गान्तोक, 11 जुलाई। सिटिजन एक्सन पार्टीको कार्यकारिणी सभा आज अदमपुलस्थित पार्टी मुख्यालय पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो। सभाको पहिलो चरणमा पार्टीका सबै छवटा जिल्ला अध्यक्षहरूको सहभागितामा पार्टीलाई गाउँ-गाउँसम्म विस्तार गरी सशक्त बनाउने रणनीतिबारे गहिरो छलफल भएको प्रेस विज्ञप्तिमा बताइएको छ।
अध्यक्ष राईले कार्यकर्ताहरूलाई पार्टीको विचार र सिद्धान्त जनतासमक्ष प्रष्ट पार्न र युनिट भोलिन्टियर काउन्सिल छिटो गठन गर्ने कुरामा जोड दिए। उनले पार्टी मुख्यालयबाट जिल्लाहरूलाई आवश्यक सबै प्रकारको सहयोग प्रदान गरिने प्रतिबद्धता जनाउँदै कार्यकर्ताहरूलाई दिनरात पार्टीको हितमा समर्पित भएर काम गर्न आह्वान गरे।
सभाको दोस्रो चरणमा अध्यक्ष राईले प्रचार-प्रसार विभागसँग विशेष छलफल गर्दै पार्टीलाई जनस्तरमा चिनाउन विभागको भूमिकालाई महत्त्वपूर्ण विचार राखे। प्रेस काउन्सिलमार्फत भएको कामको प्रशंसा गर्दै उनले अझ प्रभावकारी रूपमा सन्देश सम्प्रेषण गर्न आवश्यक रहेकोमा जोड दिए। पार्टीले अब सांगठनिक बल वृद्धि गर्दै जनसम्पर्क अभियानलाई तीव्र बनाउने स्पष्ट संकेत दिएको विज्ञप्तिमा उल्लेख छ।
Leave a comment


