थेगु, 29 जुलाई। पूर्व सिक्किमको थेगुमा आजदेखि ‘जनरल सगत सिंह हाई-अल्टिट्यूड फुटबल प्रतियोगिता २०२६’ शुरू भएको छ। भारतीय सेनाको ब्ल्याक क्याट डिभिजन र युवा संगठन समिति, थेगुद्वारा संयुक्त रूपमा आयोजना गरिएको यो प्रतियोगिता 13 हजार फिटको उर्चाइमा भइरहेको छ।
प्रतियोगिताको उद्घाटन ६३ माउन्टेन ब्रिगेडका कमाण्डर ब्रिगेडियर के. किरणले गरे, जो कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले आफ्नो सम्बोधनमा अनुशासन, टिमवर्क, शारीरिक तन्दुरुस्ती र बलियो नागरिक-सैन्य सम्बन्धलाई बढावा दिन खेलकुदको महत्त्वमाथि प्रकाश पारे। उनले सहभागीहरूलाई निष्पक्ष खेल र खेलकुदको भावनालाई कायम राख्न प्रोत्साहित गरे।
यस प्रतियोगितामा पूर्व सिक्किमका नाथाङ, छाङ्गु, कुपुप, जुलुक, नाम्ची, सिङताम, रानीपुल र छिमेकी क्षेत्रहरू सहित लगभग ३४ टोलीले भाग लिइरहेका छन्। चुनौतीपूर्ण उच्च-उचाईको अवस्थाले प्रत्येक सहभागी खेलाडीहरूको सहनशीलता, सीप र दृढ संकल्पको परीक्षण गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता आगामी हप्ताहरूमा जारी रहनेछ र १५ अगस्त, २०२६ भारतको ७९औं स्वतन्त्रता दिवस समारोहमा भव्य समापन हुनेछ। प्रतियोगितामा विजेता र उपविजेताहरूलाई आकर्षक नगद पुरस्कारसहित फुटबल किटहरू प्रदान गरिनेछन्। खेलकुद उत्कृष्टतालाई प्रवर्द्धन गर्नु बाहेक प्रतियोगिताले खेल संस्कृतिलाई प्रेरित गर्दै भारतीय सेना र स्थानीय समुदायबीचको सम्बन्धलाई बलियो बनाउने लक्ष्य राखेको छ।
भारतीय सेनाले बासिन्दाहरू र फुटबल उत्साहीहरूलाई यो अद्वितीय उच्च-उचाईको फुटबल प्रतियोगितामा रोमाञ्चक खेलहरू हेर्न र आफ्ना स्थानीय टोलीहरूलाई समर्थन गर्न आमन्त्रित गरेको छ।
Leave a comment


