By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सामाजिक सञ्जालमा अप्रमाणित खबर प्रकाशमा ल्याउने कन्टेन्ट क्रिएटरहरूलाई एससीपीसीआरको चेताउनी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सामाजिक सञ्जालमा अप्रमाणित खबर प्रकाशमा ल्याउने कन्टेन्ट क्रिएटरहरूलाई एससीपीसीआरको चेताउनी
InsiderLatest NewsNationalSA Nepali

सामाजिक सञ्जालमा अप्रमाणित खबर प्रकाशमा ल्याउने कन्टेन्ट क्रिएटरहरूलाई एससीपीसीआरको चेताउनी

Aaron Rai
Last updated: September 5, 2025 4:09 pm
Aaron Rai Published September 5, 2025
Share
SHARE


गान्तोक, 05 सेप्टेम्बर। सिक्किम राज्य बाल अधिकार संरक्षण आयोग (एससीपीसीआर) ले कथित हराएका र अपहरण गरिएका बालबालिकाहरूको सम्बन्धमा विशेष रूपमा सामाजिक सञ्जालहरूमा भ्रामक खबर फैलाउने कन्टेन्ट क्रिएटरहरूलाई कडा प्रतिक्रिया जनाएको छ। एससीपीसीआरले प्रमाणिकता बिना बालबालिकाहरू हराएको र अपहरण गरिएको समाचार प्रकाशमा ल्याउने यस्ता कन्टेन्ट क्रिएटरहरू विरुद्ध कानूनी कारबाही गर्ने चेताउनी पनि दिएको छ।
एससीपीसीआरकी चेयरपर्सन दीपा खत्रीले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा विगत केही दिनदेखि विभिन्न सामाजिक सञ्जालहरूमा नानीहरू हराएको र अपहरण गरिएको समाचारहरू प्रकाशमा आइरहेको बताइन्। उनले यस्ता समाचारहरूका कारण मानिसहरू आतङ्कित बनिरहेको बताइन्। उनले सामाजिक सञ्जालहरूमा ल्याइएका यस्ता समाचारहरूको वास्तविकतासॅंग कुनै सम्बन्ध नरहेको र जॉंचबुछ नगरि पोस्ट गर्ने काम भइरहेको दाबी गरिन्।
उनले केही समय अघि पश्चिम बंगालबाट एकजना नानी हराएको कुरालाई आधार बनाएर यस्ता समाचारहरू प्रचार प्रसारमा ल्याउने काम भइरहेको अवगत गराइन्। जबकि, सिक्किममा यस्तो स्थिति नरहेको उनले बताइन्। छानबिन नगरि समाचार सम्प्रेषित गरेर नागरिक समाजलाई दिग्भ्रमित गर्ने काम भइरहेको उनले बताइन्।
चेयरपर्सन खत्रीले यस्तो काम अब बन्द होस् भन्दै अब उपरान्त यसरी समाचार प्रकाशमा ल्याउने व्यक्तहरू विरुद्ध कानूनी कारबाही गरिने बताइन्। अर्कोतिर, उनले सिक्किममा पनि यस्तो घटना नहोस् भन्न खातिर माता पिताहरू सजग बस्नुपर्छ भनिन्। उनले कहींकतै यस्तो घटना घटेको खण्डमा टोल फ्री नम्बर 1098 मा सम्पर्क गर्न आह्वान गरिन्।
यसैगरी, अधिवक्ता एवं एससीपीसीआरका सदस्य अनिश शर्माले कन्टेन्ट क्रिएटरहरूमाथि नानीहरू हराएको र अपहरण गरिएको समाचारहरू जॉंच पडताल नगरि प्रकाशमा ल्याइरहेको आरोप लगाए। उनले जुन घटनाको कुनै आधार नै छैन यस्ता घटनाहरू प्रकाशमा ल्याएर मानिसहरूमा आतङ्क फैलाउने काम भइरहेको बताए। उनले यदि यस्तो घटना घटेको छ भने सम्बन्धित निकायमा शिकायत गर्नुपर्छ, तर सामाजिक सञ्जालमा ल्याउन उचित नरहेको बताए।
उनले यस्ता समाचारहरू सम्प्रेषित गर्ने व्यक्तिहरू विरुद्ध सुमोटोको आधारमा कारबाही गर्ने एससीपीसीआरलाई अधिकार रहेको जानकारी गराए। उनले अप्रमाणित खबरहरू नहाल्न आग्रह पनि गरे। एक प्रश्नको जवाफमा उनले सिक्किममा हराएका बालबालिकाहरूको मामिला 99 प्रतिशत समाधान भइरहेको दाबी गरेका छन्।

You Might Also Like

‘स्टेडियम रन 2025’ मा भाग लिन धावक अमर सुब्बा हैदराबाद प्रस्थान

आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न

भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया

राजभवनमा दिव्याङ्ग बालबालिकाहरूलाई लिएर ‘योग समावेश’ सम्पन्न

Multi-Disciplinary Team set to conduct Susceptibility Study of 5 High-Risk Lakes of Sikkim

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
DestinationsEnvironmentInvestmentSikkimTourism

याङगाङस्थित टिक्दे छो तालको पुनर्जिवित गरिने

Aaron Rai Aaron Rai June 26, 2025
National Engineers Day Celebrated to Commemorate Retired Senior Engineers and Government Contractors
Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
गान्तोकमा खानेपानी संकटबारे भाजपा नेतृत्व र पीएचई विभागबीच बैठक सम्पन्न
Official Ceremony Held in Gangtok to Mark Three Major Milestones
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?