By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले पेमा छोलिङ गुम्बाको उद्घाटन गरे, विकास र सांस्कृतिक सम्पदा संरक्षणप्रति पुनः प्रतिबद्धता दोहोर्याए
    July 24, 2026
    ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
    July 14, 2026
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: छिचिमिराको उड़ान, युवा बराल ‘अनन्त’बिरिङ्ग, पाकिम सिक्किम।
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > SA Features > छिचिमिराको उड़ान, युवा बराल ‘अनन्त’बिरिङ्ग, पाकिम सिक्किम।
SA FeaturesSikkim

छिचिमिराको उड़ान, युवा बराल ‘अनन्त’बिरिङ्ग, पाकिम सिक्किम।

Suk Raj Aaron Rai
Last updated: March 6, 2025 4:19 pm
Suk Raj Aaron Rai Published March 6, 2025
Share
SHARE

पत्रकार अर्जुन यावाले तयार पारेका हुन यसका पखेटाहरू ।
शरीरलाई त मैले नै सृष्टि गरेर प्राण भर्ने काम गरेको हुँ। म अर्थात् कथा कारिगर ।
‘जिउनी’ मेरो पहिलो कथा सङ्ग्रहपछि लगभग आठ वर्ष पर्खनु पर्यो अर्थात् सात वर्ष लामो गर्भाधानपछि जन्मने तर्खरमा लाग्यो यो कथा किताब। लामा छोटा मझौला गरेर सत्रहवटा कथाहरूले हृष्टपुष्ट थियो यसको आयतन । ‘आधा सत्य’ नाम सुझाउनु भएको थियो वरिष्ठ साहित्यकार प्रवीण राई जुमेलीज्यूले। बाहिर भित्रको रङ्ग रोगन सबै तयार गरिसकेर भाषा संशोधनसम्म सिध्याएपछि एकपल्ट फेरि नामको निम्ति मन्थन गरियो । मलाई लागेको थियो, किताबको नाम एक शब्दको होस् , जस्तो कि ‘जिउनी’ । प्रवीण सरलाई क्षमा माग्दै सङ्ग्रहभित्रको एउटा कथा ‘छिचिमिरा’ लाई शीर्षकको रुपमा उपयुक्त नाम जुरायौँ अर्जुन भाइ र मैले । जतिबेला भुइँबाट छिचिमिरा बाहिर निस्केर आकाशमा स्वतन्त्र विचरण गर्दैथियो, सोही बेला यो छिचिमिरा पनि साहित्य आकाशमा उड़ान भर्नलाई तयार हुँदै थियो ।
छिचिमिरा नामाकरण गरिसकेपछि प्रकाशनको व्यवस्था विषय चिया कविता सिक्किमका संस्थापतद्वय प्रवीण खालिङ्गज्यू र अम्बर लाछिकाठीज्यूसँग सल्लाह लिँदा प्रकाशनको सम्पूर्ण अभिभारा सम्हाल्दिनुभएको थियो प्रवीण खालिङ्गज्यूले आफ्नो ‘मनुस्कृप्ट’ प्रकाशनको माध्यमबाट।
सन् 2018 को मइ महिनामा जन्मियो ‘छिचिमिरा’। जसलाई सार्वजनिकिकरण अर्थात् पाठकको समक्ष हस्तान्तरण गरियो नेपाली साहित्य परिषद् गान्तोकको प्रेक्षालयमा । स्वनामधन्य पद्मश्री सानु लामाज्यूको मुख्य आतिथ्यमा आयोजित उक्त कार्यक्रमलाई सभाध्यक्षता गर्नुभएको थियो प्राध्यापक रुद्र पौड़यालज्यूले । विशिष्ट अतिथिहरूमा उपस्थित हुनुहुन्थ्यो मान्यवर उपन्यासकार आर के प्रधान, कथाकार कालुसिंह रनपहेँली, वरिष्ट समालोचक जय क्याक्टस, कथाकार उदय थुलुङ्ग,कवि प्रवीण राई जुमेली, कथाकार नीरज थापा, कथाकार सुरज धड़कन, चिया कविताका सम्पूर्ण कार्यकारिणी, नेपाली साहित्य परिषद्का सम्पूर्ण कार्यकारिणी, पत्रकार साथीहरू, विद्यार्थीगण, परिवारका सदस्यहरू एवम् मेरा प्रिय शुभचिन्तक बन्धु वान्धव र मित्रगण।
