गलादेश, भुटान, म्यानमार, नेपाल र उत्तर–पूर्वी क्षेत्रलाई समेट्दै उत्तर–पूर्वी क्षेत्रलाई भारत तथा पूर्वी दक्षिण एशियाको नयाँ विकास ध्रुवका रूपमा विकास गर्नुपर्ने बताए। यस ढाँचाले एक्ट ईस्ट नीति, नेबरहुड फर्स्ट नीति, विकसित भारत तथा आत्मनिर्भर भारत २०४७ लाई सुदृढ़ बनाउने‌ उनले बताए।
नीति आयोगका सदस्य प्रो. रमेश चन्दले कार्यशाला सिक्किममा आयोजना गर्नुको उद्देश्य स्पष्ट गर्दै प्रतिस्पर्धी संघीयतालाई नीति आयोगले प्रवर्द्धन गर्ने बताए। उनले सिक्किमको तीव्र आर्थिक वृद्धिको प्रशंसा गर्दै यसका उपलब्धिहरू अन्य उत्तर–पूर्वी राज्यहरू र देशभर साझा गर्नुपर्ने बताए। उनले पछिल्ला चार वर्षमा प्रति व्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको बताउँदै सिक्किम विकसित भारत २०४७ को प्रधानमन्त्रीको दृष्टिकोणसँग पहिल्यै समन्वयमा रहेको र सबका विकासको भावनाअनुरूप समावेशी विकास प्रस्तुत गरिरहेको बताए।
सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङले आफ्नो सम्बोधनमा यस कार्यशालालाई नवप्रवर्तन र राष्ट्र निर्माणसम्बन्धी छलफलको महत्वपूर्ण मञ्चका रूपमा वर्णन गरे। उनले दिगो कृषि, हातकरघा, हस्तकला र आधुनिक उद्योगको विकासमा युवाको सहभागिता आवश्यक रहेको उल्लेख गरे।
कार्यशालामा इन्स्टिच्युट फर ट्रान्सफर्मिङ सिक्किमका उपाध्यक्ष सीपी शर्मा, नीति आयोगका कार्यक्रम निर्देशक मेजर जनरल के. नारायणन, उत्तर–पूर्वी राज्यहरूबाट आएका प्रतिनिधिहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

लेगसेपको गेमन पुलबाट हाम फालेका दिनेश दासको शव फेला पऱ्यो

प्रोफेसर ज्योति प्रकाश तामाङको निधनमा राज्यपाल, मुख्यमन्त्री तथा अन्यहरूद्वारा दु:ख प्रकट

मुख्यमन्त्रीले राज्यमा आवश्यक वस्तुहरूको स्टकको स्थिति र वितरणको मूल्याङ्कन गरे

पोकलोक कामराङ क्षेत्रलाई लिएर एसडीएफ पार्टीको समन्वय बैठक सम्पन्न

पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप रेशिथाङको खेल गाउँमा शुरु

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsLatest NewsSikkim

DDMA Hosts Orientation Meeting for Earthquake and GLOF Mock Exercises

IPR Report IPR Report September 7, 2024
District Hospital Mangan set for inauguration; high-level team led by Healt secretary conducts inspection visit
Namprikdang Namsoong Festival 2024-25 begins
गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
एएमएसको लागि गान्तोक जिल्ला प्रशासनिक केन्द्रलाई राष्ट्रिय पुरस्कार
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?