By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पत्रकार हेमन्त गिरीप्रति श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > पत्रकार हेमन्त गिरीप्रति श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो
Sikkim

पत्रकार हेमन्त गिरीप्रति श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो

SA Desk
Last updated: November 6, 2024 12:57 pm
SA Desk Published November 6, 2024
Share
SHARE

क्लबका सल्लाहकार किशोर मोक्तानको अध्यक्षतामा सम्पन्न सभामा उपस्थित पत्रकारहरूले स्वर्गीय गिरीप्रति श्रद्धा अर्पण गरे।

सन् 1959-को 2 फरवरीमा जन्मग्रहण गरेका दक्षिण सिक्किमको सुम्बुक निवासी पत्रकार हेमन्त गिरीको गत 30 अक्टुबर 2024-को दिन सिलगढीमा निधन भएको हो। उनी लामो समयदेखि मृगौला रोगले ग्रसित थिए। श्रद्धाञ्जलि सभाका अध्यक्ष तथा प्रेस क्लबका सल्लाहकार किशोर मोक्तानले पत्रकार गिरीको सामाजिक एवम् पत्रकारितामाथिको योगदानबारे विस्तृत रूपमा प्रकाशित पारे। गिरीले पत्रकारिताको क्षेत्रमा गरेको संघर्षको उल्लेख गर्दै उनले नवोदित कलाकारहरूलाई प्रोत्साहित गर्न पनि उनको योगदान उल्लेखनीय रहेको बताए। मोक्तानले हेमन्त ऋतुमै हेमन्तको निधन हुनु कस्तो संयोग हो भन्ने मन्तव्य गरे।
प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउतले पत्रकारितामा गिरीको भाषा रसयुक्त एवम् स्तरीय रहेको उल्लेख गर्दै सिक्किममा प्रथमपल्ट पत्रकार कल्याण कोषको गठन गर्नमा पत्रकार गिरीले दिएको अमूल्य योगदानको सराहना गरे। पत्रकारिता र कला दुवै क्षेत्रमा गिरीको बराबर दखल रहेको पनि उनले बताए।
प्रेस क्लबका महासचिव डिल्लीराम दुलालले हेमन्त गिरीको निधन पत्रकारिता क्षेत्रको निम्ति अपुरणीय क्षति हो भन्दै उनका योगदानलाई सदैव प्रेस क्लबले सम्झनाको तरेलीमा राख्ने मन्तव्य गरे।
पत्रकार प्रवीण खालिङले स्वर्गीय गिरीको जीवनीमाथि प्रकाश पार्दै सामाजिक एवम् पत्रकारिता क्षेत्रमा उनले गरेका कालजयी कर्महरूको उल्लेख गरे। प्रेस क्लबका पूर्व अध्यक्ष शेखर खवास र पत्रकार कविता शर्माले पनि गिरीका सबल पक्षहरूमाथि आफ्ना अनुभवहरू साझा गरेका थिए। श्रद्धाञ्जली सभालाई पत्रकार प्रवीण खालिङले सञ्चालन गरेका थिए।

You Might Also Like

Final Day of New Mindrolling Monastery Inauguration Marks Historic Occasion in Tumlong

मुख्यमन्त्रीले आफ्नी आमाको नाममा बिरुवा रोपे

Sikkim’s Golden Jubilee Celebrations: Sikkim Milk Union prepares to launch new dairy products

State awardee teachers on an exposure tour of Tamil Nadu & Kerala

मत्स्यपालन विभागले ‘नदीजन्य माछा पालन जागरूकता एवं माछा मार्ने प्रतियोगिता’ आयोजना गर्ने

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
HealthSikkim

राजधानीमा राज्यस्तरीय 11औं अन्तरराष्ट्रिय योग दिवस पालन

Aaron Rai Aaron Rai June 21, 2025
Sikkim BJP welcomes Census announcement
New State Information Commissioner of Sikkim sworn in
Namprikdang Namsoong Festival 2024-25 begins
23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?