By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने
    June 24, 2025
    पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न
    July 18, 2025
    सिक्किम पुलिसलाई पराजित गरेर सिक्किम ड्र्यागन्स सेमिफाइनलमा
    August 11, 2025
    Latest News
    गान्तोक जिल्लामा एसआईआर २०२६ को लागि गणना फारम वितरण कार्य शुरु
    May 30, 2026
    जनताले पनि जित्नुपर्ने अवधारणासहित पार्टी अघि बढिरहेको सीएपी अध्यक्षको दाबी
    May 30, 2026
    एसडीएफ अध्यक्षले पार्टीको नीति र विचारधारालाई जनतामाझ पुर्‍याउन आह्वान गरे
    May 29, 2026
    मुख्यमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मुलाई सौहार्दपूर्ण तथा अविस्मरणीय भ्रमणका लागि कृतज्ञता व्यक्त गरे
    May 28, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
    सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
    May 22, 2026
    May 22, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम भ्रमणमा रहेका छत्तीसगढ़का पत्रकारहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > सिक्किम भ्रमणमा रहेका छत्तीसगढ़का पत्रकारहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे
NationalSikkimTravel

सिक्किम भ्रमणमा रहेका छत्तीसगढ़का पत्रकारहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे

Aaron Rai
Last updated: February 17, 2026 5:25 am
Aaron Rai Published February 16, 2026
Share
SHARE


गान्तोाक, 16 फरवरी । पत्र सूचना कार्यालय रायपुरको संयोजनमा छत्तीसगढ़का पत्रकारहरूको 12 सदस्यीय प्रतिनिधिमण्डलले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग लोकभवनमा शिष्टाचार भेट गऱ्यो। 15 देखि 21 फरवरीसम्म सिक्किमको अध्ययन प्रवासमा रहेको प्रतिनिधिमण्डलले राज्यमा केन्द्र सरकारद्वारा सञ्चालित महत्वकांक्षी परियोजना, बुनियादी ढॉंचाको विकास र सामरिक महत्वका विकास कार्यहरूको प्रत्यक्ष अवलोकन गर्नेछन्।
राज्यपालले सिक्किमलाई स्वच्छ र पर्यावरणप्रति जागरुक राज्य बताउॅंदै राज्यका विभिन्न पहलहरूको सराहना गरे। उनले महिला प्रधान राज्य सिक्किम र पर्यटनको क्षेत्रमा भइरहेका कार्यहरूबारे पनि चर्चा गरे। उनले प्रतिनिधिमण्डललाई सिक्किमको ऐतिहासिक रणभूमि स्थल चोला र डोकाला पासको महत्वबारे पनि अवगत गराए। उनले यी स्थानहरूको भ्रमण गरेर यहॉंको इतिहासलाई बुझ्ने र यसको विस्तारका लागि प्रेरित गरे।
पत्रकारहरूले राज्यपाललाई सडक र हवाई सम्पर्क, जैविक उत्पादको बजार र पर्यटन ढॉंचासॅंग सम्बन्धित प्रश्नहरू गरे। राज्यपालले केन्द्र र राज्य सरकार मिलेर यी क्षेत्रहरूलाई सुदृढ़ बनाउन प्रयासरत रहेको जानकारी गराए।
प्रतिनिधिमण्डलमा छत्तीसगढका प्रमुख मिडिया संस्थानका 10 वरिष्ठ पत्रकार, एक अधिकारी र एक कर्मचारी सामेल छन्। यस अतिरिक्त, पीआईबी सिक्किमबाट सहायक निदेशक मानस प्रतिम शर्मा पनि उपस्थित थिए। दलको नेतृत्व सहायक निदेशक सुदीप्त कर र पुरुषोत्तम झाले गरिरहेका छन्।
भ्रमणका क्रममा मिडिया टोलीले पुरानो लोकभवनको पनि अवलोकन गरे। पत्रकारहरूको टोलीले केन्द्र प्रायोजित प्रमुख परियोजनाहरू जस्तै सेवक रम्फू रेलवे लगायत नथुला पास, बाबा मन्दिर, छाङ्गु पोखरी, पेलिङ स्काई वक र भारतीय वनस्पति सर्वेक्षण केन्द्रको भ्रमण गर्ने कार्यक्रम रहेको लोकभवनले आज प्रेस विज्ञप्तिमा बताएको छ।
राज्यपालले यस प्रकारको अन्तर राज्यीय मिडिया संवादले राष्ट्रिय एकतालाई सुदृढ़ बनाउने, विकास कार्यहरूको जानकारीलाई व्यापक बनाउने र देशको प्रगतिलाई नयॉं उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

Mangan District discusses reopening of Lachen-Lachung for tourists

March 27, 2026

59th Nathula Vijay Diwas Commemorated with Honour and Patriotic Fervour at Nathula Pass

CM meets Parliamentary Committee on Subordinate Legislation

एसकेएम विद्यार्थी शाखाको मासिक बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationNortheastSikkim

PETA India holds sensitisation workshop on Animal Protection Laws in Sikkim

Aaron Rai Aaron Rai July 12, 2025
सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो
अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घको स्थापना दिवसको तयारी तीव्र
मुख्यमन्त्रीले भारतीय टोलीको प्रबन्धक मनोनित भएकोमा सुकान्त दासलाई बधाई दिए
परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?