By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्य सचिवले पानीको अभाव, वन डढेलो रोकथाम र एभियन इन्फ्लुएन्जा तयारी सम्बन्धी उच्चस्तरीय समीक्षा बैठक गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > मुख्य सचिवले पानीको अभाव, वन डढेलो रोकथाम र एभियन इन्फ्लुएन्जा तयारी सम्बन्धी उच्चस्तरीय समीक्षा बैठक गरे
EnvironmentOpinionSikkim

मुख्य सचिवले पानीको अभाव, वन डढेलो रोकथाम र एभियन इन्फ्लुएन्जा तयारी सम्बन्धी उच्चस्तरीय समीक्षा बैठक गरे

Suk Raj Aaron Rai
Last updated: February 18, 2026 1:17 pm
Suk Raj Aaron Rai Published February 17, 2026
Share
SHARE


गान्तोक, 17 फरवरी । सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङले मंगलवार शहरी क्षेत्रहरूमा पानीको अभाव, वन डढेलो रोकथाम र जङ्गली चराहरूमा एभियन इन्फ्लुएन्जा (एच5एन1) को प्रकोप सम्बन्धी तयारी र प्रतिक्रिया उपायहरूको समीक्षा गर्न उच्चस्तरीय अन्तर-विभागीय बैठकको अध्यक्षता गरे। टाशीलिङ सचिवालयको सम्मेलन हलमा बसेको उक्त बैठकमा सम्बन्धित विभागका प्रमुखहरू र वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
पीएचई विभागले जल आपूर्तिको अवस्थाको समीक्षा गर्दै विगत केही महिनादेखि सुक्खा मौसमका कारण गान्तोक र मङ्गनमा पानीको अभाव भइरहेको जानकारी गरायो। विभागले पाइपलाइन र जलाशयहरूमा चुहावटबाट हुने बर्बादी रोक्न उपायहरू शुरु गरेको छ र ओभरहेड ट्याङ्कीहरूबाट पानीको ओभरफ्लो र दुरुपयोग जाँच गर्न विभागले घर-घर निरीक्षण गर्ने बताइयो।
विभागका अधिकारीहरूले राते-चुमा उपलब्ध पानीको उपयोग गर्न डाइभर्सन पर्खाल निर्माण शुरु गरिएको जानकारी गराए। राते-चु स्रोतबाट पानी आपूर्ति केन्द्र सेलेप ट्याङ्कीसम्म मुख्य पाइपमा चुहावट पहिचान गरिएको र तत्काल मर्मत कार्य भइरहेको पनि उनीहरूले बताए। यी हस्तक्षेपहरूको परिणामस्वरूप हाल सेलेपमा पानीको स्तरमा सुधार आएको पनि अवगत गराइयो। विभागले हाल उपभोक्ताहरूलाई एक पटक पानी आपूर्ति प्रदान गर्ने स्थितिमा रहेको र आपूर्तिको अवधि बढाउन प्रयास भइरहेको बतायो। आवश्यक परेमा पानीका ट्याङ्करहरू पनि तैनाथ गर्न तयारी अवस्थामा राखिएको बताइएको छ।
यसैगरी, वन डढेलोको तयारीको बारेमा वन विभागले जोखिमपूर्ण पूर्व-मनसुन मौसममा शिघ्र पत्ता लगाउने, रोकथाम गर्ने र तयारीमा केन्द्रित सक्रिय र समुदाय-केन्द्रित दृष्टिकोण मार्फत निवारक उपायहरू तीव्र पारिएको बतायो। राज्य आपदा प्रबन्धन प्राधिकरण र अन्य लाइन एजेन्सीहरूसँगको समन्वयमा प्रारम्भिक चेतावनी प्रणाली, वास्तविक-समय अनुगमन र अन्तर-एजेन्सी प्रतिक्रिया संयन्त्रहरूलाई बलियो बनाइएको पनि बताइयो।
यसै क्रममा पशुपालन तथा पशु चिकित्सा सेवा विभागका अधिकारीहरूले जङ्गली चराहरूमा एभियन इन्फ्लुएन्जा सम्बन्धी वर्तमान अवस्थामाथि प्रकाश पारे। विभागले रानीपुल बजार, मणिपाल क्षेत्र र फरेस्ट कोलोनी वरपरका क्षेत्रहरूबाट काग, परेवा र पेकिन रोबिन लगायत जङ्गली चराहरूको असामान्य मृत्युदर, साथै पाकिम जिल्ला अन्तर्गत बरदाङको डोसा पोइन्टमा लाटोकोसेरोको मृत्यु भएको जानकारी साझा गर्‍यो।
बैठकमा भारत सरकारको एभियन इन्फ्लुएन्जा सम्बन्धी कार्य योजना अनुसार तत्काल नियन्त्रण र रोकथामका उपायहरू शुरु गरिएको जानकारी गराइयो। प्रभावित क्षेत्रहरूमा निरन्तर निगरानी, ​​व्यापक सरसफाई र कीटाणुशोधन अभियानहरू सञ्चालन भइरहेको बताइयो।
मुख्य सचिवले सबै विभागहरूलाई निकट समन्वय कायम राख्न, रोकथामका उपायहरूको समयमै कार्यान्वयन सुनिश्चित गर्न र जनस्वास्थ्यको रक्षा गर्न सतर्क रहन निर्देशन दिए।

Namprikdang Namsoong Festival 2024-25 begins

BJP to focus on membership drive in Sikkim

सिक्किम विश्वविद्यालयको एआईयू उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सवमा उत्कृष्ट प्रदर्शन

पोकलोक कामराङ क्षेत्रलाई लिएर एसडीएफ पार्टीको समन्वय बैठक सम्पन्न

Chief Minister Graces Silver Jubilee Celebration of Mount Sinai Academy

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
AgricultureLatest NewsSA Nepali

राज्यपालले वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 25, 2025
District-Level Sensitisation Programme on NSP and NMBA held at Pakyong
Sikkim Bypolls: SKM parliamentary board holds meeting regarding potential candidates
भाजपा सिक्किमले अन्तरराष्ट्रिय मातृ दिवस पालन गऱ्यो
Sikkim Time Capsule 2025: Leave a Message for the Future
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?