गान्तोक, 22 मई। देशका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी 29 मईका दिन सिक्किम भ्रमणमा आउने निश्चित भएको छ। प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई लिएर तयारी तीव्र गतिमा चलिरहेको छ। यस क्रममा आज राज्यका मुख्य प्रशासक एवं क्याबिनेट सचिव बीवी पाठक र मुख्य सचिव आर. तेलाङको अध्यक्षतामा एक समीक्षा बैठक आयोजन गरियो।
टाशीलिङ सचिवालयको सम्मेलन हलमा आयोजित बैठकमा विभिन्न विभागका प्रमुखहरू र वरिष्ठ अधिकारीहरू सहभागी बने। बैठकमा प्रधानमन्त्रीको भ्रमणलाई लिएर अन्तिम तयारीको समीक्षा गरियो। चर्चाको क्रममा विद्युत आपूर्ति, मिडिया कभरेज, रसद र सुरक्षा व्यवस्थामाथि विशेष ध्यान केन्द्रित गरिएको बताइएको छ।

Leave a comment