प्रकाशन भएको चार महिनाभित्रमा पहिलो संस्करणका प्राय प्राय किताब बिक्री भइसकेका हुन । चिया कविता सिक्किमको सक्रिय तत्परतामा एक वर्ष नपुग्दै छिचिमिरा किताबमाथि परिचर्चा राखियो ‘छिचिमिरा डिस्कोर्स’ नाम राखेर । यो परिचर्चामा भाग लिनुभएका थिए नेपाली साहित्य जगतका वरिष्ठ समालोचक पेम्पा तामङ्गले, वरिष्ट समालोचक विदूषी डा कविता लामाले, कवि तथा आख्यानकार प्रवीण राई जुमेलीले र पत्रकार शेर बहादुर कार्कीले। विभिन्न दृष्टिकोणबाट शल्यक्रिया गरियो। तन्तु तन्तु कोट्याएर भित्रि गुदिसम्म खोतलियो। कमी कम्जोरी निकालियो। सकारात्मक पक्ष र नकारात्मक पक्षलाई सविस्तार केलाउने काम भयो। कथा भएका कुराहरू भए। कथा नभएका विषयहरू उजागर भए। प्रश्नहरू सोधियो । उत्तरहरू दिने काम भयो । यसरी छिचिमिराको एक वर्षे जन्मजयन्ती भव्यताका साथ मनाइयो ।
हो- यही डिस्कोर्सको माध्यमबाट सृजित खुला आकाश र उपयुक्त वातावरणले नै हो छिचिमिराले यति उँचाईसम्म उड़ान लिनसकेको ।
समालोचक पेम्पा तामङ्ग सरले सो दिन घोषणा गर्नुभयो –‘सिक्किमलाई जान्न चाहनुहुन्छ भने ‘छिचिमिरा’ पढ़नोस् । यो पूर्णतया सिक्किमको जैविक कथा हो ।’
प्राध्यापक डा कविता लामा गुरामाले त झन “सौन्दर्य एवं सौन्दर्य सिद्धान्त सन्दर्भ छिचिमिराका कथाहरू” शीर्षकमा समालोचना नै तयार पारिदिनुभयो जसले छिचिमिरालाई एउटा उत्कृष्ट कृतिको हाँचमा उभ्याइदियो । उनका
कवि तथा आख्यानकार प्रवीण राई जुमेलीले छिचिमिराका कथाहरू कोरा काल्पनिक नभएर यथार्थ भोगाइका जैविक कथा हुन भन्दै गाउँमा जन्मे, हुर्के, बढ़ेका कथाकारले गाउँका कथाहरू लेख्दा ती दैनन्दिनी हातेमालो गरिरहेका पात्रहरूसँगै लुटुपुटु गरेर लेखेका कथा हुन भन्ने किटान गर्नुभयो ।
कवि तथा पत्रकार शेर बहादुर कार्कीले छिचिमिरा कथाभित्रका मनोविज्ञानलाई केलाउने प्रयास गर्दै विशेष गरेर रङ्गलाई प्रयोगमा राखेर लेखिएका कथाहरूमा गौण रुपमा चातुर्यपूर्ण तवरले मनोविज्ञानलाई प्रयोगमा ल्याइएको कुरा खुलस्थ पारेका थिए । मनोविश्लेषणात्मक द्वन्द्व, मनोविज्ञान र कथ्य वास्तविकता छिचिमिराका कथाहरूले बोकेका कथा तत्वहरू हुन भनेर आफ्ना कुराहरूलाई बिट मारेका थिए ।
