By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    मेडिकल रीइम्बर्समेन्ट र लीभ इनक्याशमेन्टबारे कुनै प्रकारको आदेश वा निर्देशन जारी गरिएको छैन: वित्त विभाग
    July 11, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
Art & LiteraturePoliticianSA NepaliSikkim

सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो

Suk Raj Aaron Rai
Last updated: July 13, 2026 4:53 pm
Suk Raj Aaron Rai Published July 13, 2026
Share
SHARE

गान्तोक, 13 जुलाई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको साहित्य परिषद्को आयोजनामा आज २१२औँ भानुजयन्ती पार्टीको मुख्य कार्यालयमा मनाइयो। कार्यक्रममा पार्टीका अध्यक्ष गणेशकुमार राई मुख्य अतिथि तथा गोपी चौहान र विष्णु प्रसाद शर्मा विशिष्ट अतिथि थिए।
कार्यक्रममा योगेश खतिवडाले आदिकवि भानुभक्त आचार्यको जीवन, व्यक्तित्व तथा नेपाली भाषा–साहित्यप्रतिको अतुलनीय योगदानमाथि प्रकाश पारे। यसरी नै दिपेन्द्र राईले भानुभक्तको जीवनी तथा कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै भाषा र साहित्यको संरक्षण एवं संवर्द्धन वर्तमान पुस्ताको प्रमुख दायित्व भएको उल्लेख गरे।
विशिष्ट अतिथि विष्णु प्रसाद शर्माले भानुभक्तीय रामायणमाथि टिप्पणी गर्दै यसको साहित्यिक तथा सामाजिक महत्वबारे विचार व्यक्त गरे। विशिष्ट अतिथि गोपी चौहानले भानुभक्तीय रामायणका पात्रहरूको चरित्र, आदर्श र कर्तव्यबोधबाट वर्तमान समाजले शिक्षा लिनुपर्ने आवश्यकता औँल्याउँदै राज्य र राष्ट्रको हितमा समर्पित भएर कार्य गर्न सबैलाई आग्रह गरे।
संगठनका महासचिव चुडामणि मिश्रले भानुजयन्ती मनाउनुको मूल औचित्य र विशेषताबारे प्रकाश पार्दै एक दिन उत्सवका रूपमा भानुजयन्ती मनाएर बाँकी ३६४ दिन भाषा र साहित्यलाई उपेक्षा गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे। उनले नेपाली भाषा, साहित्य र संस्कृतिको निरन्तर संरक्षण तथा प्रवर्द्धनमा सबैले प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
वक्ताहरूले भानुभक्त आचार्यले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक सम्पदा प्रदान गरेको स्मरण गर्दै रामायणलाई केवल पूजा गर्ने ग्रन्थका रूपमा सीमित नराखी त्यसमा निहित आदर्श, चरित्र, सुशासन, दायित्वबोध, सत्यको विजय, निस्वार्थ सेवा, महिला सम्मान तथा अहंकार त्यागजस्ता जीवनमूल्यलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा दिपेन्द्र राई, जिग्मी डी. भोटिया, बीरबल तामाङ र बिना शर्माले कविता पाठ गरे। कार्यक्रममा भाषा–साहित्यप्रेमी, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको प्रेस विज्ञप्तिमा बताइएको छ।

क्रिएटिभ हब 2.0 मा र्‍याप ब्याटलको ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न

President confers Padma Shri on Naren Gurung from Sikkim

कवि रत्न लक्सम सुब्बाको बाल तृष्णा डिस्कोर्स सम्पन्न

कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप

Sikkim Partners with National Institute of Design to Boost Creative Economy

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentInsiderNortheastreligion

परमपावन क्याबजे गोञ्जाङ रिम्पोछेलाई पेलिङमा स्वागत

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 22, 2025
Indra Hang highlights Sikkim’s potential in AYUSH research
मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने
बिजुली आपूर्तिको अनियमितताका कारण जनता मार्कामा परेको एसडीएफको आरोप
पाकसेप, सिंघिक र मानुल ट्याक्सी चालक संघका सदस्यहरूले परम्परागत पोशाक दिवस शुरुवात गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?