गान्तोक, ३१ अक्टोबर। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीकी प्रवक्ता योजना खालिङ र युवा प्रभारी रिवाज लिम्बूले नाम्ची जिल्ला अदालतमा लामो समयदेखि लडिआएको मुद्दा जितेका छन्। उक्त जानकारी एसडीएफले आज प्रेस विज्ञप्तिमा दिएको छ।
एसडीएफ वरिष्ठ उपाध्यक्ष (प्रचार प्रसार) अम्बर राईले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार, ‘प्रजातन्त्रको सुरक्षा र संरक्षणका निम्ति नाम्ची जिल्ला अदालतले दिएको यो फैसला सिक्किमको राजनीतिमा धेरै महत्वूर्ण छ। आज सिक्किममा जनताका पक्ष लिएर बोल्न मानिसहरू डराउँछन्। न्याय निसाफको निम्ति उठेका हरेक आवाजहरुलाई अनदेखा गरिने यस व्यवस्थाविरुद्ध जनतान्त्रिक लडाइँ जारी राख्ने क्रममा लागेको सो मुद्दामाथि जित हासिल गर्नु आफैंमा एउटा उदाहरण हो।’
एसडीएफले यस जितको निम्ति योजना खालिङ र रिवाज लिम्बूलाई हार्दिक बधाई दिएको छ। उनले एसडीएफ पार्टी सिक्किम र सिक्किमेली जनगणका पक्षमा सधैं युद्धरत छ भन्दै प्रजातान्त्रिक मूल्य र मान्यताका निम्ति एसडीएफको क्रान्ति जारी रहेको बताएको छ। यस क्रान्तिलाई अगाडि बढाएर लैजाने हरेक मोर्चामा सहभागी रहेका सबै सहयोद्धाहरूलाई अदालतमा जलिरहेको उक्त नयायदिपले उत्प्रेरित गरेको एसडीएफले बताएको छ।
Leave a comment


