By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
InvestmentNationalOpinionSA Nepali

केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए

Suk Raj Aaron Rai
Last updated: February 7, 2026 6:46 pm
Suk Raj Aaron Rai Published February 7, 2026
Share
SHARE


गान्तोक, 07 फरवरी। केन्द्रिय नागरिक उड्डयन मन्त्री राममोहन नायडू किन्जारापुले सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले पाकिम विमान हवाईअड्डा सञ्चालनको सम्बन्धमा भारतका उपराष्ट्रपतिलाई सम्बोधन गरेको निवेदनको जवाफ दिएका छन्। आफ्नो जवाफमा केन्द्रिय मन्त्रीले यस सम्बन्धमा भारतीय हवाईअड्डा प्राधिकरणसॅंग परामर्श गरेको र पाकिम हवाईअड्डाबाट उडानहरू पुनः शुरु गर्ने अनुरोध सबै घरेलु एयरलाइन्सहरूलाई पठाएको जानकारी गराएका छन्।
उक्त जानकारी सांसद सुब्बाले आज जारी एक प्रेस विज्ञप्तिमा दिएका छन्। केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा पहिले क्षेत्रीय सम्पर्क योजना (आरसीएस) उडान अन्तर्गत सञ्चालनमा ल्याइयो, तर प्रतिकूल मनसुन मौसमका कारण जून २०२४ देखि उडान सञ्चालन स्थगित गरिएको बताएका छन्।
उनले उडान ५.३ अन्तर्गत पाकिम-गुवाहाटी रुटमा पुनर्विचार गरिएको छ र ९ सिटर विमानका साथ रुट सञ्चालन गर्न जेट विङ्ग्सलाई आशय पत्र जारी गरिएको जानकारी गराएका छन्। यस अतिरिक्त, पाकिम हवाईअड्डाबाट उडानहरू पुनः शुरु गर्ने अनुरोध सबै घरेलु एयरलाइन्सहरूलाई पठाइएको पनि उनले आफ्नो जवाफमा जानकारी गराएका छन्। भारतीय हवाईअड्डा प्राधिकरणले बजारको माग र व्यावसायिक व्यवहार्यताका आधारमा सेवा शुरू गर्न चाहने एयरलाइन्सहरूलाई उडान सञ्चालन सहज बनाउन आफ्नो पूर्ण तयारी व्यक्त गरेको उनले अवगत गराएका छन्।
विगत २१ महिनामा संसद सुब्बाले लोकसभामा सिक्किमको लागि हवाई सम्पर्कको मुद्दा निरन्तर उठाउँदै सम्बन्धित अधिकारीहरू र मन्त्रालयहरूलाई धेरै पटक प्रतिनिधित्व गरेको विज्ञप्तिमा उल्लेख छ। उनकै अनुरोधमा नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलले पनि पाकिम हवाईअड्डाबाट उडानहरू पुनः शुरु गर्ने बारेमा एयरलाइन्स अपरेटरहरूसँग बैठकको अध्यक्षता गरेको पनि जनाइएको छ।
सांसद सुब्बाले मन्त्रालयको प्रतिक्रियालाई स्वागत गर्दै पाकिम हवाईअड्डाबाट चॉंडै र दिगो उडान सेवा पुन: शुरुवात सुनिश्चित गर्न भारत सरकार र एयरलाइन्स अपरेटरहरूसँग निरन्तर संलग्नता कायम राख्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्।

भाजपा नेताहरूले शिवालिक कम्पनीका अधिकारीहरूलाई भेटे, माखा-डिक्चु सडकको सोचनीय अवस्थाको मुद्दा उठाए

सीएपी अध्यक्ष सीजेएम समक्ष प्रस्तुत भए, राजनीतिक असहमतिलाई अपराधीकरण गरिएको आरोप

एसडीएफ नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा अप्पर सदाममा सम्पन्न

रोलु दिवसमा व्यापक जनसहभागिताले पार्टीप्रति जनताको माया, विश्वास र नेतृत्वप्रतिको सम्मान झल्किएको छ: एसकेएम

गान्तोक जिल्लामा एसआईआर २०२६ को लागि गणना फारम वितरण कार्य शुरु

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPoliticsreligion

रिनाक रुङ्दुङस्थित विश्व विनायक मन्दिरको संरक्षण सम्बन्धी सिक्किम सरकारलाई अनुरोध

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 15, 2025
Tree Library at Khechuperi Senior Secondary School
Rajya Puruskar Award Ceremony Honours Young Scouts and Guides at Raj Bhavan
State Civil Services Day Observed Highlighting Importance of Integrity, Technology, and Community Engagement
Two Sikkim health workers invited as special guests for the 78th Independence Day Celebration at Red Fort
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?