By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यस्तरीय सम्पूर्णता अभियान सम्मान समारोह सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > राज्यस्तरीय सम्पूर्णता अभियान सम्मान समारोह सम्पन्न
BrandingBusinessInvestmentLatest NewsMarketingSA NepaliSikkim

राज्यस्तरीय सम्पूर्णता अभियान सम्मान समारोह सम्पन्न

Aaron Rai
Last updated: August 1, 2025 3:23 pm
Aaron Rai Published August 1, 2025
Share
SHARE


गान्तोक, 01 अगस्त। राजधानीको चिन्तन भवनमा आज नीति आयोग आकांक्षी जिल्ला र आकांक्षी ब्लक कार्यक्रम अन्तर्गत राज्यस्तरीय सम्पूर्णता अभियान सम्मान समारोह आयोजन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए।
उक्त कार्यक्रम नीति आयोगद्वारा 4 जुलाई, 2024 मा शुरु गरिएको राष्ट्रव्यापी सम्पूर्णता अभियानको समापनको प्रतीक थियो। सिक्किममा सम्पूर्णता अभियान आकांक्षी जिल्ला सोरेङ र तीनवटा आकांक्षी ब्लक नाम्ची जिल्लाको नाम्ची ब्लक, सोरेङ जिल्लाको चुम्बुङ ब्लक र गेजिङ जिल्लाको चोङराङ ब्लकमा कार्यान्वयन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले एउटा आकांक्षी जिल्लाभन्दा अगाडि हेर्नुपर्ने र राज्यका सबै छ जिल्लाहरूले प्रमुख कार्यसम्पादन सूचकहरू (केपीआई) मा सन्तृप्ति हासिल गर्न सक्रिय रूपमा प्रयास गर्नुपर्ने कुरा सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिए। केन्द्र सरकारले आकांक्षी जिल्ला तथा ब्लक कार्यक्रम अन्तर्गत कार्यसम्पादन, स्पष्ट लक्ष्य र समयसीमा निर्धारण गरी रकम बाँडफाँड गर्छ भन्दै उनले यी सन्तृप्ति लक्ष्यहरू हासिल गर्न नसकेको खण्डमा कोष फिर्ता हुन सक्ने सजग गराए। यस कारण तृणमूल स्तरमा लक्षित कार्यान्वयन महत्वपूर्ण रहेको उनले बताए।
मुख्यमन्त्रीले टीम वर्कद्वारा सन्तृप्ति हासिल गर्न सकिने जनाए जुन अग्रपंक्तिका कर्मचारीहरूको प्रतिबद्धता र सम्बद्ध विभागहरूको संयुक्त प्रयासमा निर्भर गर्दछ भनी बताए। उनले सिक्किममा पर्याप्त जनशक्ति रहेको तथा समयमै र सफल कार्यान्वयन प्रभावकारी जनशक्ति व्यवस्थापनमा निर्भर गर्दछ भनी औंल्याए। सोरेङ मात्र आकांक्षी जिल्ला हो भनेर अन्य जिल्लाहरू सन्तुष्ट हुनु नहुने बताउॅंदै उनले सबै जिल्लाहरूबीच स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरे। उनले प्रत्येक जिल्लाले थप प्रयासहरू गरेर आफ्ना समस्याहरूलाई सम्बोधन गर्दै समग्र प्रगतिको लागि प्रयास गर्नुपर्छ भनी बताए।
मुख्यमन्त्रीले विकासको बद्लिॅंदो आवश्यकताहरूबीच प्रत्यक्ष प्रगतिको लागि व्यवस्थित मार्गचित्र विकसित गर्न आग्रह गरे। उनले इन्स्टिच्युट फर ट्रान्सफर्मिङ सिक्किम (आईटीएस) को स्थापना यसै सन्दर्भमा एकीकृत विकास योजनालाई प्रवर्द्धन गर्न र रणनीतिक मार्गदर्शन प्रदान गर्न गरिएको जानकारी गराए। यस अतिरिक्त, उनले राज्यका कम उपयोग गरिएका पूर्वाधारहरूतिर ध्यान आकर्षित गर्दै यस्तो तंत्र विकसित गर्नुपर्ने आवश्यकतामा बल दिए, जसले अगावै अवस्थित संसाधनहरूको सर्वोत्तम सम्भव उपयोग सुनिश्चित गर्नेछ।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा राज्यमा बढ्दो आत्महत्याका घटनातिर पनि सबैको ध्यान आकर्षित गराए भने अनलाइन गेमिङ पनि बढ्दो समस्या रहेको बताए। कार्यक्रमलाई मुख्य सचिव आर. तेलाङले पनि सम्बोधन गरेका थिए।

You Might Also Like

बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे

एसकेएमले दियो सिक्किम पुलिसलाई बधाई

सोरेङमा मुख्यमन्त्री र मुख्य न्यायाधीशले नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे

गान्तोकका विधायक बर्फुङ्गपाले राज्यपालसॅंग भेट गरे

Sikkim International Film Festival Poster Unveiled at Creative Hub 2.0, Jorethang.

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
AgricultureCultureEconomyEnvironment

Reviving Barren Lands through Organic Farming: BAC Dzongu Cultivates Dalle Khursani

Aaron Rai Aaron Rai May 23, 2025
Governor inspects upcoming Prerna Sthal
नरबादुर भण्डारी कलेजमा नेपाली भाषा मान्यता दिवस पालन
गान्तोकमा राज्यस्तरीय म्याराथन “सोल्जराथन- द ग्रेट हिमालयन कनेक्ट” 2.0 मा सम्पन्न
Experts discuss benefits of Digital General Crop Estimation Survey for NE states
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?