By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम-दार्जिलिङ एकीकरण सम्भव छैन: भाजपा सिक्किम
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सिक्किम-दार्जिलिङ एकीकरण सम्भव छैन: भाजपा सिक्किम
Latest NewsPoliticsSikkim

सिक्किम-दार्जिलिङ एकीकरण सम्भव छैन: भाजपा सिक्किम

SA Desk
Last updated: March 6, 2025 3:07 pm
SA Desk Published March 6, 2025
Share
SHARE

गान्तोक, 06 मार्च। प्रदेश भारतीय जनता पार्टी (भाजपा) ले सिक्किम-दार्जिलिङ एकीकरण असम्भव रहेको बताएको छ। अर्कोतिर, सिक्किम-दार्जिलिङ एकीकरणको मुद्दा उठाएर सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले आफ्नो खस्किॅंदै गइरहेको राजनीतिक धरातललाई बचाउने प्रयास गरेको प्रदेश भाजपाले ठहर गरेको छ।

पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष चामलिङले गत 4 मार्च पार्टीको 33औं स्थापना दिवसमा केन्द्र सरकार चाह्यो भने एकै दिनमा सिक्किम-दार्जिलिङ एकीकरण हुनेछ भनेका थिए। चामलिङको उक्त बयानमा प्रतिक्रिया जनाउॅंदै प्रदेश भाजपा प्रवक्ता पासाङ शेर्पाले उक्त कुरा भनेका हुन्।

राजधानीस्थित प्रदेश भाजपाको सिटी अफिसमा आज आयोजित एक पत्रकार सम्मेलनमा प्रवक्ता शेर्पाले एसडीएफ अध्यक्षको उक्त बयानलाई अपरिपक्व ठहर गर्दै भत्सर्ना जनाए। राजनीति गर्न चाहनेहरूले आफ्नो अस्तित्व बचाइराख्न यस्तो बयान दिइरहेको उनले आरोप पनि लगाए। उनले सिक्किम-दार्जिलिङ एकीकरण हुन्छ भन्नु दिनलाई रात भन्नु रहेको र ‘मुंगेरी लाल के हसिन सपने’ बताए।

यस अतिरिक्त, प्रवक्ता शेर्पाले हिजो सिलगढ़ीमा मुख्यमन्त्री प्रेमसिंह तामाङले शिलान्यास गरेको ‘सिक्किम हेल्थ केयर सेन्टर एण्ड गेस्ट हाउस बिल्डिङ’ मा स्टे लगाइएको मुद्दा पनि उठाए। उनले भवन निर्माणको निम्ति शिलान्यास भएको 4-5 घण्टा नबित्दै सिलगढी नगर निगमका मेयरले स्टे लगाइदिएको जानकारी गराए। मुख्यमन्त्रीले शिलान्यास गरेको परियोजनालाई एक मेयरले कसरी रोक लगाइदिए भन्दै उनले सिक्किमको छविमा धक्का पुग्ने काम भएको बताए। उनले निर्माण कार्यमाथि किन रोक लगाइयो, यस विषयमा सम्बन्धित विभागका अधिकारीहरूमाथि जॉंचको माग गरे।

यसैगरी, उनले सिक्किम उर्जा लिमिटेडको पुनर्निनिर्माण र ग्रीनको कम्पनीलाई बिक्री गरिएको मुद्दा उठाउॅंदै सिक्किम सरकारलाई कठघरामा उभ्याए। उनले सम्बन्धित निकायहरूबाट उचित प्रक्रिया अनुसार अनुमति र सरोकारवालाहरूलाई विश्वासमा नलिई उक्त परियोजना फेरि शुरू गर्ने निर्णय लिइएको आरोप लगाए। उनले उक्त विद्युत परियोजनाबाट सिक्किम सरकारले 35 सय करोड़ रूपियॉं पाउनु पर्ने थियो, तर सरकारले ऋण लागेको कुरा गरेर बिक्री गर्ने निर्णय किन लियो भनी प्रश्न गरे।
सामसन तामाङ प्रकरणमाथि बोल्दै उनले सिक्किम उच्च न्यायालयका वर्तमान न्यायाधीशको अध्यक्षतामा आयोग गठन गरेर जॉंच गरिनु पर्ने अडान पुन: दोहोऱ्याए। प्रवक्ता शेर्पाले जनसाधारणमाथि अत्यधिक करको भारी बोकाएर राज्य सरकारले यातना दिइरहेको पनि आरोप लगाए। उनले बिजुलीको बिल, मोटर वाहन, ग्राउण्ड रेन्ट, ल्याण्ड ट्याक्स, फरेस्ट ट्याक्स, साहसिक पर्यटकमाथि अत्यधिक कर लगाएको दाबी गरेका छन्।

You Might Also Like

गोर्खा सेवा सेनाका सदस्यद्वय बिक्रमादि राई र सुभाषमणि सिंह सिक्किम पुलिसद्वारा पक्राउ

Local Authorities Hold Crucial Meeting to Address Substance Abuse and Burglary

सिक्किम अकादेमी पुरस्कार २०२५ परम्परागत बाँस शिल्पकार भरत राईलाई अर्पण गरिने घोषणा

June 15, 2025

Awareness Workshop on UNNATI-2024 & NER Schemes Held in Namchi

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureNationalreligion

मन्त्री सानाम लामाले केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग गरे भेट

Aaron Rai Aaron Rai August 26, 2025
CM inspects newly constructed 500-bedded District Hospital in Namchi
Tourism minister meets Gautam Gambhir, highlights Sikkim’s potential in adventure-sports tourism
अरुण लिम्बूको पक्राउ विरुद्ध एसडीएफले मैनबत्ती बालेर जनायो प्रतिवाद
Proposals discussed for upcoming 50th Statehood celebrations
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?