By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: दिवाकर प्रधानकृत यसरी बुझ्दा लोकार्पित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > दिवाकर प्रधानकृत यसरी बुझ्दा लोकार्पित
Art & LiteratureSA NepaliSikkim

दिवाकर प्रधानकृत यसरी बुझ्दा लोकार्पित

Aaron Rai
Last updated: July 6, 2025 4:44 pm
Aaron Rai Published July 5, 2025
Share
SHARE

गान्तोक, ५ जुलाई (निस)

गान्तोकको जनपक्ष प्रकाशनद्वारा प्रकाशित प्रोफेसर डा दिवाकर प्रधानको अनुसन्धानात्मक र चिन्तनमूलक निबन्धात्मक लेख सङ्ग्रह ‘यसरी बुझ्दा‘ आज तादोङस्थित होटल डेज इनमा भव्य समारोह‌पूर्वक सार्वजनिक भयो।

साहित्यकार राज के श्रेष्ठको अध्यक्षतामा भएको उक्त समारोहमा भाषाविद् डा गोकुल सिन्हा प्रमुख अतिथि रहेका थिए ।
लेखककी अर्धाङ्गिनी दिवङ्गत निर्मला प्रधानको चौथो पुण्यतिथिको स्मरणमा आयोजित समारोहमा दिवङ्गताको छायाछविमा पुष्पाञ्जलि गरी कार्यक्रमको थालनी भयो।


समारोह‌मा ग्रन्थका भूमिकाकार तथा सिक्किम विश्वविद्यालयका प्राध्यापक डा बलराम पाण्डे र नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङका डा टेकबहादुर छेत्रीले ग्रन्थको विशेषता, महत्त्व र उपयोगिताबारे प्रकाश पारे । डा पाण्डेले स्थापित र जनजातीय धर्मसंस्कृतिबारे लेखिएको निबन्धहरूले गोर्खा जातिको मौलिकता विमर्शन गरिएको हुनाले प्रत्येक नागरिकको घरमा यो पुस्तक पुग्नुपर्ने हो भनी अनुनय गरे। डा छेत्रीले सूचना र संज्ञान प्रसारित गर्नमा यस पुस्तकले महत् भूमिका निर्वाह गरेको बोध गराउँदै मनाएर मक्ख पर्नु मात्र नभई लेखेर लब्ध पनि हुनुपर्ने अनि जनाएर जण्ड हुनुपर्ने चेतना भरिदिए।
लेखक श्री दिवाकर प्रधानले सनातन संस्कृतिले चिनाएको विश्व बुझ्न आफू यो व्यसम्म व्यस्त रहेको बताए। प्रस्तुत पुस्तक जिज्ञासु विद्यार्थीहरुको संसर्ग र समयोचित प्रश्नहरूको उत्तर खोज्ने, पर्गेल्ने र त्यसलाई बुझ्ने अकिञ्चन प्रयास हो भने। यस पुस्तकले सबैको प्रश्नलाई शमन गर्न नसके पनि सूचना प्रदान गर्ने प्रचेष्टा रहेको बताए।


प्रमुख अतिथिको सम्बोधनका क्रममा डा गोकुल सिन्हाले संस्कृतिका विविध पाटा रहेका र त्यसको एउटा पाटो चिनाउने लेखकको सत्प्रयास सराह‌नीय रहेको मन्तव्य राखे । हामीले बुझिल्याएका कुरालाई अझ परिष्कृत रूपमा पुस्तक प्रकाशित भई आउँदा नयाँ पिँढीलाई धेरै लाभ हुने श्री सिन्हाले बताए।
सभाध्यक्षको सम्बोधनमा श्री राज के श्रेष्ठले हाम्रो अहोभाग्यले प्रोफेसर दिवाकर प्रधानजस्ता विद्वान्‌को संसर्ग पाएका छौँ। आगामी दिनमा उनीबाट पथप्रद‌र्शक ग्रन्थहरू सृजित हुने अपेक्षा राख्दै समारोह‌को भव्यता वर्णन गरे।

समारोहलाई कवि प्रवीण खालिङ, श्री परशु ढकाल, सुश्री रञ्जना कार्कीका कविताले दिव्यता प्रदान गर्‍यो।

उपस्थित गन्यमान्यहरूमा श्री रुद्र पौड्‌याल, श्री के एन शर्मा, श्री हरि ढुङ्‌गेल, श्री पङ्‌कज थापा, श्री भीम ठटाल, श्रीमती अनिता निरौला, श्रीमती डा गीता निरौला, डा उदय छेत्री, श्रीमती सुधा एम राई, श्री प्रवीण राई ‘जुमेली’, श्रीमती प्रिमुला भण्डारीको रहेका थिए । अन्यमा वरिष्ठ साहित्यकार, संस्कृति-चिन्तक, समाजसेवी, शोधार्थी, विद्यार्थी सञ्चार माध्यमका सदस्यहरू रहेका थिए ।
जनपक्ष प्रकाशनका अधिपति श्री पुण्यप्रस्ताद शर्मा र श्रीमती गीताश्री शर्मा अनि श्रीमती मणिका शर्माको सक्रियतामा यो सार्वजनिकीकरण समारोह सम्पन्न भयो।

You Might Also Like

अन्तरराष्ट्रिय सहकारी वर्षको सबै सहकारी संस्था र सहकारी नेतृत्वहरुलाई शुभकामना

भाजपा सिक्किमले केन्द्रिय जल शक्ति मन्त्रीलाई गान्तोकमा जल संकटको अवस्थाबारे जानकारी गरायो

मुख्यमन्त्रीले ‘च्याखुङ रन सिक्किम’ लाई अन्तरराष्ट्रिय स्तरमा आयोजना गर्ने घोषणा गरे

Sang-Rabdang SDM office inaugurated by CM

कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
ElectronicsInvestmentMarketingNationalStartup

Sikkim’s terrain calls for new telecom model, urges Lok Sabha MP to Centre

Aaron Rai Aaron Rai July 26, 2025
भानु यन्तीलाई हामीले जातीय पर्वको रूपमा पालन गर्दै आएका छौं: पवन चामलिङ
सांसद सुब्बाले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको हस्तक्षेपको माग गरे
ओएफओजे र एड्हक कर्मचारीहरूका लागि एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजित
राज्यपालले रणभूमि भारत दर्शन अन्तर्गत चो ला प्रेरणा स्थलको उद्घाटन गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?