गान्तोक, 30 मई। राज्यपाल ओम प्रकाश माथुरले आज मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा राजभवनमा निर्मित महात्मा बुद्धको प्रतिमा अनावरण गरे। सिक्किम राज्य स्थापनाको 50औं वर्षागाँठ र पवित्र सागा दावा महिनाको चौथो दिनलाई ध्यानमा राख्दै महात्मा बुद्धको प्रतिमाको अनावरण गरिएको हो।
राजभवनमा स्थापित यो मूर्ति आध्यात्मिक शान्तिको प्रतिक मात्र नभएर सिक्किमको सांस्कृतिक र ऐतिहासिक गौरवलाई पनि प्रतिबिम्बित गर्दछ। समारोहको शुरुवात डोडरूल छोर्तेन गुम्पाका रिम्पोछे टुल्कु थोकमेद येशे दोर्जीद्वारा पवित्र राबने प्रार्थनाद्वारा गरियो। कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, मन्त्री सोनाम लामा, विधायक दिले नामग्याल बरफुङफा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो

Leave a comment