By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: १३औं उत्तर पूर्व क्षेत्रीय सुटिङ च्याम्पियनशिपमा सिक्किमको ऐतिहासिक उपलब्धि, दुई खेलाडी राष्ट्रिय सुटिङ च्याम्पियनशिपका लागि छनोट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > १३औं उत्तर पूर्व क्षेत्रीय सुटिङ च्याम्पियनशिपमा सिक्किमको ऐतिहासिक उपलब्धि, दुई खेलाडी राष्ट्रिय सुटिङ च्याम्पियनशिपका लागि छनोट
NationalSikkimSports

१३औं उत्तर पूर्व क्षेत्रीय सुटिङ च्याम्पियनशिपमा सिक्किमको ऐतिहासिक उपलब्धि, दुई खेलाडी राष्ट्रिय सुटिङ च्याम्पियनशिपका लागि छनोट

Suk Raj Aaron Rai
Last updated: August 30, 2026 2:45 pm
Suk Raj Aaron Rai Published August 30, 2026
Share
SHARE


गान्तोक, 30 अगस्त। सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागसँग सम्बद्ध सिक्किम राइफल एसोसिएशनले असममा आयोजित ‘१३औं उत्तर पूर्व क्षेत्रीय सुटिङ च्याम्पियनशिप २०२६’ मा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस च्याम्पियनशिपमा सिक्किमका दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित ६९ औं राष्ट्रिय सुटिङ च्याम्पियनशिप २०२६ को लागि छनोट भएका छन्।
सिक्किम राइफल एसोसिएशनका अनुसार, च्याम्पियनशिपमा सिक्किमका जम्मा ११ खेलाडीहरूले एयर वेपन इभेन्ट्समा भाग लिएका थिए, जसमा ८ पिस्टल शूटर र ३ राइफल शूटर थिए। खेलाडीहरूले क्षेत्रीय स्तरमा दृढ संकल्प, अनुशासन र खेलकुद उत्कृष्टताका साथ सिक्किमको प्रतिनिधित्व गरे।
एसोसिएशनले च्याम्पियनशिपमा अनु छेत्रीले 10 मिटर एयर पिस्टल र छिरिङ याङ्देन भोटियाले 10 मिटर एयर राइफल स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै ६९ औं राष्ट्रिय सुटिङ च्याम्पियनशिप २०२६ को लागि स्थान पक्का गरेको बताएको छ। उनीहरूको छनोट सिक्किमको युवा सुटिङ प्रतिभाको लागि एक महत्वपूर्ण उपलब्धि रहेको र राज्यमा प्रतिस्पर्धात्मक सुटिङको बढ्दो स्तरको प्रतीक रहेको बताइएको छ।
यस अतिरिक्त, लक्ष्मण अधिकारीले मास्टर मेन्स 10 मिटर एयर पिस्टल व्यक्तिगत प्रतिस्पर्धामा कांस्य पदक हासिल गरे। यो पदकको विशेष महत्व छ, किनकि यो सिक्किमले उत्तरपूर्वी क्षेत्रीय स्तरमा सुटिङमा जितेको पहिलो पदक हो, जुन सिक्किम सुटिङ खेलको इतिहासमा एउटा गौरवशाली अध्याय रहेको एसोसिएशनले बताएको छ।
सिक्किम राइफल एसोसिएशनले सबै प्रतिभागी खेलाडीहरू, प्रशिक्षकहरू, अधिकारीहरू, अभिभावकहरू र समर्थकहरूप्रति हार्दिक बधाई व्यक्त गरेको छ। एसोसिएशनले राज्यमा सुटिङ खेललाई प्रोत्साहित गर्न राज्य खेलकुद विभागले प्रदान गरिरहेको निरन्तर समर्थन र मार्गदर्शनको निम्ति पनि आभार प्रकट गरेको छ।

August 21, 2026

Governor inspects upcoming Prerna Sthal

एसकेएम पार्टीको 17औं स्थापना दिवस सामान्य रूपमा मनाइयो

State-Level Teej Utsav 2024: A Celebration of Unity and Empowerment

रिज पार्कमा निर्माणाधीन भवनमा चोरी

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा स्थापना दिवस साथै शिक्षक दिवस पालन

SA Desk SA Desk September 5, 2024
सिक्किममा लगातार भुॅंइचालो आइरहेकाले मानिसहरू आतङ्कित
Sikkim Partners with National Institute of Design to Boost Creative Economy
लोकभवनमा शहीद दिवस मनाइयो
Indra Hang welcomes ‘transformative’ Union Budget 2025-26
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?