By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
NationalOpinionPolitics

प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए

Suk Raj Aaron Rai
Last updated: July 2, 2026 4:17 pm
Suk Raj Aaron Rai Published July 2, 2026
Share
SHARE

गान्तोक, 02 जुलाई। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका प्रदेश अध्यक्ष डीआर थापा र प्रदेश महासचिव अर्जुन राईले बुधबार नयाँ दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसँग शिष्टाचार भेट गरे। भेटका क्रममा सिक्किमको सुरक्षा, संवैधानिक आकांक्षा, विकास तथा राज्यमा भाजपा संगठनको विस्तारसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयमा छलफल गरे। उक्त जानकारी आज प्रदेश भाजपा मिडिया सेलले प्रेस विज्ञप्तिमा दिएको छ।भाजपा सिक्किम अध्यक्ष थापाले हालै गान्तोकमा सार्वजनिक भएको कथित अनलाइन आत्म-कट्टरपन्थ सम्बन्धी घटनाबारे गृहमन्त्रीलाई जानकारी गराए। उनले गृहमन्त्रालयलाई गुप्तचर संयन्त्रबीचको समन्वय, साइबर निगरानी तथा कट्टरपन्थ र राष्ट्रविरोधी गतिविधिविरुद्धको सतर्कता अझ सुदृढ़ बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले रणनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण सीमावर्ती राज्यका रूपमा रहेको सिक्किमको शान्ति, सुरक्षा तथा साम्प्रदायिक सद्भावको संरक्षणका लागि प्रभावकारी र सक्रिय सुरक्षा व्यवस्था आवश्यक रहेकोमा जोड दिए।यसैगरी, उनले लिम्बू-तामाङ समुदायका लागि विधानसभामा सीट आरक्षण, छुटेका ११+१ समुदायलाई अनुसूचित जनजातिको मान्यता, कर्मापा र सिक्किमसँग सम्बन्धित अन्य विभिन्न राजनीतिक तथा विकाससम्बन्धी मुद्दाहरूमा पनि ध्यान आकर्षित गराए। उनले निरन्तरको अविरल वर्षाका कारण सिक्किमका विभिन्न क्षेत्रमा भएको व्यापक क्षति, पैह्रो, सडक अवरुद्ध हुनु तथा जनजीवनमा परेको कठिनाइबारे पनि गृहमन्त्रीलाई जानकारी गराए। उनले राहत, पुनःस्थापना, पुनर्वास तथा आपदा प्रतिरोधी पूर्वाधार निर्माणका लागि केन्द्र सरकारबाट थप सहयोगका लागि आग्रह गरे, ताकि राज्यले बारम्बार आउने प्राकृतिक आपदा चुनौतीहरूलाई प्रभावकारी रूपमा सामना गर्न सकोस्।प्रदेश अध्यक्ष थापाले २०२७ पछि पनि विद्यमान उद्योगहरूका लागि बजेटरी सपोर्ट स्किमलाई निरन्तरता दिन अनुरोध गर्दै कर-आधारित औद्योगिक प्रोत्साहन सुविधा समाप्त भएमा उद्योगहरू सिक्किमबाट अन्यत्र सर्न सक्ने र यसबाट हजारौँ सिक्किमेली युवाको रोजगारी प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरे। उनले सिक्किममा भाजपाप्रति बढ्दो जनसमर्थन तथा संगठनको विस्तारबारे पनि गृहमन्त्रीलाई जानकारी गराए। केन्द्रिय गृहमन्त्री शाहले प्रतिनिधिमण्डलद्वारा उठाइएका सबै विषयलाई गम्भीरतापूर्वक अध्ययन गरिने तथा सिक्किमका जनताको हित, राज्यको सुरक्षा र समग्र विकासलाई ध्यानमा राखी आवश्यक पहल गरिने विश्वास दिएको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय राजमार्ग 10 आगामी 6 अगस्तसम्म पूर्ण रूपमा बन्द रहने

राज्यसभा सांसद लेप्चाले नथुला भएर ‘भारत-तिब्बत’ सीमा व्यापार पुन: शुरू गर्न माग गरे

दक्षिण सिक्किमको बरफुङमा एसडीएफ पार्टीको वार्डस्तरीय सभा सम्पन्न

भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थसहित दुई जना पक्राउ

सिक्किमका विधानसभा अध्यक्ष र उपाध्यक्ष दिल्लीमा आयोजित सम्मेलनमा सहभागी बने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureLatest NewsNationalOpinion

पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामाको निधन, राज्यपाल र मुख्यमन्त्रीद्वारा शोक प्रकट

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 12, 2025
राजभवनमा तेलङ्गाना राज्यको 11औं स्थापना दिवस पालन गरियो
संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
चार महिनापछि तारामचु सडक पुन: सञ्चालनमा, मन्त्री लेप्चाले गरे उद्घाटन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?