चिया कविता सिक्किमले पनि छिचिमिरालाई उड़न भरपुर सहायता गरिरहेकै हो । छिचिमिराको प्रकाशन, लोकार्पण, पुस्तक चर्चा, परिचर्चा, बिक्री वितरण आदिमा चिया कविता सिक्किमका संयोजक श्री प्रवीण खालिङ्गको सहयोग र साथलाई भुल्नु हुन्न कद्यापि ।
जब जब यो किताब पाठकसम्म पुग्यो, जजसले पनि पढ़नुभयो, सबैबाट एकदमै सकारात्मक प्रतिक्रिया पाएको हुँ । सबैले सराहना गरेका हुन्। पाठकहरू सन्तुष्टि नै मेरो लेखनीको सफलता पनि हो । कथा लेख्दैगर्दा यो विषयमा पनि सदैव सोच्न पुगेको कुरा यतिबेला सम्झँदै छु ।
रहँदा बस्दा छिचिमिरामाथि विभिन्न महाविद्यालयका शोधार्थी, विद्यार्थी नानीहरूले पनि धेरै शोधपत्रहरू तयार पारे भने हाम्रो वार्ता टेलिभिजनद्वारा आयोजित साहित्य उत्सव कार्यक्रममा राखिएको ‘पुस्तक निरुपण’ प्रतियोगितामा पनि छिचिमिरामाथि लेखिएको पुस्तक निरुपणले पहिलो स्थान र दोस्रो स्थान ओगट्न सफल बनेको थियो । पहिलो स्थानमा बहिनी सृष्टि शर्मा र दोस्रोमा भाइ गौरव सुब्बाले यो उपलब्धि हाशिल गरेका थिए। समालोचक डिल्ली प्रसाद अधिकारीले ‘छिचिमिरा छिचोलेपछि’ शीर्षकमा एउटा गहकिलो समालोचना पनि तयार पारेका छ्न् भने वरिष्ठ साहित्यकार एन पी एस निरौलाले छिचिमिरा एक अवलोकन नामक पुस्तक समीक्षा लेखेर प्रकाशित गरिसकेका छन् ।
छिचिमिरालाई यसरी रुचाएर पढ़िदिनुभएकोमा यहाँहरू मेरा प्रिय पाठकगणलाई, अध्येताहरूलाई म हार्दिक आभार प्रकट गर्दछु। तपाईंहरूको माया, स्नेह, हौसला, प्रोत्साहन, प्रेरणा, आशीर्वाद आदिका कारण मलाई थप लेख्ने ऊर्जा मिलिरहेको छ । मन र मस्तिष्कमा लेख्ने होड़ चलिरहेको छ । मभित्रको एउटा लेखन्ते युवालाई तन्दरुस्त र सजग-सचेत राखिराखेको छ । तपाईंहरू हुनुहुन्छ र म छु । हाम्रो यो सम्बन्ध अझ प्रगाढ़ बनेर बाँचिरहोस्, निरन्तर ।
उड़िरहोस् छिचिमिरा भनेर शुभेच्छा लेखिदिनुहुने प्रिय भाइ अर्जुन यावाज्यू, बान्किला कथा बुन्ने बराललाई बधाई भनेर आशिर्वाद दिनुहुने वरिष्ठ कथाकार कालुसिंह रनपहेँलीज्यू, उपसंस्कृति र जीवनको वास्तविकता शीर्षकमा कथामाथि भिन्न दृष्टिकोण राखिदिनुहुने वरिष्ठ कवि पत्रकार भाइ प्रवीण खालिङ्गज्यू, शुभकामनाका कोशेली दिनुहुने वरिष्ठ साहित्यकारगण क्रमैले प्रवीण राई जुमेलीज्यू, उदय थुलुङ्गज्यू, जय क्याक्टसज्यू र टी बी चन्द्र सुब्बाज्यूकन हार्दिक आभार अभिनन्दन चढ़ाउँदछु । छिचिमिराको दोस्रो संस्करण प्रकाशन गर्न निकै खट्नुभएको छ भाइ सुरज गुरुङ्गज्यू जसको स्वामीत्वमा स्थापित ‘सम्बोधन पब्लिकेशन’बाट नयाँ आवारण, सेटिङ्ग र स्वरूपमा खुबै सुन्दर कलेवरमा बजारमा उपलब्ध छ ‘छिचिमिरा’ दोस्रो संस्करण । उहाँलाई पनि हार्दिक धन्यवाद टक्र्याउँदछु ।
