गान्तोक, 13 मार्च। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले होलीको पावन अवसरमा राज्यवासीहरूलाई शुभकामना दिएका छन्।
राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, होलीको यस अवसरमा सबै राज्यवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। होली नराम्रोमाथि राम्रोको जितको प्रतीक हो र होलीले हामीलाई सत्य र नैतिकताको सदैव जित हुन्छ भन्ने स्मरण गराउॅंछ। हाम्रो राज्यमा जहॉं विविधितमा एकताको भावना प्रबल छ, होलीको पर्वले हामीलाई एकार्काप्रति प्रेम, सद्भावना र सम्मानलाई बढावा दिन एक अवसर प्रदान गर्दछ।
राज्यपालले यस अवसरलाई हामी सबै आत्मीयता र सद्भावका साथ मनौं र आपसी सम्बन्धहरूलाई अझ बलियो बनौं भनी आह्वान गरेका छन्। उनले राज्यको समृद्ध सांस्कृतिक धरोहरलाई संरक्षित गर्दै सुनौलो, समृद्ध र समर्थ सिक्किम निर्माणमा आफ्नो योगदान प्रदान गर्ने संकल्प लिन पनि आह्वान गरेका छन्।
राज्यपालले रङ्गोत्सवले सबैको जीवनमा उत्साह, उमंग र खुशीका साथै आरोग्य, समृद्धि र यशस्वी जीवनको आशीर्वाद लिएर आओस् भनी कामना गरेका छन्।

Leave a comment