By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    CM Golay attends NDA Meeting in New Delhi
    May 25, 2025
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘मेरो रुख मेरो सन्तति’ पहल देशका अन्य राज्यहरूको लागि उदाहरण: राज्यपाल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > ‘मेरो रुख मेरो सन्तति’ पहल देशका अन्य राज्यहरूको लागि उदाहरण: राज्यपाल
Uncategorized

‘मेरो रुख मेरो सन्तति’ पहल देशका अन्य राज्यहरूको लागि उदाहरण: राज्यपाल

SA Desk
Last updated: March 13, 2025 4:59 am
SA Desk Published March 12, 2025
Share
SHARE

पाकिम, 12 मार्च। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर आज पाकिममा परियोजना आगाजप्लस अन्तर्गत सरसफाई र स्वच्छतामा उत्कृष्ट अभ्यासहरूलाई मान्यता दिन आयोजित शुलभ अल्केम पुरस्कार 2024 समारोहमा सहभागी बने। कार्यक्रमको आयोजना शुलभ स्यानिटेशन क्लब र अल्केम फाउन्डेशनद्वारा सिक्किम सरकारको शिक्षा विभागसँगको सहकार्यमा गरिएको थियो।

कार्यक्रममा कृषि, बागवानी, पशुपालन र पशु चिकित्सा सेवा विभाग मन्त्री पुरण कुमार गुरुङ, जिल्ला उपाध्याक्ष प्रभा प्रधान, जिल्लापाल रोहन अगावाने, पुलिस अधीक्षक धनमाया सुब्बा, एडीसी (विकास) रबिन सेवा, शिक्षा विभागका सीईओ नारायण मिश्रा लगायत शुलभ इन्टरनेशनलका चेयरमेन डा. प्रेम कुमार र अल्केम फाउन्डेशनका प्रतिनिधिहरू उपस्थित थिए।
कार्यक्रमको क्रममा राज्यपालले एयरपोर्ट अथोरिटी अफ् इण्डियाको सीएसआर पहल अन्तर्गत नवनिर्मित एकीकृत बहुउद्देश्यीय सामुदायिक हलको उद्घाटन गरे। राज्यपालले आफ्नो सम्बोधनमा स्वच्छता र सरसफाईको महत्त्वमाथि प्रकाश पार्दै शुलभ स्यानिटेशन क्लब र अल्केम फाउन्डेशनले शिक्षा क्षेत्रमा परियोजना आगाजप्लस शुरु गर्ने प्रयासको प्रशंसा गरे। उनले यस्ता पहलहरूले विद्यार्थीहरूमा स्वच्छता र सरसफाईको भावना जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने र यसले अन्ततः स्वस्थ जीवनतर्फ डोऱ्याउने बताए।
उनले विद्यालयहरूमा बालिकाहरूको चेन्जिङ रुमको नवीनीकरणको पनि प्रशंसा गर्दै महिला विद्यार्थीहरूको लागि यसको महत्त्वबारे बताए। उनले सरोकारवालाहरूलाई दीर्घकालीन प्रभावको लागि यस्ता पहलहरूलाई समर्थन गर्न आग्रह गरे। राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरु गरिएको स्वच्छ भारत अभियानको सराहना गर्दै यसले समाजमा सरसफाई र स्वच्छता जागरूकतामा उल्लेखनीय रूपमा परिवर्तन गरेको बताए।
उनले सिक्किम प्लास्टिक प्रतिबन्ध गर्ने पहिलो राज्य रहेको र यस पहलले स्वच्छ भारत अभियानमा थप योगदान पुर्‍याएको आफ्नो सम्बोधनमा बताए। यसैगरी, उनले राज्य सरकारको ‘मेरो रुख मेरो सन्तति’ पहलको पनि प्रशंसा गरे, जुन अन्य राज्यहरूको लागि उदाहरण स्थापित गर्ने हरित पहल रहेको बताए।
कार्यक्रममा उत्कृष्ट विद्यालयहरूलाई शुलभ अल्केम पुरस्कार 2024 द्वारा सम्मानित गरिएको थियो।

सरकारले तिमी-तार्कुमा विश्वस्तरीय स्थायी क्याम्पस निर्माण गरिरहेको छ: मुख्यमन्त्री

सचिव राईले पीडीएस खाद्यान्नको अग्रिम भण्डारण सुनिश्चित गर्न मंगन जिल्लाको भ्रमण गरे

State-Level Namprikdang Namsoong Festival 2024-25 concludes

चिनियाँ मूलकी दुई अमेरिकी नागरिक अवैध तरिकाले सिक्किम प्रवेश

‘सिक्किम आइडल सिजन 2’ को अनलाइन स्क्रीनिङ 2 अप्रेलदेखि शुरू हुने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureEducationSikkim

रैथाने भाषाहरूका लागि शिक्षण मोड्युल तयारीसम्बन्धी तीन दिने कार्यशाला सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 26, 2025
सीएपीले सर्जक हेमराज अधिकारीलाई पुरस्कार प्राप्त भएकोमा बधाई दियो
‘गोल्डन पेगोडा म्याराथन 2025’ मा भाग लिन सिक्किमका धावकहरू पुगे अरुणाचल प्रदेश
Lok Sabha MP urges BRO chief for expeditious restoration of North Sikkim roads
आईटीएसले मङ्गसारीमा चलिरहेको मङ्गरजुङ्ग परियोजनाको विकासको समीक्षा गर्न स्थलगत भ्रमण गर्‍यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?