नाम्ची, 26 अप्रेल। सिक्किमको तीन दिवसीय आधिकारिक भ्रमणमा रहेका भारत सरकारको केन्द्रिय ऊर्जा तथा आवास एवं शहरी मामिला मन्त्री मनोहर लाल खट्टरले आज नाम्ची जिल्ला अन्तर्गत सिक्किमको एकमात्र जैविक तिमी चिया बगानको भ्रमण गरे। तिमी चिया बगानमा केन्द्रिय मन्त्रीलाई नाम्चीका एसडीएम शरण कालिकोटे, तिमी चिया बगानका सहायक प्रबन्धक प्रतीक गौतम तथा जिल्लाका अन्य अधिकारीहरूले स्वागत गरे।

भ्रमणको क्रममा केन्द्रिय मन्त्री खट्टरले चिया कारखानाको भ्रमण गरे। उनलाई चिया उत्पादन प्रक्रियाका विभिन्न चरणहरू, जसमा सुकाउने, अक्सिडेशन, ग्रेडिङ र अन्य आवश्यक प्रक्रियाहरूको बारेमा जानकारी गराइयो। साथै, अन्तरराष्ट्रिय बजारमा तिमी चियाको माग र आपूर्ति श्रृंखलाको बारेमा पनि केन्द्रिय मन्त्रीलाई जानकारी गराइयो।
तिमी चिया बगानका सहायक प्रबन्धकले तिमी चियाको उच्च गुणस्तरमाथि प्रकाश पारे, जुन पूर्ण रूपमा जैविक मल प्रयोग गरेर तयार गरिन्छ।

केन्द्रिय मन्त्रीले तिमी चियाका नमूनाहरूको पनि मूल्याङ्कन गर्दै यसका समृद्ध स्वादको प्रशंसा व्यक्त गरे। उनले जैविक खेती र उत्कृष्टताप्रति चिया कमानको समर्पणको प्रशंसा गरे।
भ्रमण अवधि केन्द्रिय मन्त्रीको साथमा ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल, केन्द्रिय मन्त्रीका सचिव श्री विजय दत्ता, केन्द्रीय मन्त्रीका सहायक सचिव नवीन कौशिक र सिक्किम सरकारका अधिकारीहरू पनि उपस्थित थिए।
