By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
    July 22, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए
    September 13, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन
InvestmentNationalOpinionPoliticianSA Nepali

सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन

Aaron Rai
Last updated: September 17, 2025 2:37 pm
Aaron Rai Published September 17, 2025
Share
SHARE


गान्तोक, 17 सेप्टेम्बर। विश्वकर्मा पूजा र प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको शुभ अवसरमा आज सिक्किमले राष्ट्रव्यापी पहलको अनुरूप सेवा पखवाडा अभियान शुरु गर्‍यो। सेवा पखवाडा अभियानको उद्घाटन आज राजधानीको रिज पार्कस्थित उत्सव प्लाजा, स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा आयोजित एक भव्य समारोहबीच गरियो। कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थिति रहेको थियो।
सार्वजनिक सेवा र सामाजिक कल्याणप्रति समर्पित राष्ट्रिय अभियान सेवा पखवाडा आगामी 2 अक्टोबरसम्म चल्नेछ। कार्यक्रममा मुख्यमन्त्रीले विकसित भारत @2047 को भिजन अन्तर्गत समावेशी विकासको प्रतिबद्धता व्यक्त गर्दै राज्यमा यस अभियानका गतिविधिहरूको उद्घाटन गरे।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गरे। उनले प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वले भारतको विश्वव्यापी प्रतिष्ठालाई उच्च बनाएको र देशको हरेक कुनामा विकास ल्याएको बताए। उनले भने, सेवा पखवाडाले अन्त्योदयप्रतिको प्रधानमन्त्रीको गहिरो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
सिक्किममा सम्पन्न गरिने विभिन्न गतिविधिहरू मध्ये रक्तदान एवं स्वास्थ्य शिविरहरू, स्वच्छता एवं पर्यावरण अभियानहरू, जन सचेतना कार्यक्रमहरू, दिव्याङ्गजनहरूलाई सहायता, मोदी विकास म्याराथन र खेलकुद एवं सांस्कृतिक प्रतियोगिताहरू सामेल छन्। मुख्यमन्त्रीले यी पहलहरू राज्यभरि सामुदायिक संलग्नता र जन कल्याणलाई सुदृढ पार्ने उद्देश्यले गरिएको जानकारी दिए।
कार्यक्रममा मुख्यमन्त्रीले विभिन्न कल्याण पहलहरू पनि लोकार्पण गरे, जसमा आमा सशक्तिकरण योजना अन्तर्गत 31 हजार आमाहरूलाई वित्तीय अनुदान, दिव्याङ्गजन, स्वच्छता कर्मी र ग्राम पञ्चायतहरूलाई समर्थन एवं मान्यता, आयुष्मान भारत कार्ड वितरण, स्वास्थ्य महिला, सशक्ति परिवार अभियान, राज्यव्यापी राष्ट्रिय पोषण माह, पीएम टीबी मुक्त भारत पहल आदि सामेल छन्।
यस अतिरिक्त, औपचारिक दर्ता, टुलकिट, अनुदानित ऋण र रोजगार सहयोग मार्फत परम्परागत कारीगरहरूलाई सशक्त बनाउन सिक्किममा प्रधानमन्त्री विश्वकर्मा योजना लागू गरिएको पनि मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा जानकारी गराए। विश्वकर्मा जयन्तीको सबैमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्रीले हामी दूरदर्शी नेतृत्वलाई मात्र होइन, हामी हाम्रो राष्ट्रलाई हरेक दिन निर्माण गर्ने हातहरूलाई पनि सम्मान गर्छौं भनी बताए। उनले सबै नागरिकहरूलाई विकसित भारतको साझा दृष्टिकोणलाई साकार पार्न टिम सिक्किमको रूपमा अगाडि बढ्न आह्वान गरेका छन्।

You Might Also Like

राज्यपाल स्वर्ण कप: एपीआई चर्च बोइज नेपाललाई पराजित गरेर राजस्थान युनाइटेड सेमिफाइनलमा

CM Attends ‘Utkarsh Utsav’ Celebrating One Year of Governor Om Prakash Mathur’s Distinguished Service

कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई

District Level Coordination Meeting of SKM Organizational Wing Concludes

निमन्त्रणा स्वीकार गरेकोमा एसकेएम पार्टीद्वारा प्रधानमन्त्रीप्रति आभार प्रकट

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
DestinationsEconomyInsiderNationalOpinionTourism

प्रदेश भाजपा अध्यक्षले एनएचआईडीसीएलका अधिकारीसॅंग भेट गरेर परियोजनाहरूको प्रगतिको बारेमा छलफल गरे

Aaron Rai Aaron Rai July 4, 2025
धावक अमर सुब्बाले मलेशियामा युटीएमबीमा भाग लिने
At IFFI 2025, Tribeny Rai’s ‘Shape of Momos’ Brings Everyday Sikkimese Lives to Centre Stage
SKM dismisses CAP’s stand on proposed Ed Sheeran’s Sikkim Concert
भाजपा सिक्किमले अन्तरराष्ट्रिय मातृ दिवस पालन गऱ्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?