गान्तोक, 04 जून। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मंगन जिल्लामा उत्पन्न गम्भीर परिस्थितिको मूल्याङ्कन गर्न मुख्य सचिव लगायत योजना तथा भूमि एवं राजस्व विभागका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय आपतकालीन बैठकको अध्यक्षता गरे।
मुख्यमन्त्रीले जीवन र जीविकोपार्जनमा परेको प्रभावप्रति गहिरो चिन्तित व्यक्त गर्दै एनडीआरएफ, एसडीआरएफ, बीआरओ, टास र अन्य सबै सम्बन्धित निकायहरूसँग नजिकको समन्वयमा उद्धार र राहत कार्यलाई तुरुन्तै तीव्र पार्न निर्देशन दिए। उनले खॉंचोमा परेकाहरूलाई अविलम्ब सहयोग पुर्याउन हरसम्भव प्रयास भइरहेको बताएका छन्।
मुख्यमन्त्रीले संकटको यस घडीमा सबै बासिन्दा र पर्यटकहरूलाई शान्त रहन र नडराउन हार्दिक अपील गरेका छन्। यस प्राकृतिक प्रकोपबाट उत्पन्न विशाल चुनौतीहरूको बावजुद पनि संकट व्यवस्थापन गर्न तथा सबैलाई सुरक्षा र सहयोग प्रदान गर्न सरकारले हर सम्भव प्रयास गरिरहेको उनले जनतालाई आश्वासन दिएका छन्।
मुख्यमन्त्रीले सरकार मंगनका जनतासँग ऐक्यबद्धतामा उभिएको छ भन्दै सबैलाई एकजुट बन्न तथा उद्धार टोली र स्थानीय अधिकारीहरूलाई पूर्ण सहयोग गर्न आग्रह पनि गरेका छन्।

Leave a comment