By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया
    May 14, 2025
    Latest News
    जिल्लापालले गरे रिम्बी राहत शिविरको निरीक्षण, पैह्रो पीडित परिवारलाई चेक वितरण
    September 28, 2026
    CM Attends UDAAN Festival at ATTC Bardang
    September 28, 2026
    रिम्बी पैह्रो प्रभावित परिवारलाई सीएपीको राहत सहयोग
    September 26, 2026
    सिकनलाई प्रतिष्ठित स्कच पुरस्कार, अध्यक्ष राईले सरोकारवालालाई समर्पित गरे
    September 26, 2026
  • Politics
    PoliticsShow More
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
    सीएपीले ‘सिजनल राजनीति’ को सट्टा व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको छ: गणेश राई
    September 25, 2026
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफको पोक्लोक-कामराङमा सांगठनिक सुदृढीकरण सभा सम्पन्न, नयाँ पदाधिकारी चयन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > एसडीएफको पोक्लोक-कामराङमा सांगठनिक सुदृढीकरण सभा सम्पन्न, नयाँ पदाधिकारी चयन
Latest NewsNortheastpolitical

एसडीएफको पोक्लोक-कामराङमा सांगठनिक सुदृढीकरण सभा सम्पन्न, नयाँ पदाधिकारी चयन

Suk Raj Aaron Rai
Last updated: August 10, 2026 4:16 pm
Suk Raj Aaron Rai Published August 10, 2026
Share
SHARE

गान्तोक, 10 अगस्त। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले पोक्लोक-कामराङ क्षेत्रमा सांगठनिक सुदृढीकरण तथा विस्तारसम्बन्धी महत्वपूर्ण सभा नाम्चीस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न गरेको छ। एसडीएफका केन्द्रिय महासचिव ईश्वर प्रसाद राईको अध्यक्षतामा सम्पन्न सभामा क्षेत्रीय संगठनलाई थप सशक्त, प्रभावकारी तथा जनमुखी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, पार्टीको सांगठनिक गतिविधिलाई तल्लो तहसम्म विस्तार गर्ने विषयमा पनि छलफल भएको आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।सभामा विभिन्न पदमा नयाँ पदाधिकारीहरू चयन गरिएको छ। यसअघि नै समष्टिस्तरीय समितिको अध्यक्षमा शरद साई राई चयन भइसकेका थिए। सोमबारको सभाले बीबी सुब्बा र कृष्ण कुमार छेत्रीलाई उपाध्यक्ष, खगेन राईलाई महासचिव, विनोद जोगीलाई युवा प्रभारी तथा जोन राईलाई उपप्रभारी चयन गरेको छ। त्यसैगरी, सल्लाहकार तथा पञ्चायत प्रकोष्ठको जिम्मेवारीका लागि मदन राई, ईश्वर प्रसाद राई र विजय राईलाई चयन गरिएको पार्टीले जनाएको छ।सभालाई सम्बोधन गर्दै जिल्ला कार्यकारी अध्यक्ष रमेश किरातले एसडीएफ पार्टी सिक्किम र सिक्किमे जनताको हितमा काम गर्ने पार्टी रहेको दाबी गरे। उनले सिक्किमको सुरक्षा तथा उन्नतिका लागि एसडीएफ प्रतिबद्ध रहेको बताउँदै जनताले आफ्नो हितमा काम गर्ने राजनीतिक शक्तिलाई समयमै पहिचान गरी छनोट गर्नुपर्नेमा जोड दिए। उनले अन्य राजनीतिक दलहरू सिक्किमे जनताको हितमा नरहेको आरोप लगाउँदै राज्यको भविष्यका लागि जनता सचेत हुनुपर्ने बताए।सभामा उपस्थित जिल्ला नेतृत्वले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै संगठनलाई गाउँ-गाउँसम्म सुदृढ़ बनाउन, जनतासँग निरन्तर सम्पर्क विस्तार गर्न तथा पार्टीका सिद्धान्त, नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन आह्वान गरे।सभाध्यक्ष ईश्वर प्रसाद राईले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।

अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु

Central funds for flood-affected States: Sikkim allocated Rs. 23.60 cr

राष्ट्रिय राजमार्गको बिग्रॅंदो अवस्थाप्रति केन्द्र सरकारको ध्यान आकर्षित गर्न सीएपी र चालक परिषदद्वारा धरना प्रदर्शन

प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी तीव्र, संयुक्त निरीक्षण सम्पन्न

मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsSikkim

Sikkim’s Environmental Quest: 3rd Paryavaran Parva Ends on High Note

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 14, 2025
मुख्यमन्त्री बजेटलाई लिएर आयोजित बैठकमा सहभागी बने, विकास प्राथमिकताहरूमाथि ध्यान आकर्षित गराए
मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि संवेदनशील र जिम्मेवार रिपोर्टिङमा दुई दिवसीय कार्यशाला
President confers Padma Shri on Naren Gurung from Sikkim
10 जना भाजपामा सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?