By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: अखिल सिक्किम खस छेत्री बहुन कल्याण सङ्घको ३१औँ स्थापना दिवस सम्पन्न किपु छिरिङ लेप्चालाई “सिक्किम गौरव सम्मान २०२६”
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > अखिल सिक्किम खस छेत्री बहुन कल्याण सङ्घको ३१औँ स्थापना दिवस सम्पन्न किपु छिरिङ लेप्चालाई “सिक्किम गौरव सम्मान २०२६”
CultureNationalOpinionPolitician

अखिल सिक्किम खस छेत्री बहुन कल्याण सङ्घको ३१औँ स्थापना दिवस सम्पन्न किपु छिरिङ लेप्चालाई “सिक्किम गौरव सम्मान २०२६”

Suk Raj Aaron Rai
Last updated: February 26, 2026 6:15 pm
Suk Raj Aaron Rai Published February 26, 2026
Share
SHARE

पाकिम, 26 फरवरी । अखिल सिक्किम खस छेत्री बहुन कल्याण सङ्घको ३१औँ स्थापना दिवस समारोह आज रम्फूको खेल मैदानमा भव्यरूपमा सम्पन्न भयो। समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि तथा दार्जिलिङ संसदीय क्षेत्रका सांसद राजु बिष्ट विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। समारोहमा सिक्किम विधानसभाका अध्यक्ष तथा उपाध्यक्ष, मन्त्रीगण, विधायकगण लगायत अन्य गणमान्य व्यक्तिहरू र सर्वसाधारणको उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले अखिल सिक्किम खास छेत्री बहुन कल्याण सङ्घले आफ्नो स्थापनाको ३१औँ वर्ष पूरा गरेकोमा बधाई दिॅंदै खस समुदायले निरन्तर गरिरहेको प्रगतिप्रति गर्व व्यक्त गरे। उनले प्रत्येक वर्ष यो दिवस आयोजना गर्नुको उद्देश्य खस समुदाय साथै सिक्किमका सम्पूर्ण जातिबीच एकता कायम गर्नु रहेको बताए।
मुख्यमन्त्रीले समारोहमा खस समुदायको उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्वहरूको पनि स्मरण गरे। राज्य सरकारले खस समुदायका धेरै सदस्यहरूलाई विभिन्न सम्मानित पदमा नियुक्त गरेको उल्लेख गर्दै खस समुदायमा आपसी समन्वय कायम गर्दै सिक्किमको प्रगतिका लागि सबै अघि बढ्न आह्वान गरे। उनले युवा पुस्तामा संस्कार, संस्कृति तथा परम्पराप्रति सचेतना फैलाउनुपर्ने आवश्यकतामा पनि जोड दिए।


मुख्यमन्त्रीले सिक्किम सरकारद्वारा शुरू गरिएको नरबहादुर भण्डारी फेलोशिप कार्यक्रम र अपतन फेलोशिप जस्ता पहलहरूको चर्चा गर्दै यस प्रकारका फेलोसिप कार्यक्रमहरूले शिक्षा र साक्षरताको प्रवर्द्धन गर्दै युवापुस्तालाई सशक्त बनाउने बताए। उनले सिक्किमका १२ वटा छुटेका समुदायलाई अनुसूचित जनजातिको मान्यता दिलाउने प्रक्रियामा भएको प्रगतिमाथि प्रकाश पार्दै सिक्किमका सबै समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा निर्माणाधीन सिक्किम मेडिकल कलेजको नामकरण सिक्किमकी स्वतन्त्रता सेनानी सावित्री देवीको सम्मानमा “सावित्री देवी मेडिकल कलेज” गरिने घोषणा गरे। यसरी नै उनले सिक्किमका अर्का स्वतन्त्रता सेनानी बन्दे पोख्रेल (त्रिलोचन पोख्रेल) को सम्मानमा पाकिम हवाई अड्डाको नामकरण गरिने पनि घोषणा गरे।
यस अघि दार्जिलिङका सांसद बिष्टले आफ्नो सम्बोधनमा अखिल सिक्किम खास छेत्री बहुन कल्याण सङ्घको ३१औँ स्थापना दिवसको सबैलाई बधाई दिॅंदै मुख्यमन्त्रीद्वारा राज्यको समग्र विकास र जनकल्याणका लागि गरिएका प्रयासहरूको प्रशंसा गरे। उनले छिमेकी क्षेत्रहरूबीच रहेको सांस्कृतिक तथा परम्परागत समानतामाथि प्रकाश पार्दै समावेशी विकासका लागि एकता र सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले दुवै राज्यको प्रगति तथा समुदायको उत्थानका लागि एक भएर काम गर्नुपर्ने आवश्यकमा जोड दिए।
यसरी नै ग्रामीण विकास विभाग तथा सहकारिता विभागका मन्त्री अरुणकुमार उप्रेतीले खस स्थापना दिवसलाई निरन्तरता दिएकोमा मुख्यमन्त्रीप्रति आभार व्यक्त गरे। उनले यो दिन समुदायका विभिन्न वर्गलाई एउटै मञ्चमा एकत्रित गर्ने ऐतिहासिक दिन भएको बताए। उनले समुदायको भाषा, संस्कृति तथा परम्पराको संरक्षण गर्दै युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए भने “सुनौलो, समृद्ध र समर्थ सिक्किम” निर्माण गर्न सबै सिक्किमे एकताको सुत्रमा बाँधिनु पर्ने आह्वान गरे।
कार्यक्रमको मुख्य आकर्षणमध्ये एक पद्मश्री पुरस्कार प्राप्त किपु छिरिङ लेप्चा (मानव विकास फाउन्डेसन सिक्किमकी संस्थापक) लाई मानव विकास तथा सामाजिक सेवामा पुर्‍याएको योगदानप्रति सम्मान जनाउँदै “सिक्किम गौरव सम्मान २०२६” प्रदान गरियो। यस सँगसँगै विभिन्न क्षेत्रमा समुदायिक सेवामा योगदान पुर्‍याउने व्यक्तिहरूलाई पनि “खस गौरव सम्मान” प्रदान गरियो।

राजस्थान युनाइटेड एफसी बन्यो 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ को विजेता

पाकिम जिल्ला प्रशासनका अधिकारीहरूले आमा सम्मान दिवसको तयारीको निरीक्षण गरे

मुख्यमन्त्रीले देशका नवनियुक्त 15औं उपराष्ट्रपतिलाई दिए हार्दिक बधाई

मुख्यमन्त्रीले पद्म श्री प्रापक नरेन गुरुङलाई दिए हार्दिक बधाई

मुख्यमन्त्रीले नवनियुक्त पुलिस अधीक्षकहरूलाई हार्दिक बधाई दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalSports

सिक्किम र मणिपुरबीच चार दिवसीय रञ्जी ट्रफी म्याच बराबरीमा समाप्त

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 18, 2025
मुख्यमन्त्रीले जन्मदिनमा आफ्नी आमालाई भेटेर आशीर्वाद लिए
एसडीएफले राज्य स्थापनाको 50औं वर्षगॉंठ पालन गऱ्यो
Large cardamom cultivation revival and GLOF mitigation to be taken on mission mode
Governor’s Gold Cup: NE United in Final
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?