By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    स्ट्रिट फूड प्रकरण: भाजपा महिला मोर्चाद्वारा जिम्मेवार पुलिस कर्मी विरुद्ध कडा कारबाहीको माग
    March 11, 2026
    रानी खोलामा डूबेर नाबालिगको मृत्यु, सिङताम पुलिसद्वारा नदी वरपर नाबालिगहरूलाई लिएर सतर्क रहन अपील
    March 11, 2026
    सीएपी अध्यक्षले पार्टी सिक्किम र सिक्किमेली जनताप्रति सधैं इमानदार रहेको दाबी गरे
    March 9, 2026
    केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए
    March 9, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कनेक्ट टु सीएम अन्तर्गत मुख्यमन्त्री जन संवाद कार्यक्रम सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > कनेक्ट टु सीएम अन्तर्गत मुख्यमन्त्री जन संवाद कार्यक्रम सम्पन्न
InvestmentOpinionSikkim

कनेक्ट टु सीएम अन्तर्गत मुख्यमन्त्री जन संवाद कार्यक्रम सम्पन्न

Aaron Rai
Last updated: March 11, 2026 2:09 pm
Aaron Rai Published March 11, 2026
Share
SHARE

मुख्यमन्त्रीले बीपीएल परिवारहरू र आर्थिक रूपमा विपन्न वर्गहरूलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको कुरा दोहोऱ्याए

गान्तोक, 10 मार्च । मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘कनेक्ट टु सीएम’ पहल अन्तर्गत आज सम्मान भवनमा आयोजित मुख्यमन्त्री जन संवाद कार्यक्रमको अध्यक्षता गरे। आफ्नो किसिमको पहिलो यस पहलको उद्देश्य घरदैलोमा शासन पुर्‍याउनु रहेको बताइएको छ।
सीएमओका अनुसार, यो कार्यक्रम डीईएसएमई (डेस्मी) बीपीएल वर्गका परिवारहरू र आर्थिक रूपमा कमजोर वर्गका अन्य परिवारहरूलाई सहयोग गर्ने कुरामा ध्यान केन्द्रित गर्दै सरकार र नागरिकहरूबीचको प्रत्यक्ष सञ्चारलाई सुदृढ़ पार्ने दिशामा महत्त्वपूर्ण रह्यो।
कार्यक्रम अन्तर्गत खण्ड विकास अधिकारीहरू (बीडीओहरू) र विभिन्न जिल्लाका लाभार्थीहरूसँग अर्थपूर्ण अन्तरक्रियालाई सहज बनाउँदै राज्यभरका ३४ खण्ड प्रशासनिक केन्द्रहरू (बीएसीहरू) भिडियो कन्फरेन्सिङ मार्फत जोडिएका थिए। मुख्यमन्त्रीसॅंग अन्तरक्रियाको क्रममा डेस्मी बीपीएल वर्गका धेरै लाभार्थीहरू, आर्थिक रूपमा कमजोर वर्गका अन्य धेरैले विभिन्न कल्याणकारी पहलहरू अन्तर्गत सहयोग प्राप्त गरे।
यसमा मुख्यमन्त्री चिकित्सा सहायता योजना, मुख्यमन्त्री विवेकाधीन अनुदान, मुख्यमन्त्री स्वरोजगार सहायता योजना, सिक्किम गरीब आवास योजना, भूमिहीनहरूलाई जग्गा आवण्टन, गरिब विद्यार्थीहरूका लागि मुख्यमन्त्री शिक्षा सहायता योजना साथै सरकारी रोजगारीका अवसरहरू समावेश थिए।
मुख्यमन्त्रीले योग्य व्यक्तिहरूसम्म लाभ पुऱ्याउने उद्देश्यका साथ पारदर्शी प्रमाणीकरण प्रक्रिया मार्फत लाभार्थीहरूको छनोट गरिएको जानकारी गराए। लाभार्थीहरूसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्रीले उनीहरूलाई आधिकारिक आदेश र सुविधाहरू एक हप्ताभित्र उनीहरूको सम्बन्धित बीएसीमा पठाइदिने आश्वासन दिए।
उनले सरकार बीपीएल परिवारहरू र आर्थिक रूपमा विपन्न वर्गहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताए। उनले यस पहलको महत्वलाई प्रकाश पार्दै मुख्यमन्त्री जन संवाद जस्ता कार्यक्रमहरू प्रशासनिक अवरोधहरू कम गर्न, जनताको लागि खर्च न्यूनीकरण गर्न र सरकारी सेवाहरूलाई तल्लो तहमा अझ सुलभ बनाउन तयार गरिएको बताए।
मुख्यमन्त्रीले यस्ता कार्यक्रमहरू पारदर्शिता बढाउन, सेवा वितरणलाई सुदृढ़ पार्न र नागरिकहरूलाई सशक्त बनाउन प्रत्येक दुई महिनामा आयोजना गरिने पनि जानकारी गराए। लाभार्थीहरूको लागि थप सुविधा सुनिश्चित गर्न सम्बन्धित बीएसीहरूमा पनि यस्ता लाभहरूको वितरणलाई पनि सहज बनाइने उनले बताए।
सीएमओले जनाए अनुसार, १४ अक्टोबर, २०२५ मा शुरु गरिएको ‘कनेक्ट टु सीएम’ मञ्चले नागरिकहरूलाई गुनासो उठाउन, सहयोग खोज्न र सरकारसँग कुराकानी गर्न प्रत्यक्ष माध्यमको रूपमा काम गर्दछ। समयमै हस्तक्षेप र प्राप्त आवेदनहरूको तुरुन्त प्रतिक्रिया मार्फत यस मञ्चले प्रशासनिक अवरोधहरूका कारण उत्पन्न हुने गुनासोहरूलाई सम्बोधन र समाधान गर्न सक्षम भएको छ।

You Might Also Like

एसकेएम पार्टीको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न

नाबालिगमाथि यौन दुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ

Railways minister gives latest update on Sevoke-Rangpo railway project

Governor and Chief Minister inaugurates QR-Based Entry System at Orchidarium in Swarna Jayanti Maitreya Manjari

Sikkim’s Golden Jubilee Celebrations: Sikkim Milk Union prepares to launch new dairy products

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

State awardee teachers on an exposure tour of Tamil Nadu & Kerala

IPR Report IPR Report January 20, 2025
गरीब जनकल्याण प्रकोष्ठको सक्रियतामा बिरामीहरूलाई उपचारका लागि सिलगढी पठाइयो
सिक्किममा ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ हुने
भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट
सीएपीले सर्जक हेमराज अधिकारीलाई पुरस्कार प्राप्त भएकोमा बधाई दियो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?