उपलब्धिहरूमा पश्चिम सिक्किम साहित्य प्रकाशनको तर्फबाट वर्षेनी प्रदान गरिने एउटा कालखण्डभित्रका उत्कृष्ट किताबलाई प्रदान गरिने ‘लालमान सञ्चरानी स्मृति पुरस्कार 2022’ प्राप्त गरेको हो भने लगत्तै अर्को वर्ष सिक्किमको अर्को एउटा गरिमामय पुरस्कार ‘ तुलसी कश्यप स्मृति पुरस्कार 2023’ पाएको हो । यतिका पुरस्कार जित्न सफल यो उत्कृष्ट कृतिले वर्ष 2024 को भारत देश कै एउटा गरिमामय पुरस्कार ‘साहित्य अकादमी पुरस्कार 2024’ जित्न सफल बनेको खुशी यहाँहरूमाझ साट्न चाहन्छु ।
आभार ती जुरी मेम्बरलाई जसले छिचिमिरामा त्यो उत्कृष्टता देख्नुभयो । छिचिमिराको पखेटा बलियो पाउनुभयो । छिचिमिरालाई ती अब्बल कृतिहरूमाझ सर्वोत्कृष्ट मान्नु भयो । अरु कुरा छिचिमिराले नै बोल्ने छ ।
छिचिमिरा उड़ने समय फेरि आएछ प्रकृतिको नियम अनुरुप । समय फर्केर । मइ 2018 मा पहिलो पल्ट उड़ेको हो साहित्याकाशमा । जतिबेला छिचिमिराको उड़ान चरमोत्कर्षमा थियो । यतिबेला छिचिमिरा भर्खर उड़न शुरु भएको छ । भर्खर वसन्त ॠतुको आगमन भएको छ । 2024 मा फेरि एकपल्ट उड़ने भयो छिचिमिरा ।
यही मार्चको महिनामा । आउँदो 8 मार्चको दिन, साहित्य अकादमी पुरस्कार ग्रहण गर्न जाँदैछौँ हामी नयाँ दिल्ली । हामी अर्थात् म र मेरी अर्धाङ्गिनी ममता, जसले छिचिमिरालाई उड़ने उपयुक्त वातावरण प्रदान गरेकी हुन् । उनको साथ, हौसला र प्रोत्साहन छिचिमिराको सफलता पनि हो । यो पुरस्कार उनैलाई समर्पण।

Sikkim MP attends International Meet on Peace in Cambodia

Review Meeting on Establishing Digital Nomad Village at Gumpa Dara held at DAC, Soreng

गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिले राज्यपालसँग गर्यो शिष्टाचार भेट

रिज पार्कमा निर्माणाधीन भवनमा चोरी

CM lays foundation stone for Sikkim Bus Terminus, Health Care Centre, & Guest House at SNT Complex Siliguri

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentNationalTourismTravel

जीएलओएफपछि सड़क पूर्वाधार पुनर्स्थापना र लचिलोपन उपायहरूको समीक्षा गर्न डीजीबीआरको सिक्किम भ्रमण

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 15, 2026
सीएपी सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्र स्तरीय बैठक सम्पन्न
एसडीएफ अध्यक्षले पार्टीको नीति र विचारधारालाई जनतामाझ पुर्‍याउन आह्वान गरे
BTSM Sikkim Chapter focuses on preparations for 13th Tawang Tirtha Yatra
मुख्यमन्त्रीले लगाएका आरोपहरू सत्य हुन् भने कानूनी कारबाही अगाडि बढाइयोस्, एसडीएफले पूर्ण सहयोग गर्नेछ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?