By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उदय पाण्डेको सम्पत्ति दाबी न्यायालयद्वारा खारेज
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Discover > उदय पाण्डेको सम्पत्ति दाबी न्यायालयद्वारा खारेज
DiscoverEducationLatest News

उदय पाण्डेको सम्पत्ति दाबी न्यायालयद्वारा खारेज

Aaron Rai
Last updated: August 1, 2025 1:58 pm
Aaron Rai Published August 1, 2025
Share
SHARE

सिक्किमको भूमि कानूनलाई बलियो समर्थन

पाकिम: पाकिम जिल्ला सिविल न्यायालय (वरिष्ठ श्रेणी) की न्यायाधीश श्रीमती उर्वशी प्रधानले ‘उदयकुमार पाण्डेविरुद्ध विजयकुमार पाण्डे तथा अन्य’ सम्बन्धी २०२४ मा दर्ता गरिएको मुद्दाको फैसला सुनाउँदै वादीको सम्पत्ति सम्बन्धी दाबीलाई पूर्णरूपले खारेज गरिदिएका छन।।

वादी उदयकुमार पाण्डेले स्व. गोपाल पाण्डेका भतिजा भएको दाबी गर्दै रिनाक बजारस्थित दुईतले काठको घर, बगैँचा र जग्गामा बराबरी हिस्सा माग गरी अदालतमा मुद्दा दायर गरेका थिए। उनका अनुसार गोपाल पाण्डेले उक्त सम्पत्ति खरिद गरेका थिए र मृत्युपछि कानुनी उत्तराधिकारीको हैसियतले आफू र प्रतिवादी विजयकुमार पाण्डे दुवैलाई अधिकार प्राप्त हुने तर्क पेश गरिएको थियो।
तर न्यायालयको फैसलाले यस दाबीलाई कानुनीरूपमा अमान्य ठहर गर्‍यो। फैसलामा उल्लेख भएअनुसार सो सम्पत्ति गोपाल पाण्डेलाई खरिद नभई आवास विकास तथा आवास विभाग (यूडीएचडी) द्वारा आवंटन गरिएको थियो। त्यसैले वादीको दाबीको मूल आधार नै कमजोर ठहरियो। साथै वादीले आवंटन स्थायी हो कि अस्थायी भन्ने सम्बन्धमा आवश्यक दस्तावेज अदालतमा पेश गर्न सकेनन्।
फैसलामा उल्लेख गरिएको महत्वपूर्ण कानुनी पक्ष भनेको वादीले आफू सिक्किम सब्जेक्ट नभएको, न त सीओआई वा आवासीय प्रमाणपत्र रहेको कुरा स्वीकार गरेका थिए। यी कागजातको अभावमा उनी अचल सम्पत्तिमा दाबी गर्न अयोग्य छन् भन्ने ठहर अदालतले गर्‍यो।
साथै, सिक्किममा लागू भएको ‘घरजग्गा आवंटन तथा भवन निर्माण (नियमन तथा नियन्त्रण) ऐन, १९८५’ र ‘जमिन स्थानान्तरण नियमन ऐन, २००५’ अन्तर्गत “परिवार” भन्ने परिभाषामा भतिजा समावेश नहुने हुँदा वादीले आफू कानुनी उत्तराधिकारी भएको आधारमा सम्पत्तिमा अधिकार माग्न सक्दैनन् भन्ने फैसलामा उल्लेख गरिएको छ।
न्यायाधीशले स्पष्ट रूपमा भनेकी छन् कि गोपाल पाण्डेलाई आवंटन गरिएको सम्पत्ति अस्थायी भए मृत्युपश्चात स्वतः राज्य सरकारमा फर्किन्छ भने स्थायी भए पनि वादी कानुनी रूपमा अचल सम्पत्ति हस्तान्तरणको हकदार होइनन्।
यस फैसलासँगै वादी र प्रतिवादीबीच गरिएको सम्पत्ति विभाजनसम्बन्धी कागजातलाई समेत अमान्य घोषित गरिएको छ।
न्यायालयको यो निर्णयले सिक्किममा अचल सम्पत्तिको स्वामित्व र हस्तान्तरणसम्बन्धी कानुनहरू कडाइका साथ लागू भइरहेका छन् भन्ने स्पष्ट सन्देश दिएको छ। स्थानीय स्तरमा व्यापक चासोका रूपमा हेरिएको यो मुद्दाले नागरिकताको हैसियत र कानुनी मान्यताको अपरिहार्यता पुनः एक पटक उजागर गरेको छ।

You Might Also Like

एसकेएम पार्टीको कानून प्रकोष्ठको महत्वपूर्ण बैठक सम्पन्न

State Level Teacher’s Day Celebration: CM honour teachers for dedicated service

Neil Tara Academy launches first In-House School Radio Station in Northeast India

मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने

Govt Team Concludes Glacial Lake Hazard Assessment in West Sikkim

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

सिटिजन एक्सन पार्टी, सिक्किमका पूर्व अध्यक्ष एलपी काफ्लेले सीएपी नेतृत्वमाथि आफ्नो मूल सिद्धान्तबाट भट्किएको आरोप लगाएका छन्।

SA Desk SA Desk February 24, 2025
आईपीआर विभागले राज्यत्वको 50 वर्ष खुल्ला फोटो प्रतियोगिता’ आयोजना गर्ने
Sikkim celebrates World Environment Day 2025 with ‘Ek Ped Maa Ke Naam’ theme
एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग
District Administrative Centre Namchi Celebrates 11th International Yoga Day
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?