By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नरबहादुर भण्डारी कलेजमा देवकोटा जयन्ती पालन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > नरबहादुर भण्डारी कलेजमा देवकोटा जयन्ती पालन
Latest NewsSikkim

नरबहादुर भण्डारी कलेजमा देवकोटा जयन्ती पालन

SA Desk
Last updated: November 13, 2024 1:46 pm
SA Desk Published November 12, 2024
Share
SHARE

गान्तोक, १२ नोभेम्बर: “विश्वसाहित्यका सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटाभन्दा ठुलो अर्को नेपाली प्रतिनिधि आजसम्म छैन।” यो उद्‌गार डा टेकबहादुर छेत्रीको हो। उनी आज नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङमा नेपाली विभागद्वारा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती समारोहमा बोल्दै थिए।
पहिलोचोटि कलेजमा आयोजन गरिएको देवकोटा जयन्ती समारोहको सभाध्यक्ष विभागकी सह-प्राध्यापक डा गीता निरौला रहेकी थिइन्। आफ्नो सम्बोधनमा डा निरौलाले प्रत्येक नेपाली साहित्यका विद्यार्थी तथा सर्जक अनि जनमानसले देवकोटाले देखाएको दर्शन अनुसरण गरी र ज्ञानबाट लाभान्वित हुनसके सफलता सम्भाव्य छ भनिन्। उनले देवकोटाले उन्नाइसौँ शताब्दीका प्रायः सबै उत्कृष्ट साहित्यको अध्ययन गरेको उल्लेख पनि गरिन्। देवकोटाका धेरैजसो कृतिहरू नेपाली जीवनको प्रतिच्छाया रहेको र त्यसबाट शिक्षा लिई सुन्दर, सम्पन्न र प्रसन्नचित्तयुक्त समाजको निर्माण गर्न सकिने विचार पनि व्यक्त गरिन्।
विभागाध्यक्ष डा उदय छेत्रीले कार्यक्रममा स्वागत सम्बोधन राख्दै देवकोटाबारे धेरैवटा रोचक प्रसङ्गहरू प्रस्तुत गरे। देवकोटालाई गरिब भनी जुन प्रकारले प्रस्तुत गरिन्थ्यो, वास्तवमा त्यसो नभएर देवकोटा निकै सम्भ्रान्त रहेको पनि उनले बताए। डा छेत्रीले लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका एकजना शीर्षस्थ व्यक्तित्व रहेको र उनको जन्मजयन्ती मनाएर उनलाई श्रद्धा-सुमन जनाउनु सबैको कर्तव्य रहेको भए तापनि तिथिका आधारमा मनाउँदा चाडपर्व पर्नजाने हुँदा बिस्तारै देवकोटा ओझेल पर्ने बुझेर देवकोटाको जन्म मिति १२ नोभेम्बरलाई नै उचित ठानी यो कार्यक्रम गर्ने निर्णय गरेको बताए। यो पहलका निम्ति विशेषगरी डा टेकबहादुर छेत्रीको सक्रियता सराहनीय रहेको बताए। अबउसो बर्सेनी १२ नोभेम्बरलाई देवकोटा जयन्तीका रूपमा पालन गरिने पनि उनले कार्यक्रममा बताए। उनले विद्यार्थीको सक्रिय सहभागिताको मुग्धकण्ठले प्रशंसा गर्दै यसले नेपाली भाषा-साहित्यको उज्ज्वल भविष्य रहेको विचार राखे।
कार्यक्रममा विभागका सहायक प्राध्यापक डा टेकबहादुर छेत्रीले विशेष वार्ता प्रस्तुत गर्दै लक्ष्मीप्रसाद देवकोटालाई विश्वकै एकजना सशक्त साहित्यिक व्यक्तित्वका रूपमा विद्यार्थीहरूमाझमा परिचय गराउने ध्येयका साथ देवकोटाका सृजनाहरूमा विश्वजनीन विषयवस्तु, दर्शन र शिल्पशैली रहेको प्रसङ्ग सोदाहरण प्रस्तुत गरे। नेपाली जाति र हिमाली संस्कृतिका कतिपय विषयहरू लेख्न सकिएको छैन भन्ने देवकोटाको उद्‌गार साझा गर्दै डा छेत्रीले देवकोटाले साहित्यका सबै विधाहरूमा नेपाली जीवन, दर्शन र दृष्टि पनि पस्केको उल्लेख गरे।
नेपाली साहित्याकाशमा अनेकौँ अमूल्य निधिका सृजनाहरू रहे तापनि वैश्विकस्तरमा देवकोटाका सृजना र कृतिहरू प्रतिनिधिका रूपमा धेरै उच्च कोटीका रहेको र यो ‘बाह्यज्ञानार्थं आङ्लं, आत्मज्ञानाय संस्कृतम्’-द्वारा घटित भएको प्रत्यक्ष अनुभव गर्न सकिने बताए।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको रेखाचित्र रहेको फ्रेममा खदा अर्पण गरी प्रारम्भ भएको यस कार्यक्रममा नेपाली विभागका सहायक प्राध्यापक चन्द्रप्रकाश राई, डा शारदा छेत्रीलगायत नेपाली सम्मानका पहिलो, तेस्रो र पाँचौँ सत्रका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। पाँचौँ सत्रकी विद्यार्थी पूजा छेत्रीले धन्यवाद ज्ञापन प्रस्तुत गरेकी थिइन् र कार्यक्रमको सञ्चालन अस्मिता शर्माले गरेको विभागाध्यक्ष डा उदय छेत्रीले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

नयॉं बजार पुलिसद्वारा प्रतिबन्धित लागूऔषधसहित छजना पक्राउ

नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।

अनलाइन ठगीको मामिला बढ्दै

Mangan District Prepares for Khamsel Ceremony at Tholung Gumpa

3-day workshop for Sikkim journalists

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
politicalSikkim

जब-एक्सटेन्शन विरुद्ध सीएपी सिक्किमले ‘पेन्शन नट् पोजिशन’ अभियान थाल्ने

Aaron Rai Aaron Rai April 12, 2025
सीएपी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को महत्वपूर्ण बैठक सम्पन्न
संदिग्ध ब्राउन शुगरसहित तस्कर पक्राउ
Sikkim’s Soreng Crowned ‘Most Promising New Destination’ at TTF Kolkata
पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?