By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी
    June 11, 2025
    Latest News
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले पेमा छोलिङ गुम्बाको उद्घाटन गरे, विकास र सांस्कृतिक सम्पदा संरक्षणप्रति पुनः प्रतिबद्धता दोहोर्याए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > मुख्यमन्त्रीले पेमा छोलिङ गुम्बाको उद्घाटन गरे, विकास र सांस्कृतिक सम्पदा संरक्षणप्रति पुनः प्रतिबद्धता दोहोर्याए
Latest NewsreligionSikkim

मुख्यमन्त्रीले पेमा छोलिङ गुम्बाको उद्घाटन गरे, विकास र सांस्कृतिक सम्पदा संरक्षणप्रति पुनः प्रतिबद्धता दोहोर्याए

Suk Raj Aaron Rai
Last updated: July 24, 2026 4:31 pm
Suk Raj Aaron Rai Published July 24, 2026
Share
SHARE

नाम्ची, 24 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नाम्चीको सालघारी अन्तर्गत अप्पर डोरोपस्थित नवनिर्मित पेमा छोलिङ गुम्बाको उद्घाटन गरे। कार्यक्रममा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, शहरी विकास विभागका मन्त्री भोजराज राई तथा भवन तथा आवास विभागका मन्त्री भीमहाङ लिम्बूको उपस्थित थिए।गुम्बा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले गुम्बा व्यवस्थापन समिति तथा सालघारीवासीलाई गुम्बा निर्माण सम्पन्न भएकोमा बधाई दिए। सालघारीबाट नै आफूले मुख्यमन्त्रीको यात्राको शुरुवात गरेको स्मरण गर्दै उनले यस क्षेत्रका जनताको हितका लागि आगामी दिनमा पनि विकासका कार्यक्रमहरूलाई प्राथमिकता दिइने बताए।राज्य सरकारले धार्मिक संस्थाहरूको निर्माणसँगै सिक्किमभरि विकासका अन्य योजनाहरूलाई पनि निरन्तर सहयोग गर्ने उनले प्रतिबद्धता दोहोर्याए। पूर्वाधार विकासबारे जानकारी दिँदै उनले असाङथाङ-चिसोपानी सडक परियोजनालाई स्वीकृति प्रदान गरिएको, नाम्ची बजारका लागि तीनवटा फ्लाइओभर निर्माणको स्वीकृति दिइएको तथा सार्वजनिक कार्यक्रम सञ्चालनका लागि नाम्चीमा ठूलो सार्वजनिक पार्क निर्माण गरिने घोषणा गरे।मुख्यमन्त्रीले गुम्बा सम्पूर्ण समाजको साझा आस्थाको केन्द्र रहेको उल्लेख गर्दै सबैलाई एकता, पारस्परिक सम्मान र साम्प्रदायिक सद्भाव कायम राख्न आग्रह गरे। सिक्किमको सबैभन्दा ठूलो शक्ति शान्तिपूर्ण सहअस्तित्व रहेको बताउँदै उनले विभिन्न समुदायहरूले आफ्नो परम्परा र सांस्कृतिक सम्पदालाई संरक्षण तथा प्रवर्द्धन गरिरहेको उल्लेख गरे। साथै राज्य सरकारले सिक्किमको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे।मुख्यमन्त्री नोभेम्बरअघि पोक्लोक-कामराङसहित विभिन्न निर्वाचन क्षेत्रको भ्रमण गरी जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको गुनासो सुन्ने जानकारी दिए। शिक्षा र स्वास्थ्य क्षेत्रबारे बोल्दै उनले मुख्यमन्त्री शिक्षा सहायता योजना अन्तर्गत सिक्किमका ११० जना विद्यार्थीलाई हेलेन लेप्चा मेडिकल कलेजमा निःशुल्क चिकित्सा शिक्षा प्रदान गरिने घोषणा गरे। साथै देशका प्रतिष्ठित अस्पतालहरूमा विशेष उपचार आवश्यक पर्ने बिरामीहरूलाई राज्य सरकारले सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्याए।उनले आगामी १० अगस्तमा नाम्चीस्थित भाइचुङ स्टेडियममा करिब १,००० लाभग्राहीका लागि आमा योजना कार्यक्रम आयोजना गरिने जानकारी दिँदै सबै लाभग्राहीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरे। साथै यस वर्ष राज्यभरिका २०० भन्दा बढी स्वयं सहायता समूहलाई आर्थिक सहयोग उपलब्ध गराइने र आगामी वर्षहरूमा यो सङ्ख्या अझ बढाइने जानकारी दिए।रोजगारीसम्बन्धी सुधारबारे बोल्दै मुख्यमन्त्रीले अबदेखि सरकारी सेवामा पुनर्नियुक्तिको सुविधा समूह ‘सी’ र समूह ‘डी’ का कर्मचारीहरूमा मात्र सीमित गरिने बताए। स्थानीयवासीलाई सम्बोधन गर्दै उनले पेमा छोलिङ गुम्बालाई प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न आग्रह गरे। सडक विस्तार तथा यातायात पहुँचमा सुधार भएपछि स्थानीय जनताका लागि नयाँ आर्थिक अवसर सिर्जना हुने विश्वास पनि व्यक्त गरे।उनले राज्यको आर्थिक अवस्थाबारे जानकारी दिँदै आर्थिक वर्ष २०२६-२७ को बजेट अनुमान १८ हजार ४५५ करोड रुपियाँ पुगेको, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ हजार २४५ करोड रूपियाँ अधिक रहेको बताए।

Sikkim Police Celebrates 50 Glorious Years of Statehood at 3rd IRBn, Manglay

मुख्यमन्त्रीले परमपावन दलाई लामालाई ग्र्यामी अवार्ड प्राप्त भएकोमा बधाई दिए

एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण

211th Bhanu Jayanti Celebration: First Round of Literature Competition Commences at Soreng

Lok Sabha MP attends Centenary Celebration of Dentam Senior Secondary School

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Wildlife Week celebration concludes with co-existence theme

IPR Report IPR Report October 8, 2024
Governor’s Gold Cup: NE United in Final
मन्त्री एनबी दाहाल मातृ शोकमा, मुख्यमन्त्रीद्वारा दुख प्रकट
सोनाम पाल्जर तामाङले जिते ‘मेरो कविता’ को उपाधि, मुख्यमन्त्रीले दिए बधाई
Girl Achievers honoured in Pakyong District under BBBP initiative
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?