By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
    October 28, 2026
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Lifestyle > पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
LifestyleSA NepaliSikkimTourism

पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु

Suk Raj Aaron Rai
Last updated: October 28, 2026 3:40 am
Suk Raj Aaron Rai Published October 28, 2026
Share
SHARE


गान्तोक, 2026 अक्टोबर । सोरेङ जिल्लाको ओखरेमा सिक्किम इन्स्पायर्स परियोजनाअन्तर्गत आतिथ्यका आधारभूत पक्ष तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने तालिम शुरु भएको छ। प्रशिक्षणको पहिलो दिन होमस्टे सञ्चालक, पर्यटन उद्यमी बन्न इच्छुक व्यक्ति तथा स्थानीय पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालासहित ४० जनाको सहभागिता रहेको थियो।
प्रशिक्षणको आयोजना होमस्टे तथा समुदायमा आधारित अन्य पर्यटन प्रतिष्ठानमा आगन्तुकहरूलाई प्रदान गरिने सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले गरिएको बताइएको छ।यसअन्तर्गत सहभागीहरूलाई आतिथ्य सत्कारका आधारभूत सिद्धान्त, पाहुनासँग प्रभावकारी सञ्चार तथा व्यावसायिक सेवा प्रवाहबारे जानकारी र सीप प्रदान गरिनेछ।
कार्यक्रममा ओखरेका पञ्चायत अध्यक्ष लाक्पा शेर्पा, उपाध्यक्ष टाशी डोमा शेर्पा, पूर्व अध्यक्ष निम छिरिङ लेप्चा लगायत पर्यटन तथा नागरिक उड्डयन विभागका अधिकारीहरू उपस्थित थिए।
सोरेङ जिल्ला पर्यटन कार्यालयका पर्यटन अधिकारी नितेन कौशिकले स्वागत मन्तव्य व्यक्त गर्दै सहभागीहरूलाई स्वागत गरे। उनले सिक्किम इन्स्पायर्स परियोजनाको संक्षिप्त परिचय दिँदै पर्यटन क्षेत्रलाई सुदृढ बनाउन तथा स्थानीय पर्यटन व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्न परियोजनाले खेल्ने भूमिकाबारे प्रकाश पारे।
कार्यक्रममा प्राविधिक सहयोग निकायका कुङ्गा वाङ्ग्यालले ओखरेमा यस प्रकारको प्रशिक्षण आयोजना गर्नुको उद्देश्य र महत्त्वबारे जानकारी गराए। उनले क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमले आतिथ्य सत्कारको अभ्यासमा सुधार ल्याउन, होमस्टे व्यवसायलाई सुदृढ बनाउन तथा पर्यटन सेवाको गुणस्तर बढाउन सहयोग पुर्‍याउने बताए।
आईएचएम गान्तोक स्रोतव्यक्ति रुबेश गुरुङले पाँचदिने प्रशिक्षणका उद्देश्य तथा संरचनाबारे सहभागीहरूलाई जानकारी दिए। उनले आतिथ्य सत्कारका आधारभूत सिद्धान्त, पाहुनाका अपेक्षा, प्रभावकारी सञ्चार, पाहुनासँग व्यवहार गर्ने तरिका तथा व्यावसायिक आचरणलगायत विषयमा तालिम सञ्चालन गरिने बताए।
प्रशिक्षणको एक महत्त्वपूर्ण अङ्गका रूपमा सफलतापूर्वक सञ्चालन भइरहेको होमस्टेको स्थलगत अवलोकन भ्रमणसमेत समावेश गरिएको बताइएको छ। यस भ्रमणमार्फत सहभागीहरूले वास्तविक परिस्थितिमा आतिथ्य सत्कारका अभ्यास कसरी लागू गरिन्छ भन्ने कुरा प्रत्यक्ष रूपमा अवलोकन गर्न पाउनेछन्। कक्षागत सिकाइलाई व्यावहारिक अनुभवसँग जोड्नु तथा सफल उदाहरणबाट ज्ञान हासिल गर्न सहयोग गर्नु भ्रमणको उद्देश्य रहेको छ।
ओखरे ग्राम पञ्चायत एकाइका अध्यक्ष लाक्पा शेर्पाले स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने यस्ता पहलको प्रशंसा गरे। उनले प्रशिक्षणले होमस्टे सञ्चालक तथा पर्यटन व्यवसायमा संलग्न हुन इच्छुक व्यक्तिहरूलाई आफ्नो सेवा सुधार गर्न र क्षेत्रको पर्यटन विकासमा योगदान पुर्‍याउन मद्दत गर्ने बताए।
उनले सहभागीहरूलाई तालिमको अवसरको पूर्ण सदुपयोग गर्न, सबै सत्रमा सक्रिय सहभागिता जनाउन तथा सिकेका ज्ञान र कौशाललाई आआफ्नो होमस्टे एवं पर्यटनसम्बन्धी गतिविधिमा प्रयोग गर्न आग्रह गरे। ओखरेको पर्यटन सम्भावनालाई साकार पार्न स्थानीय समुदाय, निर्वाचित जनप्रतिनिधि तथा पर्यटन क्षेत्रका सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा पनि उनले जोड दिए।
उद्घाटन तथा परिचयात्मक सत्रपछि स्रोतव्यक्ति रुबेश गुरुङको मार्गदर्शनमा प्राविधिक प्रशिक्षण शुरु भयो।

मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम@50 सम्मेलनमा सहभागी बने

Kanooni Sahayog Abhiyan Held at Pakyong

राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न

दिशाको त्रैमासिक बैठक आयोजित

बुढियाखोप सरकारी उच्चतर माध्यमिक विद्यालयको प्लेटिनम जुब्ली समारोहको समापन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyLatest NewsOpinion

सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 15, 2026
Nepal Erupts in Youth-Led Protests Over Social Media Ban
नवनियुक्त नारी शक्ति कार्यकारिणी सदस्यहरूको सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न
राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालनमुख्यमन्त्रीद्वारा आपदा-प्रतिरोधी सिक्किम निर्माण गर्ने प्रतिबद्धता प्रकट
साहित्य क्षेत्रमा नयाँ प्रतिभाको विकासका लागि सामूहिक सहयोग र प्रोत्साहन आवश्यक: मुख्यमन्त्री
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?