By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    Lok Sabha MP Chairs Entry Point Level Meeting under SAGY at Phensong GPU
    May 7, 2025
    Latest News
    प्रो लामाको ‘चौथो मार्ग’ प्रस्तावबारे सीएपीले बिहिबार ‘पिपल्स र्‍याली’ आयोजना गर्ने
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    प्रथम राज्यपाल आर्चरी स्वर्ण कप २०२६ सम्पन्न, ग्रीन तारा च्याम्पियन
    September 29, 2026
    रिम्बीका लागि टीएनए पूर्वविद्यार्थी संघद्वारा २,२२,२२२ रुपियाँ सहयोग
    September 29, 2026
  • Politics
    PoliticsShow More
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले जनतालाई विकास र प्रगतिका लागि एकजुट भएर काम गर्न आह्वान गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > मुख्यमन्त्रीले जनतालाई विकास र प्रगतिका लागि एकजुट भएर काम गर्न आह्वान गरे
InsiderOpinionPolitician

मुख्यमन्त्रीले जनतालाई विकास र प्रगतिका लागि एकजुट भएर काम गर्न आह्वान गरे

Suk Raj Aaron Rai
Last updated: September 30, 2026 2:55 pm
Suk Raj Aaron Rai Published September 30, 2026
Share
SHARE


