गान्तोक, 2 दिसम्बर। राज्य यातायात विभाग अन्तर्गत सड़क सुरक्षा परिषद्, मोटर वेहिकल डिभिजनले राष्ट्रिय सूचना–विज्ञान केन्द्र (एनआईसी) सिक्किमको सहकार्यमा इलेक्ट्रोनिक डिटेल्ड एक्सिडेन्ट रिपोर्ट (ई-डीएआर), २०२५ सड़क दुर्घटना पीड़ितको क्यासलेस उपचार योजना र सड़क सुरक्षा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यशालाको आयोजना गरिरहेको छ। राजधानीको चिन्तन भवनमा आज सम्पन्न भएको उद्घाटन समारोहमा यातायात विभागका सल्लाहकार मदन सिन्चुरी मुख्य अतिथि थिए। आफ्नो सम्बोधनमा सिन्चुरीले सड़क परिवहन एवं राजमार्ग मन्त्रालयको मार्गदर्शनमा विभाग अन्तर्गतका मोटर वेहिकल डिभिजनले सड़क र शहरलाई अधिक सुरक्षित बनाउने उद्देश्यले निरन्तर प्रयास गर्दै आएको बताए। उनले मन्त्रालयको निर्देशनअनुसार विभागले तीन महत्वपूर्ण पहलहरू आईआरएडी, ई-डीएआर र सड़क दुघर्टना पीड़ितहरूको क्यालेस उपचार लागू गरेको उल्लेख गरे।उनले सिक्किममा पहिलो पटक सड़क दुर्घटनासम्बन्धी विवरण एकीकृत डिजिटल डेटा प्रणालीमार्फत व्यवस्थित रूपमा व्यवस्थापन गरिरहेको बताए, जहाँ पुलिस, यातायात, राजमार्ग र स्वास्थ्य विभागले एकीकृत डेटा स्रोत तयार पारेका छन्। यसले दुर्घटना–संवेदनशील क्षेत्र र ब्लाइन्ड स्पटहरू पहिचान गर्न सहयोग पुर्याएको र सरकारलाई सड़क संरचना सुधार तथा सुधारात्मक कार्यमा प्राथमिकता निर्धारण गर्न सक्षम बनाएको उनले बताए।विधायक सिन्चुरीले सड़क दुघर्टना पीड़ितहरूको क्यालेस उपचारको महत्त्व विस्तृत रूपमा व्याख्या गर्दै दुर्घटनाको मितिदेखि सात दिनसम्म अधिकतम रु. १.५ लाखसम्म निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था रहेको जानकारी गराए। उनले यो योजना गोल्डेन आवरमा जीवनरक्षक उपचार सुनिश्चित गरी मृत्यु दर घटाउने मुख्य लक्ष्यका साथ लागू गरिएको बताए।उनले सड़क दुर्घटना न्यूनीकरण, आपतकालीन उद्धार सुदृढिकरण, सुरक्षित सड़क व्यवस्थापन र समाजमा जिम्मेवार नागरिक व्यवहार प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनले यस कार्यशालाले पुलिस, यातायात, स्वास्थ्य तथा सड़क स्वामित्व भएका निकायहरूबीच समन्वय मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै दुर्घटनापश्चात् क्यासलेस उपचार सहज उपलब्ध गराउन सबै विभागहरूको एकीकृत प्रयास आवश्यक रहेको बताए।
[7:48 pm, 2/12/2025] Bishal Da hindustan Times: भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित महिला तस्कर पक्राउ
गान्तोक, 2 दिसम्बर । सिङताम पुलिसले एक महिला तस्करलाई भारी मात्रामा प्रतिबन्धित लागुऔषधको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने महिलाको नाम रोशनी छेत्री बताइएको छ। 31 वर्षीय आरोपी मूलरूपमा कालेबुङ निवासी हुन् भने हाल डॉंड़ागाउॅं, सिङताममा बस्दै आएकी छिन्।
पुलिस रिपोर्टका अनुसार, राष्ट्रिय राजमार्ग 10 अन्तर्गत भानु पार्क क्षेत्रमा सोमवार एक महिला संदिग्ध स्थितिमा घुमिरहेको विश्वसनीय सूत्रहरूबाट पुलिसलाई सूचना प्राप्त भयो। सूचनाको आधारमा महिला पुलिस कर्मीसहित पुलिस दल राष्ट्रिय राजमार्ग 10 अन्तर्गत भानु टर्निङ पुग्यो र झोलाका साथ महिलालाई रोक्यो। सोधपुछको क्रममा महिलाको पहिचान रोशनी छेत्रीको रूपमा भयो।
साडा, 2006 का प्रावधानहरू अन्तर्गत गरिएको छानबिनको क्रममा नौंवटा पारदर्शी पोलेथिन क्यारी ब्यागमा 1296 वटा स्पास्मो स्पास्मो क्याप्सुल र 11 वटा कालो रङ्गको पोलेथिन क्यारी ब्यागमा 1584 क्याप्सुल बरामद गरियो। प्रतिबन्धित लागुऔषधहरू राब्दाङका एसडीएम र दुईजना स्वतन्त्र साक्षीको उपस्थितिमा जफत गरियो।
यस घटनाको सम्बन्धमा सिङताम पुलिस थानामा आरोपी महिला विरुद्ध साडा, 2006 र साडा (संशोधन), 2017 अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले महिलाको जॉंच गरिरहेको छ।
Leave a comment


