By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    सीएपी सिक्किमद्वारा आशिष राईमाथि हमलाको भत्सर्ना, अपराधीहरूलाई कानुनी कठघरामा ल्याउनु पर्ने माग
    May 5, 2025
    एसडीएफ पार्टीको पाकिम जिल्लास्तरीय समिति गठन
    July 4, 2025
    Latest News
    जिल्लापालले सिङ्गलिताम र रिम्बीका पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे, दुई परिवारलाई सुरक्षित स्थानमा सारियो
    September 2, 2026
    रिम्बीमा ठूलो पैह्रो, सडक सम्पर्क अवरुद्ध, मानवीय क्षति भएन
    September 2, 2026
    सिक्किममा क्यान्सर रोकथाम, प्रारम्भिक पहिचान तथा जनसंख्यामा आधारित क्यान्सर जॉंचसम्बन्धी पहिलो सरोकारवाला बैठक सम्पन्न
    September 2, 2026
    सिक्किम अकादमीले ‘तेस्रो सिक्किम अकादमी पुरस्कार २०२६’ को लागि आवेदनहरू आमन्त्रित गर्‍यो
    September 2, 2026
  • Politics
    PoliticsShow More
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किममा क्यान्सर रोकथाम, प्रारम्भिक पहिचान तथा जनसंख्यामा आधारित क्यान्सर जॉंचसम्बन्धी पहिलो सरोकारवाला बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किममा क्यान्सर रोकथाम, प्रारम्भिक पहिचान तथा जनसंख्यामा आधारित क्यान्सर जॉंचसम्बन्धी पहिलो सरोकारवाला बैठक सम्पन्न
HealthLatest NewsSikkim

सिक्किममा क्यान्सर रोकथाम, प्रारम्भिक पहिचान तथा जनसंख्यामा आधारित क्यान्सर जॉंचसम्बन्धी पहिलो सरोकारवाला बैठक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: September 2, 2026 3:47 pm
Suk Raj Aaron Rai Published September 2, 2026
Share
SHARE


