By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
    April 15, 2025
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    Latest News
    नेपाली साहित्य परिषद्ले १५ नोभेम्बरमा महाकवि देवकोटाको ११७औँ जयन्ती मनाउने
    November 2, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
    October 28, 2026
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको ३५औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Lifestyle > ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको ३५औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
LifestyleOpinionSports

ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको ३५औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: May 18, 2026 5:14 pm
Suk Raj Aaron Rai Published May 18, 2026
Share
SHARE

गान्तोक, 18 मई। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) को ३५औं वार्षिक साधारण सभा आइतबार गान्तोकको देवरालीस्थित स्थानीय एउटा होटल सम्पन्न भयो। सभामा बीएएसका पदाधिकारीहरू, आजीवन सदस्यहरू, सम्बद्ध जिल्ला संघहरू र आमन्त्रित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उक्त जानकारी बासले सोमवार जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।
सभालाई सम्बोधन गर्दै बास अध्यक्ष जेकब खालिङले २०२५-२६ को अवधिमा राज्यमा ब्याडमिन्टनको उल्लेखनीय प्रगति र उपलब्धिहरूमाथि प्रकाश पारे। सिक्किमभर ब्याडमिन्टनको प्रवर्द्धन र विकासका लागि गरिएका निरन्तर प्रयासहरूको सभाले सराहना गरेको बताइएको छ।
यसैगरी, बासका महासचिव सुकान्त दासले २०२५-२६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे कोषाध्यक्ष कर्मा भोटियाले सोही अवधिको वार्षिक वित्तीय प्रतिवेदन सदनमा प्रस्तुत गरे। विस्तृत छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरियो। सभामा ब्याडमिन्टन पूर्वाधारको विकास, खेलाडीहरूको कल्याण, तृणमूल स्तरमा कार्यक्रम, प्रतियोगिता व्यवस्थापन र सम्बद्ध जिल्ला एकाइहरूको सुदृढीकरण सम्बन्धी विभिन्न महत्त्वपूर्ण एजेन्डाहरूमा पनि छलफल गरियो।
सभाको प्रमुख आकर्षण नोभेम्बर २०२६ मा सिक्किममा जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिपको आगामी आयोजनाको बारेमा छलफल थियो। बासले प्रतिष्ठित राष्ट्रिय कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सामूहिक रूपमा काम गर्ने संकल्प गरेको छ। वार्षिक साधारण सभाले भारतीय ब्याडमिन्टन संघका अध्यक्ष तथा असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमा र महासचिव संजय मिश्रालाई यो प्रतिष्ठित प्रतियोगिताको आयोजकको रूपमा सिक्किमलाई मनोनित गरेकोमा कृतज्ञता व्यक्त गर्यो।
यस अतिरिक्त, सभामा सम्बद्धता मामिला, दर्ता नवीकरण, प्रशासनिक समन्वय सुदृढीकरण र राज्य तथा राष्ट्रिय वरीयता प्रतियोगिताहरूमा सहभागिता बढाउने विषयमा रचनात्मक छलफल पनि भएको बताइएको छ। बासले सिक्किमका मुख्यमन्त्री, जो बीएएसका प्रमुख संरक्षक पनि हुन्, लाई उनको बहुमूल्य मार्गदर्शन र अटल समर्थनको लागि तथा खेल मन्त्री राजु बस्नेतलाई निरन्तर सहयोगका लागि हार्दिक आभार व्यक्त गरेको छ।
बासले संघकी वरिष्ठ उपाध्यक्ष छिरिङ पाल्देन भोटियालाई गान्तोक नगर निगमको मेयरको रूपमा निर्वाचित भएकोमा अभिनन्दन गर्यो। यसरी नै सभाले प्रतिष्ठित ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाको राष्ट्रिय खेल नियन्त्रक परीक्षा २०२५ सफलतापूर्वक उत्तीर्ण गरेकोमा एड्रिएल ग्याम्त्सो लिङ्दोङलाई पनि सम्मानित गर्यो। दुई प्रतिष्ठित व्यक्तित्वहरूलाई उनीहरूको उल्लेखनीय उपलब्धि र योगदानका लागि सम्मानित गरिएको बासले आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ।

एसडीएफ अध्यक्ष चामलिङले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए

भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो

असम राइफल्स शिलङद्वारा ब्रदरवुड एफसी सिक्किम पराजित

लोकभवनमा शहीद दिवस मनाइयो

‘सिक्किम फर नेपाल’ राहत टोली बाढी प्रभावित रसुवातर्फ प्रस्थान

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalpoliticalSA Nepali

केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 7, 2026
बजेट सत्रमा अभिभाषणको निम्ति राज्यपाललाई निमन्त्रणा
2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए
वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो
Sikkim Time Capsule 2025: Leave a Message for the Future
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?