By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    Sikkim’s Environmental Quest: 3rd Paryavaran Parva Ends on High Note
    July 14, 2025
    Meeting on Maintenance and Updation of Government Land Records
    September 9, 2025
    Latest News
    ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
    July 14, 2026
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: शिलङमा ७३औँ एनईसीको पूर्ण बैठकमा सिक्किमले विकासका प्राथमिकताहरू प्रस्तुत गर्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > शिलङमा ७३औँ एनईसीको पूर्ण बैठकमा सिक्किमले विकासका प्राथमिकताहरू प्रस्तुत गर्यो
Latest NewsNortheastSikkim

शिलङमा ७३औँ एनईसीको पूर्ण बैठकमा सिक्किमले विकासका प्राथमिकताहरू प्रस्तुत गर्यो

Suk Raj Aaron Rai
Last updated: June 4, 2026 2:41 pm
Suk Raj Aaron Rai Published June 4, 2026
Share
SHARE

गान्तोक, 04 जून। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पूर्वोत्तर परिषद् (एनईसी) को ७३औँ पूर्ण बैठकमा सहभागिता जनाए। बैठकको अध्यक्षता केन्द्रिय गृहमन्त्री तथा एनईसीका अध्यक्ष अमित शाहले गरेका थिए। कार्यक्रममा पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय (डोनर) का केन्द्रिय मन्त्री ज्योतिरादित्य एम. सिन्धिया, विभिन्न पूर्वोत्तर राज्यका राज्यपालहरू, मुख्यमन्त्रीहरू तथा वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।मुख्यमन्त्री कार्यालयका अनुसार, बैठकमा मुख्यमन्त्रीले ‘विकसित भारत २०४७’ को परिकल्पना अनुरुप सिक्किमका प्रमुख विकास प्राथमिकताहरू प्रस्तुत गरे। उनले जैविक कृषि, पर्यटन, शिक्षा, सीप विकास, सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई), नवप्रवर्तन तथा पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए।मुख्यमन्त्रीले पूर्वोत्तर क्षेत्रमा कृषि मूल्य शृङ्खला र बजार पहुँचलाई सुदृढ़ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै ‘मिशन अर्गानिक भ्यालु चेन डेभलपमेन्ट फर नर्थ इस्टर्न रिजन’ (एमओभीसीडीएनईआर) योजनालाई निरन्तरता दिन आग्रह गरे। साथै, ‘नर्थ इस्ट इन्डस्ट्रियल एन्ड इन्भेस्टमेन्ट प्रमोसन पोलिसी’ (एनईआईआईपीपी) अन्तर्गतका सुविधाहरू सन् २०२७ पछिसम्म पनि विस्तार गर्न अनुरोध गरे।पूर्वोत्तर क्षेत्रमा कृषि तथा बागवानी क्षेत्रका मूल्य शृङ्खला र बजार पहुँचमा रहेका कमीहरू सम्बोधन गर्न गठित उच्चस्तरीय कार्यदलका संयोजकको हैसियतले मुख्यमन्त्रीले कार्यदलका सिफारिसहरू समेटिएको विस्तृत प्रस्तुति पनि दिए। प्रतिवेदनमा मूल्य शृङ्खला सुदृढीकरण, बजार पहुँच विस्तार, कृषि उत्पादकत्व वृद्धि, मूल्य अभिवृद्धि तथा कृषि र बागवानी क्षेत्रमा दिगो विकासलाई प्रवर्द्धन गर्ने रणनीतिक उपायहरू समावेश गरिएको थियो।मुख्यमन्त्रीले बारम्बार हुने आकस्मिक बाढीका कारण उत्पन्न चुनौतीहरूबारे पनि ध्यानाकर्षण गराउँदै एनएच १० को सम्पर्क समस्याको स्थायी समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए। साथै, सड़क, रेल, हवाई तथा डिजिटल पूर्वाधारसम्बन्धी प्रमुख परियोजनाहरू शीघ्र सम्पन्न गर्न आग्रह गर्दै उत्तर सिक्किमको ताराम छु क्षेत्रमा प्रभावित चुङथाङ-लाचेन सड़कको तत्काल पुनर्स्थापनाको माग राखे।बैठकका छलफलहरूले पूर्वोत्तर क्षेत्रको विशाल सम्भावनालाई उपयोग गर्दै किसान, स्थानीय समुदाय तथा भावी पुस्ताको हितका लागि दिगो, समावेशी र उत्थानशील विकासलाई अगाडि बढाउने साझा प्रतिबद्धता झल्काएको बताइएको छ।मुख्यमन्त्रीले पूर्वोत्तर क्षेत्रको विकासप्रति दूरदर्शी नेतृत्व र प्रतिबद्धताका लागि केन्द्रिय गृहमन्त्री अमित शाहप्रति आभार व्यक्त गरे। साथै, डोनर मन्त्री ज्योतिरादित्य एम. सिन्धिया, डोनर मन्त्रालय, एनईसी सचिवालय, मेघालयका मुख्यमन्त्री कोनराड के. सांगमाको नेतृत्वमा रहेको मेघालय सरकार तथा असम र पश्चिम बंगाल सरकारप्रति आतिथ्य र सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

ACT condemns Environment ministry’s clearance for Teesta-III dam reconstruction

मुख्यमन्त्रीले धरोहर संरक्षक पुरस्कार गठन गर्ने घोषणा गरे, महत्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने

मुख्यमन्त्रीले सरकारद्वारा प्रदान गरिएका सहयोग र अवसरहरूको पूर्ण उपयोग गर्न आग्रह गरे

मुख्यमन्त्री तामाङले सिक्किमवासीलाई सोनाम लोछारको शुभकामना दिए

‘Yoga Samavesh’ celebrates inclusion and wellness at Raj Bhavan

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EntertainmentInvestmentSports

प्रथम अन्तर विभाग क्रिकेट टुर्नामेन्ट शुरू, मुख्यमन्त्रीले गरे उद्घाटन

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 4, 2026
राष्ट्रपति मुर्मूले पिङ्क सिटी रनर बसहरू शुभारम्भ गरिन्
गेजिङ पुलिसले आरोपी ‘स्पाइडर म्यान’ लाई सिलगढ़ीमा गऱ्यो पक्राउ
तेस्रो गान्तोक जिल्ला एथलेटिक्स प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न
Gyalshing District Task Force Meeting for Pan-India Rescue & Rehabilitation Campaign for Child & Adolescent Labour
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?