गान्तोक, 02 सेप्टेम्बर । सिक्किम सरकारले स्तन, पेट, सर्वाइकल तथा मुखको क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान तथा जनसंख्यामा आधारित क्यान्सर जॉंचलाई सुदृढ गर्न व्यापक कार्यक्रम कार्यान्वयन गर्ने भएको छ। राज्य स्वास्थ्य तथा परिवार कल्याण विभागले स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गत स्वास्थ्य अनुसन्धान विभाग, भारत सरकार तथा भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) को सहकार्यमा राज्यका विद्यालय, कलेज तथा समुदायमा विभिन्न हस्तक्षेपमार्फत कार्यक्रम सञ्चालन गर्ने भएको हो।
डीएचआर-आईसीएमआर समर्थित क्यान्सर अनुसन्धान परियोजना ‘सिक्किममा क्यान्सर जॉंचको सह-विकास र कार्यान्वयन: सिक्किममा ग्यास्ट्रोइन्टेस्टाइनल, सर्वाइकल, स्तन र मुखको क्यान्सरको प्रारम्भिक पहिचानको लागि एक बहु-नमूना दृष्टिकोण’ को कार्यान्वयनसम्बन्धी पहिलो सरोकारवाला बैठक १ र २ सेप्टेम्बरमा गान्तोकमा आयोजना गरिएको थियो।
बैठकको अध्यक्षता स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जीटी ढुङ्गेलले गरेका थिए। कार्यक्रममा भारत सरकारको स्वास्थ्य अनुसन्धान विभागकी संयुक्त सचिव रिचा खोडा, शिक्षा विभागका प्रधान सचिव डा. सन्दीप ताम्बे, स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छेवाङ ग्याछो तथा आईसीएमआर मुख्यालय नयाँ दिल्लीकी वैज्ञानिक डा. निशा के. जोसहित वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रमले सिक्किमको स्थानीय परिवेशअनुकूल क्यान्सरका प्रमुख परिवर्तन गर्न सकिने जोखिमहरू-सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, अस्वस्थकर खानपान तथा शारीरिक निष्क्रियतालाई लक्षित गर्दै एकीकृत हस्तक्षेप सञ्चालन गर्नेछ।
विद्यालय तथा कलेजका लागि तयार गरिने विभिन्न मोड्युलमार्फत क्यान्सरसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गरिनेछ। समुदायस्तरमा स्वयं सहायता समूह, आशा कार्यकर्ता तथा पञ्चायती राज संस्थाहरू मार्फत जनचेतना तथा परिचालन गर्दै मुख्य रूपमा क्यान्सरपूर्व घाउ तथा प्राथमिकतामा रहेका क्यान्सरको प्रारम्भिक पहिचानमा जोड दिइनेछ।
यस पहलअन्तर्गत क्षेत्रीय खानपान तथा पर्यावरणीय जोखिमको पनि अध्ययन गरिनेछ। परम्परागत रूपमा पकाइने खाद्य पदार्थमा सम्भावित क्यान्सरजन्य रसायनको उपस्थितिबारे प्रमाण संकलन गर्नुका साथै पोषणसम्बन्धी चेतना अभिवृद्धि गरिनेछ। कार्यक्रमअन्तर्गत सिक्किमका सबै ६ जिल्लाका योग्य जनसंख्यालाई समेटेर जनसंख्यामा आधारित क्यान्सर जॉंच गरिनेछ। यसका लागि एचपीवी स्याम्पलिङ, सेल्फ-स्याम्पलिङ किट, क्लिनिकल स्क्रिनिङ तथा एन्डोस्कोपी स्क्रिनिङलगायतका विधि प्रयोग गरिनेछ।
कार्यक्रमलाई सम्बोधन मन्त्री ढुङ्गेलले मुख्यमन्त्रीको नेतृत्वमा राज्य सरकार सार्वजनिक स्वास्थ्य र रोग रोकथामलाई प्राथमिकता दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। जीवनशैलीसँग सम्बन्धित रोग तथा क्यान्सर नियन्त्रणका लागि समुदायको तल्लो तहदेखि नै सक्रिय हस्तक्षेप आवश्यक रहेको उल्लेख गर्दै उनले विद्यालय तहदेखि नै बालबालिकामा स्वस्थ बानीको विकास तथा प्राथमिकताका क्यान्सरको सामुदायिकस्तरमा जॉंचलाई सुदृढ गर्नुपर्ने बताए। यसले भावी पुस्तालाई सुरक्षित राख्दै स्वस्थ सिक्किम निर्माणमा योगदान पुर्‍याउने उनले बताए।

Sikkim joins nationwide celebrations of IMD’s 150th Foundation Day

मुख्यमन्त्रीले नयाँ दिल्लीस्थित सिक्किम सरकारका सम्पत्तिहरूको पुनर्विकास योजनाको समीक्षा गरे

पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने

भाजपा सिक्किमद्वारा राज्यभरि डा. श्यामाप्रसाद मुखर्जीको १२५ औं जयन्ती पालन

सिक्किम पुस्तक मेला 2025: मंगन संस्करण धमाकाका साथ शुरु

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorized

State-Level Namprikdang Namsoong Festival 2024-25 concludes

IPR Report IPR Report January 12, 2025
स्ट्रिट फूड प्रकरण: भाजपा महिला मोर्चाद्वारा जिम्मेवार पुलिस कर्मी विरुद्ध कडा कारबाहीको माग
राज्यपालले शिबु सोरेनको निधनमा गहिरो शोक व्यक्त गरे
सर छोग्याल टाशी नामग्याल स्मृति कप २०२६: थन्डरबोल्ट नर्थ युनाइटेड सेमिफाइनलमा
मुख्यमन्त्रीले वित्तमन्त्री सीतारमणसॅंग भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?