सोरेङ, 30 सेप्टेम्बर। मुख्यमन्त्री पीएस तामाङले बुधवार रेशी सरकारी माध्यमिक विद्यालयको खेल मैदानमा ज्ञानोदय संस्थानद्वारा आयोजित 157औँ गान्धी जयन्तीको पूर्व-समारोहमा सहभागिता जनाएका छन्। मुख्यमन्त्रीको आगमनमा उनलाई दोस्रो आईआरबीएन, पिपलेद्वारा गार्ड अफ् अनर दिइयो।
सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले उक्त निर्वाचन क्षेत्रमा आफ्नो विगतको कार्य-अनुभवबारे चर्चा गर्नुका साथै वर्षौँदेखि जनताबाट प्राप्त सहयोग र सद्भावको स्मरण गरे। उनले प्रत्येक निर्वाचन क्षेत्रको भ्रमण गर्ने र जनतासँग प्रत्यक्ष संवाद गर्ने कार्यलाई पुनः निरन्तरता दिने साथै यस्ता अन्तरक्रियाहरूले स्थानीय सरोकार र आकाङ्क्षाहरू बुझ्ने अवसर प्रदान गर्ने उल्लेख गरे।
मुख्यमन्त्रीले रिञ्चेनपोङका पूर्व विधायक केएस लेप्चाले पुर्‍याएको सहयोगको कदर र प्रशंसा गर्दै रिञ्चेनपोङका वर्तमान विधायक इरूङ तेञ्जिङ लेप्चाको प्रयासको पनि सराहना गरे। उनले उक्त निर्वाचन क्षेत्रका जनतालाई विकास र प्रगतिका लागि एकजुट भएर काम गर्न आह्वान गरे।
मुख्यमन्त्रीले राज्य सरकारका विभिन्न कल्याणकारी योजना विशेषगरी आमा योजनामाथि प्रकाश पारे। उनले हाल 32 वटै निर्वाचन क्षेत्रका आमाहरू यस योजनामा समेटिएको र लाभग्राहीहरूले आर्थिक सहयोग प्राप्त गरिरहेको जानकारी दिँदै आगामी वर्षहरूमा यस पहललाई अझ विस्तार गरिने बताए। उनले सिक्किम गरीब आवास योजनाअन्तर्गत प्राप्त हुने लाभहरूको पनि चर्चा गरे र सरकारी योजनाहरू वास्तविक रूपमा योग्य तथा खाँचोमा परेका व्यक्तिहरूसम्म पुगेको सुनिश्चित गर्न लाभग्राहीहरूको उचित प्रमाणीकरण र पहिचानको आवश्यकतामा जोड़ दिए।
निर्वाचन क्षेत्रको प्रगतिको सन्दर्भमा बोल्दै मुख्यमन्त्रीले उक्त क्षेत्रबाट एमबीबीएस अध्ययन गरिरहेका र आर्थिक सहयोग प्राप्त गरेका विद्यार्थीहरूको बढ्दो सङ्ख्या तथा विभिन्न आधिकारिक पदहरूमा कार्यरत् यस क्षेत्रका व्यक्तिहरूको उल्लेख गरे। उनले तीमध्ये धेरै विद्यार्थी सरकारी विद्यालयका पूर्व विद्यार्थी रहेको बताउँदै उनीहरूको उपलब्धिलाई सरकारी शिक्षामा भइरहेको निरन्तर सुधारको सङ्केतका रूपमा वर्णन गरे।
मुख्यमन्त्रीले रिक्त पदहरूको विज्ञापनमार्फत नियमित रूपमा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने सरकारको प्रयासमाथि पनि प्रकाश पारे। निर्वाचन क्षेत्रका उपलब्धिहरूको कदर गर्दै उनले नेपाल पोएट आइडलमा सोनाम डोङको सहभागिता र सिक्किमको प्रतिनिधित्वको पनि चर्चा गरे।
मुख्यमन्त्रीले कृषिमा आधारित गतिविधिहरूलाई प्रवर्द्धन गर्न स्थानीय बासिन्दाहरूले गरेको प्रयासको प्रशंसा गरे। उनले यस क्षेत्रमा सञ्चालित विभिन्न पूर्वाधार परियोजना (जुन सम्पन्न हुने चरणमा रहेका र प्रक्रियामा रहेका योजनाहरू समावेश छन्) बारे पनि जानकारी दिए। उनले जिल्लामा धेरै सड़कको निर्माणका लागि बजेट विनियोजन भइसकेको र सम्बन्धित अधिकारीहरूलाई बर्खायामपछि ती कार्यहरू तीव्र गतिमा अघि बढ़ाउन निर्देशन दिए।
पूर्वाधार र सम्पर्क सञ्जालका विषयमा मुख्यमन्त्रीले रोकिएका सड़क निर्माण कार्यहरू पूर्ण रूपमा सम्पन्न गरिने आश्वासन दिए। उनले बढ्दो सवारी चाप र पार्किङको समस्यालाई मध्यनजर गर्दै वन कार्यालयलाई सोरेङस्थित पुरानो बीएसी कार्यालयमा सारिने र हालको स्थानलाई पार्किङ प्लाजा निर्माणका लागि प्रयोग गरिने जानकारी दिए। मुख्यमन्त्रीले रिञ्चेनपोङमा पनि एक व्यवस्थित पार्किङ सुविधा विकास गरिने बताए।
मुख्यमन्त्रीले उपस्थित जनसमुदायलाई पूर्वाधार र अन्य अत्यावश्यक सुविधाहरूसँग सम्बन्धित मागहरू सम्बोधन गरिने आश्वासन दिए। उनले सरकारी योजना र पहलहरूबारे जानकारी फैलाउन ‘रिल्स’ र डिजिटल सामग्री निर्माण गर्ने सिर्जनाकर्ताहरूलाई वार्षिक रूपमा आर्थिक सहयोग उपलब्ध गराइने घोषणा पनि गरे।

सोरेङ जिल्ला पुलिस डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गर्न सफल, आरोपी पक्राउ

मुख्यमन्त्री तामाङले दिव्याङ तानिशको उपचार र सहयोगमा पूर्ण सहयोगको आश्वासन दिए

Nepal Returns to Calm After Protests, Sushila Karki Sworn In as Interim PM

Review Meeting of Sikkim INSPIRES chaired by CM

जनतालाई विश्वासिलो, जिम्मेवार र वैकल्पिक राजनीतिक शक्ति प्रदान गर्ने पार्टीको लक्ष्य: सीएपी

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureLatest NewsSA NepaliWorld

मुख्यमन्त्रीले धरोहर संरक्षक पुरस्कार गठन गर्ने घोषणा गरे, महत्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 13, 2025
Sikkim Paryavaran Parva commences in Gangtok District
राज्यपालले भने, सिक्किमजस्तो बहुभाषिक र बहुसांस्कृतिक राज्यमा हिन्दी संवादको पुल हो
एसडीएफको भाजपालाई दोहोरो नीति छाडेर आफ्नो स्पष्ट अ​डान र नीति लिएर अघि आउन अनुरोध
CM attends Constituency Level Celebration of Gyalbu Losar 2025
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?