By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण
EnvironmentNationalSA Nepali

कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण

Aaron Rai
Last updated: May 28, 2025 6:22 pm
Aaron Rai Published May 27, 2025
Share
SHARE

गान्तोक, 27 मई। कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर चौतर्फी विरोध हुन थालेपछि सिक्किम सरकारले आफ्नो स्पष्टीकरण दिएको छ। एकातिर, सरकारले यो आरोहण सिक्किमबाट नभएको स्पष्ट गरेको छ भने अर्कोतिर, कञ्चनजङ्घा आरोहणको निम्ति भारत सरकारले समेत अनुमति नदिएको दाबी गरेको छ। यो कार्य पूर्ण रूपमा नेपालपट्टिबाट भएको स्पष्टीकरण दिइएको छ।
उल्लेखनीय छ, हालैमा कञ्चनजङ्घा पर्वतको आरोहण गरिएको समाचार प्रकाशमा आएपछि सिक्किममा राजनीतिक पार्टीहरू लगायत विभिन्न संघ संस्थाले यसको विरोध गरिरहेको छ। संघ संस्थाहरूले सिक्किम सरकार कञ्चनजङ्घा पर्वतको आरोहण रोक्न विफल बनेको आरोप लगाएका छन्। भविष्यमा कञ्चनजङ्घा पर्वतमा आरोहण हुन नदिन संघ संस्थाहरूले सरकारलाई आवश्यक पाइला चाल्न माग गरेका छन्।
सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री टीटी भोटियाले सिक्किमबाट कञ्चनजङ्घा पर्वतको आरोहण भयो भन्ने आरोप निराधार रहेको स्पष्ट गरेका छन्। उनले आज मिडियाकर्मीहरूसॅंग कुराकानी गर्दै कञ्चनजङ्घा पर्वतको निम्ति सिक्किमबाट कुनै पनि प्रकारको अभियान भएको छैन भनी बताए।
उनले कञ्चनजङ्घा पर्वतलाई सिक्किमको पवित्र हिम शिखरहरूको सूचीमा सूचीबद्ध गरिएको छ भने पवित्र कञ्चनजङ्घा पर्वतको सम्मानमा हरेक वर्ष पाङल्हाब सोल पर्व पनि मनाइन्छ भनी बताए। यस कारण सरकारले यस्तो कार्य भूलेर पनि गर्नेछैन भन्दै उनले अफवाह फैलाउने काम भइरहेको बताए।
मन्त्री भोटियाले कञ्चनजङ्घा पर्वतको आरोहणको खबर प्रकाशमा आउने बित्तिकै मुख्यमन्त्री प्रेमसिंत तामाङले केन्द्रिय गृह मन्त्रालयमा पत्राचार गरेर यो मुद्दा उठाएको जानकारी गराए। मुख्यमन्त्रीले आफ्नो पत्रमा सिक्किमको पवित्र कञ्चनजङ्घा पर्वतमाथि आरोहण हुनु हुॅंदैन भनेर उल्लेख गरेको उनले बताए। उनले केन्द्रिय गृह मन्त्रालयले पनि यस सम्बन्धमा नेपाल सरकारलाई पत्राचार गरेर आरोहणको कुरा उठाएको आफूहरूले थाहा पाएको बताए।
यसैगरी, राज्य वन तथा पर्यावरण विभाग मन्त्री पिन्चो नामग्याल लेप्चाले पहिले पनि अज्ञानतावश सिक्किमका हिम शिखरहरूमा आरोहणको अनुमति प्रदान गरिएको थियो, तर सिक्किम सरकारले तत्काल पत्राचार गरेपछि केन्द्र सरकारले आफ्नो निर्णय फिर्ता लिएको जानकारी गराए।
उनले यसपाली कञ्चनजङ्घा पर्वतको आरोहण पूर्ण रूपमा नेपालपट्टिबाट भएको स्पष्ट गरे। उनले कञ्चनजङ्घा पर्वतको आरोहणको निम्ति सिक्किम सरकारले अनुमति दिने कुनै आउॅंदैन भने भारत सरकारले पनि अनुमति नदिएको दाबी गरे। उनले कञ्चनजङ्घा पर्वत हाम्रो निम्ति पनि उतिकै पवित्र हो भन्दै सरकारले आफ्नो जिम्मावारी पूरा गरिरहेको बताएका छन्।

You Might Also Like

पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने

प्रधानमन्त्री मोदीले सिक्किमलाई सहयोग गर्ने केन्द्रको प्रतिबद्धतालाई दोहोऱ्याए

एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष बिजय प्रधानद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम जारी

प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ

मुख्यमन्त्री प्रेमसिंह तामाङले वरिष्ठ साहित्यकार सानु लामाको निधन गहिरो शोक प्रकट गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EnvironmentSA FeaturesWorld

Leopard captured in Soreng after livestock losses

Aaron Rai Aaron Rai June 17, 2025
न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
सांसद सुब्बाले आङ्गनवाडी केन्द्रहरूको पूर्वाधार सुधारका लागि तत्काल कारबाही गर्न आह्वान गरे
SIBLAC demands White Paper on State’s fiscal health, decisive action on protection Art 371F
एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?