गान्तोक, 07 फरवरी। अरुणाचल प्रदेशको नामसाईमा आगामी 9 फरवरीका दिन हुने ‘गोल्डन पेगोडा म्याराथन 2025’ मा भाग लिन अमर सुब्बा म्याराथन म्यान एकाडेमी अफ् सिक्किमका धावकहरू नामसाई पुगेका छन्। चार सदस्यीय राज्य टोलीको अगुवाई म्याराथन म्यान अफ् सिक्किम अमर सुब्बाले गरिरहेका छन्।
एकाडेमीले जारी गरेको विज्ञप्ति अनुसार, अरुणाचल प्रदेश सरकारको पर्यटन विभाग र नामसाई जिल्ला प्रशासनले गोल्डन पेगोडा म्याराथन 2025 मा अमर सुब्बालाई विशेष अतिथिको रूपमा आमन्त्रित गरेको छ। म्याराथन म्यान अफ् सिक्किम सुब्बाले निमन्त्रणाको निम्ति आभार व्यक्त गर्दै यो उनी लगायत सिक्किम राज्यकै लागि पनि ठूलो गर्व र सम्मानको कुरा रहेको बताएका छन्।
‘गोल्डन पेगोडा म्याराथन 2025’ अमर सुब्बा म्याराथन म्यान एकाडेमी अफ् सिक्किमलाई प्रतिनिधि गर्दै अनुदा तामाङ (21 किलोमिटर), शान्ति राई (42 किलोमिटर) र विवेक दाहाल (10 किलोमिटर) ले भाग लिनेछन्।

Leave a comment